म नेपाली माटोमा जन्मेको हु

देशको परिस्थीती ले भनौ या रहर, बाध्यता या अन्य कारणले धेरै मानिसहरुको सपना बिदेश जाने पैसा कमाउने परिवारलाई राम्रो सँग पाल्ने छोराछोरीलाई विदेश पढाउने, शहरमा घर बनाउने गाडी चढ्नेयस्तै यस्तै सपना बुनेर दैनिक सयौको सँख्यामा बिदेश जाने गरेका छन् ।

र आफ्नै सँसारमा रमाउने नेपाली भन्दा अलिक फरक एक ठिटो जो अमेरिका बस्छन् आफुले कमाएको पैसाले नेपालमा सामाजिक काम गर्न र आफ्नो रुचि भएको कलाकारितामा केहि गर्न खोजिरहेका छन् । मात्र नेपाल अनि नेपालीको लागि बि.स २०५२मँसिर २६ गते बुबा चन्द्र सुवेदी तथा आमा रुप सुवेदीको कोखबाट मोरङको पत्थरी शरणर्थी शिविरमा जन्मेका मुकेश सुवेदी अहिले अमेरिकाको र्भजिनिया शहरमा बस्छन् ।२०६८ सालमा उनको ९ जनाको परिवार अमेरिका उडेको थियो । जसलाई अमेरिकी सरकारले लगेको थियो ।

हुन त धेरैलाई लाग्न सक्छ शरणर्थी भिसामा अमेरिका पुगेको मान्छे के भयो र ? तर उनी भन्छन् मेरो रगतमा नेपाल छ म जन्मेको माटो नेपाल हो मेरो नाभी नेपालको माटोमा गाँडिएको छ । १६ बर्ष सम्म नेपाल बसे त्यहाँकोमाटोमा उकाली अराली गरेको छु नेपालको यति धेरै माया लाग्छ यो ब्यतm गर्न गाह्रो हुने रहेछ । त्यहि भएर यता बसेर निरन्तर नेपालमा समाज सेवागर्ने योजनामा छु आफुले कामाएको केहि पैसा त्यतातिर लगाउने छु ।

एमोजन कम्पनीमा कस्टमर अडरको रुपमा काम गर्ने साथमा आफ्नै अनलाइन ब्यापार गर्ने उनले भने अहिले अमेरिकामा मलाई एकदम राम्रो छ तर नेपालको समाचार हेर्दा देश को परिस्थिती बिग्ररिएको देख्दा यति नरमाईलो र दुख लाग्छ म शब्दमा ब्यतm गर्न सक्दिन म सधै सोचिरहन्छु मेरो देश नेपालमा कहिले हुन्छ अमेरिकाको जस्तो सिस्टममा चल्ने देश ? अमेरिका भन्दा नेपाल धेरै राम्रो छ फरक यति छ अमेरिकामा सिस्टम छ नेपालमा छैन ।

नेपालमा यो जात उ जात भन्ने सँस्कारको अन्त्य गरेर सबै नेपाली हो भन्ने भाबनाको विकास गर्न जरुरी छ महिला अधिकारका कुरा मात्र धेरै हुने गरेको तर ब्यवहारमा लागु भएको छैन त्यो हुन आवश्यक छ ।आज नेपालमा बालबालिका माथि बलत्कार गर्ने भ्रष्टचार गरेर देशलाई खोक्रो बनाउने हरु सम्मानका साथ छाती फुलाएर हिडेका छन् । जब सम्म यस्ता ब्यतिmलाई कडा कारबाहि गर्न सकिदैन (उनको भाषामा फाँसी) देशमा कहिले पनि बिकास हुदैन ।

