आजको राशिफल २०७४ साउन ६ गते शुक्रबार, Today’s Horoscope, July 21

आजको राशिफल
बि.स.२०७४ साउन ०६ गते । शुक्रबार । ईश्वी सन् २०१७ जुलाई २१ तारिख । नेपाल सम्बत् १९३७ । साधारण संवत्सर । दक्षिणायन । वर्षा ऋतु । श्रीशाके १९३९ । श्रावण कृष्ण पक्ष । तिथि त्रयोदशि,३७ घडी ३३ पला,बेलुका ८ बजेर २५ मिनेट उप्रान्त चतुदशि । नक्षत्र मृगशिरा २१ घडी ४४ पला, दिउँसो ४ बजेर ६ मिनेट उप्रान्त आद्रा ।

मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) दाजुभाई तथा बन्धुबान्धबको सहयोग पाईने हुँनाले जोसिलो काम गर्ने जागर आउँनेछ । सानो प्रयत्नले राम्रो काम गरि फाईदा लिन सकिनेछ भने प्रतिश्पर्धिहरु परास्त हुँनेछन् । माया प्रेममा सामिप्यता बढेर जाने तथा मिल्ने साथिको सहयोगले कामहरु बन्नेछन्् । रोकिएर बसेका कामहरु बन्नुको साथै बिस्तारै नयाँ काम बन्नेछन् । पढाई लेखाईमा सुधार गर्दै सफलताको नजिक पुग्न सकिनेछ । छिमेकिहरु माझ राम्रो कामगरि प्रशिद्धि कमाउँन सकिनेछ । समाजिक सम्बन्धहरु सुदृड भएर जानेछन् भने खेलकुद तथा यस्तै पराक्रमी क्रियाकलापहरु सफलता पुर्वक सम्पन्न हुँनेछन् ।

बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वा) स्वास्थ्यमा समस्या आई दैनिक कामकाज गर्न नसकिने हुँनाले रुपैया पैसाको ब्याबस्थापन गर्न गाह्रो हुँनेछ । नराम्रो काम तथा नराम्रा घटनाहरुको सामना गर्नुपर्दा दिनलाई सहि रुपमा सपदुपयोग गर्न सकिनेछैन । अध्ययन तथा अध्यापनको क्षेत्र तपाई आफ्नै कारणले कमजोर रहनेछ । बोल्दा वा कुनैपनि प्रश्तुतिमा भाग लिदा प्रशस्त तयारि गर्नुहोला कमजोरि गरेको वा भएको आभास हुँनेछ । तयारि बिनानै प्रश्तुत गरिने कुनै पनि योजना बिफल हुन सक्छ ध्यान दिनुहोला । व्यावसायमा सामान हराउँने तथा नाँफा कमाउँन अरु दिन भन्दा बढि समय खर्चनु पर्नेछ ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) अध्ययनमा सुधार भएर जानेछ भने अरुलाई पछाडि छोडेर अग्र पंतिमा आउँन सकिनेछ । परिवारका साथ रमाईलो बाताबरणमा स्वादिष्ट भोजन ग्रहण गर्ने अवसर प्राप्त भएपनि खानपानमा ध्यान नदिदा स्वास्थ्य सम्बन्धि समस्या देखापर्न सक्छ । मेहनेत गर्दा आटेको काम बन्नेछ भने जुझारु कार्यशैलिले लक्ष्य तथा गन्तब्य पहिल्याउँन सहज हुँनेछ । व्यावसाय फस्टाएर भने लगानिको नयाँ बाताबरण बन्नेछ भने आम्दानिमा बढोत्तरिको योग रहेकोछ । दुख सुखमा साथ दिनेहरु प्रशस्त भेटिनेछन् । क्षमता प्रदशन गरेर नाम तथा दाम दुबै कमाउँन सकिनेछ ।

कर्कट (ही, हू ,हे, हो, डा, डी, डु, डे, डो) लामो दुरिको बिदेश यात्राको प्रशस्त सम्भावना रहेकोछ भने बिदेशमा बसेर व्यापार व्यावसायमा वा काममा समय लगानि गर्नेहरुले प्रशस्त रुपैया पैसा कमाउँन सक्नेछन् । स्वादेशमा बसेर बिदेशी सामानको व्यापार गर्नेहरुले मनग्गे लाभ लिन सक्नेछन् । लेखाईमा सुधार भई नतिजा आफैतिर ल्याउँन सकिने हुँदा मन प्रशन्न रहनेछ । प्रेम प्रशङगमा रमाईले गर्दै समय बिताउँन सकिनेछ । आफुभन्दा ठुला मानिसबाट तपाईको काममा सहयोग तथा समर्थन पाईने हुँदा लगानि गर्ने आट आउँनेछ । खानपानमा ध्यान दिनुहोला सामान्य स्वास्थ्य सम्बन्धि समस्या आउँन सक्छ ।

