छक्का पञ्जा २’ को‘भिडियो गीत सार्वजनिक (भिडियो सहित ) हेर्नुहोला

यस वर्षको बहुप्रतिक्षित चलचित्र ‘छक्का पञ्जा २’ को गीत सार्वजनिक भएको छ । शुक्रबार बिहान युट्युबमार्फत रिलिज भएको ‘हे दाजु नसमाऊ नाडीमा, हिलो लाग्ला नाइलनको साडीमा’ बोलको गीत लोकलयमा आधारित छ । गीत सुन्दै जाँदा पुरानो नेपाली गीतसंगीतको झझल्को आउँछ ।

त स्वस्तिमा खड्का, वर्षा राउत, जितु नेपाल, केदार घिमिरे र स्वरूप सिंह गाडीको यात्राका क्रममा छायांकन गरिएको छ । प्रिन्स र दीपकराज गिरीले लेखेको गीतलाई अल्मोडा राना उप्रेती र सुजाता बर्माले स्वर दिएका छन् । संगीत प्रिन्स र अल्मोडा राना उप्रेतीको रहेको छ ।

आगामी असोज ११ गते रिलिज हुने ‘छक्का पञ्जा २’ को निर्देशन दीपाश्री निरौलाले गरेकी हुन् । चलचित्रको निर्माण दीपकराज गिरीले गरेका छन् ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा samacharpati@gmail.com मा पठाउनुहोला ।



प्रतिक्रिया लेख्नुहोस
सम्बन्धित