एमालेबाट जितेका वडा अध्यक्षले देखाय आफ्नो पावर ,अपाङ्ग दलितलाई पिट्दा कानको जाली फुट्यो

गुल्मी, ६ साउन  । गुल्मीको चन्द्रकोट गाउँपालिका वडा नम्वर–५ ग्वाघाका नवनिर्वाचत वडाध्यक्ष टेकबहादुर पुनले स्थानीय अपाङ्ग दलित मानबहादुर बिकलाई कुटपिट गर्दा कानको जाली फुटेको खबर छ ।

साउने सक्रान्तिको दिउँसो करिव ३ वजेको समयमा घरको तगारो नजिक वसिरहेका बिकलाई वडाध्यक्ष पुनले आएर एक्कासी चप्पल र हातले कुटपीट गर्दा उनको कानको जाली फुटेको हो । कुटपिटबारे चन्द्रकोट ईलाका प्रहरी कार्यालयमा उजुरी परेपछि आज सो कार्यालयमा छलफल चलिरहेको छ ।

त्यस विषयमा अहिले दुवै पक्षलाई बोलाएर छलफल चलिरहेको सो कार्यालयका प्रमुख प्रहरी नायव निरीक्षक खुमबहादुर कुँवरले जानकारी दिए । वडाध्यक्ष पुनबाट कुटिएका बिकको एउटा कानको जाली फुटेर सुन्न नसक्ने भएको उनका परिवारजनले बताएका छन् ।

टेलिफोन सम्पर्क गर्दा श्रीमान्ले राम्ररी कान सुन्न छाडेको भन्दै उनको श्रीमतिले फोन उठाइन् । ‘के कसरी घटना भएको भन्ने प्रश्नमा उनले भने – ‘चुनावको प्रचार ताका जस्तापाता र ५ हजारका दरले पैसा बाँड्छौं भनेका थिए । अहिले जिते पछि त उनले देलान् नि, नत्र जनताले कालो मोसो दल्छन् भनेर भनेको थिएँ ।

त्यो कुरो सुनेर एक्कासी आएर मलाई हाने । मैले एउटा कान राम्ररी सुन्नै छाडेको छु ।’ उज्यालो नेपालमा खबर छ  ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा samacharpati@gmail.com मा पठाउनुहोला ।



प्रतिक्रिया लेख्नुहोस
सम्बन्धित