सिहं (मा, मी, मू ,मे,मो, टा, टी, टू ,टे) दाजुभाईबाट भने जस्तो सहयोग पाईने हुँनाले मन प्रशन्न रहनेछ । अध्ययन तथा अध्यापनमा मन जाने हुँनाले अरु भन्दा अगि आउँन सकिनेछ । दिगो काम गरि आयस्रोतहरु बढाउँन सकिनेछ भने ईच्छा तथा मनोकामनाहरु पुरा हुँनेछन् । माया प्रेममा सामिप्यता बढ्ने तथा पति पत्निबिचको सम्बन्धमा सुधार भएर जानेछ । सरकारि तथा अन्य स्रोतको परिचालन मार्फत मनग्गे लाभ लिन सकिने तथा रोजगारिका अवसरहरु सिर्जना गर्न सकिनेछ । व्यावसायमा प्रसस्त आम्दानि हुँने हुँने तथा आम्दानिका स्रोतहरु बढेर जानेछ । पैत्रिक धन सम्पति हात लाग्ने योग रहेको छ ।

कन्या (टो,पा,पी,पू ,ष,ण,ठ,पे,पो) अध्ययन तथा अनुशन्धानको क्षेत्रमा राम्रो प्रगति गर्न सकिनेछ भने तपाईको बौद्धिकताको सबैले सम्मान गर्नेछन् । गीत संगित तथा कला साहित्यमा समय दिनेहरुले मनग्गे लाभ लिन सक्नेछन् । प्रेमको डोरो कसिलो भएर जानेछ । समाजसेवा तथा राजनितिमा समय दिनेहरुले जनताको प्रत्यक्ष सहभागिता सहितको सहयोग पाउँनेछन् । सामाजिक काम गर्ने वाताबरण बन्ने हुँनाले नाम तथा दाम दुवै कमाउँन सकिनेछ । कामहरु समयमा नै सम्पन्न हुँने हुँनाले थप काम गर्न जोस जागर बढेर आउँनेछ । व्यापार व्यावसाय फस्टाएर जानेछ भने आम्दानिका बाटाहरु फराकिला हुँनेछन् ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते¬) गोप्य सुचनाहरु बहिरिने हुँदा ईज्जत प्रतिष्ठामा दाग लाग्न सक्छ ध्यान दिनुहोला । प्रशासनिक क्षेत्रमा तपाईको निम्न स्तरको सहभागिता रहनेछ भने सामाजिक उत्तरदायित्व बहन गर्दागर्दै मान सम्मानमा कमिको महशुष हुँनेछ । धार्मिक प्रतिष्ठान तथा मन्दिरतिरको यात्रा गरि टिका तथा प्रसाद ग्रहण गर्ने अवसर जुर्नेछ । साथिभाई तथा आफन्तको सहयोगमा नयाँ योजना बनाई कार्यान्वयनको चरणमा लान सकिने भएपनि बिफल हुँने ग्रहयोग रहेकोछ । स्वास्थ्यमा समस्या आई शुरु गरेका कामहरु सम्पादन गर्न सकिने अवस्था रहने छैन भने सहयोग गर्ने भन्दा आश्वासन बाढ्नेहरु धेरै भेटिनेछन् ।