म गरिब ठाँउबाट आएको अभाबमा बाँचेर आएको म, हुन त अब नेपाल बस्ने गरि त जान्न होला तर निरन्तर नेपाल र नेपाली सँग जोडिन चाहान्छु चाहे त्यो समाज सेवाबाट होस चाहे कलाकारिता बाट, उनले दुखेसो गरे मैले धेरै ब्यतिहरुलाई सामाजिक काम गर्नको लागि पैसा पठाए तर उनीहरु पैसा पठाए पछि सम्पर्कमा आउदैनन् । कलाकारिता मा पनि त्यस्तै भएको छ । नेपालमा चलेका कलाकारले समेत मैले पठाएको पैसा के गरे भन्ने थाहा नपाउदा सारै दुख लाग्दो रहेछ म यहाँ १२ घन्टा काम गर्छु ४ घन्टा गरेको कामको पैसा म नेपाली नेपालको लागि खर्च गर्छु तर अहिले गलत प्रवृतीका मान्छेको जमात नेपालमा बढिरहेको उनको अनुभब छ । जसले गर्दा सहि मान्छे सँस्था पाउन मुस्किल छ ।

उनलाई लागेको छ आफुले दिएको पैसा मध्ये धुमुर्स सुन्तली फाउन्डेशनले मात्र मेरो पसिनाको मुल्य बुझ्यो सिताराम दाईले सामाजिक सँन्जालमै हाल्नुभएको थियो एकदमै खुशी लागेको थियो त्यो बेला,सानैमा परिबारले दिएको पैसा साथीभाईहरुलाई खुबाउथे बाँड्थे अहिले पनि त्यो बानी गएको छैन केहि गरौ मैले एक जनाले गर्दा धेरैलाई राम्रो हुन्छ भने किन नगर्ने ? भन्ने विचार सधै मनमा आईरहन्छ र अन्त कहि र्गिर्दन नेपाल बाहेक , कलाकारितामा रुचि भएका उनले अमेरीकामा ग्रेड नाइन मा पढ्दै गर्दा फेसबुकमा दिनेश डि.सी सँग चिनजान भयो त्यस पछि उनी सँग निरन्तर कलाकारिताको विषयमा गफहरु हुन थाल्यो डि.सीको पोष्ट हेर्नथाले त्यसपछि कलाकारितामा रुचि बढ्दै गयो नेपाली कलाकारहरु प्रति उनको ठुलो शद्घा छ ।

अनि नेपाली कलाकारलाई धेरै माया गर्छन् । अहिले नेपालमा प्रेम सागर पौडेल सँग मिलेर एउटा आधुनिक गितको म्युजिक भिडियो निमार्ण गरेका छन् म मरेको खबर जुन गित प्रमोद खरेलले गाएका हुन् । आफ्नो भाउजु बाट एकदमै राम्रो सपोर्ट पाएका उनलाई मनपर्ने नायक मुकेश ढकाल हुन ।उनलाई नायक मुकेश आफ्नै दाई जस्तो लाग्छ । र उनले पनि आफ्नै भाईलाई जस्तै ब्यवाहार गर्छन । भने अमेरिकाको शहरमा गाइ रहने गित ओइ झुमा झुमा झुम्की वाली हो । २३ बर्षको ठिटो जो नेपालको शरर्णाथी शिविरमा जन्मिएर अमेरिका पुग्यो । रमाईलो मोज मस्ती घुमघाम अमेरिकी जीबनशैली भन्दा पृथक रहेर नेपालमा समाज सेवा अनि कलाकारिता गर्न अमेरिकामा १२ घन्टा निरन्तर काम गर्छ । हामी नेपालमा बसेर मुकेश जस्ता ब्यतिmहरुलाई ठुला ठुला सपना देखाएर पैसा कुम्लाउने योजना बनाउन समय खर्चिरहेका छौ ।

अनि यो गित गर्न यति लाग्छ उति लाग्छ भन्दै महिनौको आफ्नै खर्च उठाउने योजना बनाउछौ । बिदेशी भुमिमा परिश्रम गरेर बसेका नेपाली आफ्नो देशलाई केहि गरौ भनेर पसिना र्खचिरहेका छन् । पसिनाको मुल्यको पहिचान गर्न सिक्कौ मुकेश त एक प्रतिनिधी पात्र मात्र हुन् ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा samacharpati@gmail.com मा पठाउनुहोला ।



प्रतिक्रिया लेख्नुहोस
सम्बन्धित