अरुण थापाको १८ औं स्मृति दिवस, विशेष सांगीतिक कार्यक्रम हुँदै

काठमाडौं, ५ साउन  । गायक एवम् संगीतकार अरुण थापाको १८ औं स्मृति दिवस पारेर बिहीबार विभिन्न कार्यत्रम गरिँदैछ । उहाँको सम्झनामा भक्तपुमा विशेष सांगीतिक कार्यक्रम हुँदैछ ।

दिउँसो तीन बजे भक्तपुरको मोर्डन स्कुलमा हुने कार्यक्रममा नयाँ तथा पुरोनो पुस्ताका १५ जना कलाकारले उहाँका गीत गाउने गीतकार सुवासचन्द्र ढुंगेलले जानकारी दिनुभएको छ । २०११ माघ ९ गते जन्मिनुभएका थापाको २०५६ साल साउन ५ गते निधन भएको थियो ।

उहाँका ऋतुहरुमा तिमी हरियाली बसन्त हौ, भुलुँ भुलुँ लाग्यो मलाई, साँझको जुनसँगै, चोट के हो व्यथा के हो, जति माया लाएपनि लगायतका गीत चर्चित छन् । उहाँले २०३६ सालमा तिमीबाट धेरै टाढा भएपछि बोलको गीत रेकर्ड गराएर सांगीतिक यात्रा सुरु गर्नुभएको थियो ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा samacharpati@gmail.com मा पठाउनुहोला ।



प्रतिक्रिया लेख्नुहोस
सम्बन्धित