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू) व्यापार व्यावसायमा भनेजस्तो आम्दानि हुँने तथा घर परिवार तथा पति पत्निबिच घरायसि कुरामा भएको विवाद साम्य हुँनेछ । सहयोग नगर्ने तथा आश्वासन बाढ्नेहरु हराएर जानेछन् भने आर्थिक कारोबार सुदृड भएर जानछे । स्वास्थ्य समबन्धि पुराना समस्याहरु हल भएर जानेछन् । सुचनाहरु गोप्यनै राख्नुहोला यदि बाहिरिय ईज्जत प्रतिष्ठामा दाग लाग्न सक्छ ध्यान दिनुहोला । मनोबल मजभुत हुँने हुँनाले बिद्या तथा प्र्रतिश्पर्धामा अरु भन्दा अगाडिनै नाम आउँनेछ । माया प्रेममा तित्तता आएपनि अन्तत एक अर्कालाई बिश्वास गर्दै छुट्टिन पाईने ग्रहयोग रहेकोछ ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) पाहुँना लागेर कतै जादा आथित्यको सत्कार तथा सम्मान पाईनेछ । बिभिन्न सहयोग तथा उपाहार प्राप्तीको ग्रहयोग रहेको छ । व्यापार व्यावसायमा लगानि गर्ने वाताबरण बन्ने हुँनाले प्रशस्त नाँफा कमाउँन सकिनेछ । आर्थिक रुपमा सुदृड हुँन सकिने हुँनाले दैनिकी सहज रुपमा अगाडिक बढ्नेछ । व्यावसायिक यात्रा हुँने गतिलो सम्भावना रहेकोछ । पढाई लेखाईमा उल्लेख्य सुधार भएर जाने हुँनाले अरुलाई निकै तल छाड्न सकिनेछ । आफन्त तथा सबैको सहयोग पाईने हुँनाले नयाँ काम गर्ने जोस जागर बढेर जानेछ । माया प्रेममा सामिप्यता बढ्नुको साथै दाम्पत्य जीवन खुसि रहनेछ ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी¬) व्यापार व्यावसायमा लगानि बढाएर प्रसस्त रुपैया पैसा कमाउँन सकिनेछ । माया प्रेममा सामिप्यता बढ्ने तथा दाम्पत्य जीवनको गाठो अझ मजबुत भएर जानेछ । मावलि पक्षबाट भनेजस्तो सहयोग प्राप्त हुँनेछ । लामो दुरिको अफिसियल यात्राको अधिक सम्भावना रहेकोछ भने यात्राबाट भनेजस्तो उपलब्धि हात पर्ने ग्रहयोग रहेकोछ । माया प्रेममा रमाउँन चाहनेहरुका लागि समय राम्रो रहेकोछ । वादबिवाद तथा मुद्दा मामिलामा प्रतिश्पर्धिहरुलाई हराउँदै जित निकाल्न सकिनेछ । पढाई लेखाईमा मन जाने हुँनाले अरुभन्दा अग्र स्थानमा तपाईको नाम रहेनेछ ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) खानपानमा ध्यान दिनुहोला पेट सम्बन्धि समस्या आउँने हुँनाले दैनिक कामकाजहरु प्रभावित हुँनेछन् । सन्तान तथा परिवारले तपाईको काममा खासै सहयोग गर्ने छैनन् भने अपाईको आलोचना गर्नेहरु बढ्ने योग रहेकोछ । माया प्रेममा धोका हुँनेछ भने घर परिवारमा आफन्त तथा पति पत्नि बिच मनमुटाब बढ्नेछ । व्यापार व्यावसाय खस्केर जाने हुँनाले दैनिक गुजारा गर्न गाह्रो हुँनेछ भने प्रतिश्पर्धिहरुको अवरोधले आउँन तथा हुनै लागेको फाईदाको सम्भावना टरेर जानेछ । पढाई लेखाई तपाई आफ्नै कारणले बिग्रन ग्रहयोग रहेकोछ ।

मीन (दी दू थ झ ञ दे दो चा ची) घरमै बसेर नयाँ नयाँ काम गरि सकारात्मक नतिजा हात लगाउँन सकिनेछ । सानो प्रयत्नले राम्रो काम गरि फाईदा लिन सकिनेछ भने प्रतिश्पर्धिहरु परास्त हुँनेछन् । माया प्रेममा सामिप्यता बढेर जानेछ भने घर परिवारमा सबैसँग सुमधुर सम्बन्ध रहनेछ । अध्ययन अध्यापनमा प्रगति गरि गन्तब्य पहिल्याउँन सकिनेछ । सामाजिक क्षेत्रमा समय दिदा मान सम्मान तथा प्रतिष्ठामा बृद्धि हुँनेछ । आमा तथा आमा सरहका मानिससँगको सम्बन्धमा सुधार भएर जानेछ भने आफन्त सँग गरिने व्यापार व्यावसायबाट प्रशस्त आम्दानि हुँने ग्रहयोग रहेकोछ ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा samacharpati@gmail.com मा पठाउनुहोला ।



प्रतिक्रिया लेख्नुहोस
सम्बन्धित