आजको राशिफल २०७४ साउन ५ गते बिहिबार, Today’s Horoscope, July 20

बि.स.२०७४ साउन ०५ गते । बिहिबार । ईश्वी सन् २०१७ जुलाई २० तारिख । नेपाल सम्बत् १९३७ । साधारण संवत्सर । दक्षिणायन । वर्षा ऋतु । श्रीशाके १९३९ । श्रावण कृष्ण पक्ष । तिथि दुवादशी,४३ घडी ५१ पला,बेलुका १० बजेर ५३ मिनेट उप्रान्त त्रयोदशि । नक्षत्र रोहिणी २६ घडी ०२ पला, दिउँसो ३ बजेर ४६ मिनेट उप्रान्त मृगशिरा ।

मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) व्यावसायमा लगानि गरेपनि आम्दानि थोरै हुँने हुँदा दैनिक गुजारा गर्न गाह्रो हुनेछ । प्रशस्त समय लगानि गरेपनि समयमा काम नबन्ने हुँदा मनमा निरासा पैदा हुँनेछ । माया प्रेममा धोका हुँन हुँनेछ भने परिवारमा झै झगडा हुँने सम्भावना अधिक रहेको छ । सामान्य स्वास्थ्य सम्बन्धि सामान्य समस्याले सताउँनेछ । पढाई लेखाईमा अरु भन्दा पछि परिने हुँदा मन खिन्न हुँनेछ । कामको सवालमा आफ्नै मानिससँग प्रतिश्पर्धा गर्नुपर्नेछ भने प्रतिश्पर्धामा अरुभन्दा पछि परिने चिन्ताले सतार्ईरहनेछ । समय र स्थानको ख्याल नगरि बोल्नाले दुख पाईने ग्रहयोग रहेकोछ ।

बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वा) व्यावसाय फस्टाएर भने लगानिको नयाँ बाताबरण बन्नेछ भने आम्दानिमा बढोत्तरिको योग रहेकोछ । दुख सुखमा साथ दिनेहरु प्रशस्त भेटिनेछन् । क्षमता प्रदशन गरेर नाम तथा दाम दुबै कमाउँन सकिनेछ । मेहनेत गर्दा आटेको काम बन्नेछ भने जुझारु कार्यशैलिले लक्ष्य तथा गन्तब्य पहिल्याउँन सहज हुँनेछ । अध्ययनमा सुधार भएर जानेछ भने अरुलाई पछाडि छोडेर अग्र पंतिमा आउँन सकिनेछ । परिवारका साथ रमाईलो बाताबरणमा स्वादिष्ट भोजन ग्रहण गर्ने अवसर प्राप्त हुँनेछ । आफुले माया गर्ने मानिसको मागहरु पुरा गर्न सकिने ग्रहयोग रहेकोले प्रेममा नजिकिने समय रहेकोछ ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) लामो दुरिको बिदेश यात्राको तय हुँनेछ भने बिदेसि सामानको व्यापार व्यावसाय बढेर जानेछ । कर्म क्षेत्रमा आउँने बिवादले आत्मसम्मानमा कमिको महशुस हुँनेछ । आकस्मिक खर्च बढ्ने तथा आर्थिक सँकटको सामना गर्नुपर्नेछ । स्वास्थ्य सम्बन्धि सामान्य समस्या आउँने भएपनि दैनिक काम गर्न गाह्रो हुने छैन । साथिभाई तथा आफन्त हरुको भेटघाटले नयाँ काम गर्ने अवसर आयपनि फाईदाको लागि अलि बढि मेहनेत गर्नुपर्नेछ । पढाई लेखाईमा अलि बढिनै समय दिनुपर्नेछ । माया प्रेममा मनमुटाव सिर्जना हुँनेछ भने पति पत्नि बिच अबिश्वास बढ्नेछ ।

कर्कट (ही, हू ,हे, हो, डा, डी, डु, डे, डो) दाजुभाई वा अग्रजहरुको सुझाब तथा सल्लाह मानेर अगाडि बढ्दा सफलता पाउँन सकिनेछ । नयाँ सवारि साधन तथा मन परेको भौतिक सम्पति लाभ हुँने गतिलो सम्भावना रहेकोछ । नयाँ कामहरु गरेर आम्दानिका स्रोतहरु बढाउँन सकिनेछ भने बिभिन्न अवसरहरुले पछ्याउँने हुँदा राम्रा परिणाममुखि काम गर्न सकिनेछ । बिद्यामा राम्रो प्रगति हुँने हुँदा पढाई लेखाईमा मन जानेछ । सरकारि सम्पति तथा पृत्रिक सम्पति हात लागि हुँने प्रसस्त सम्भावना रहेको छ । सहि तरिकाले बजेट बिनियोजन गर्न सक्दा राम्रा कामहरु गर्न सकिने ग्रहयोग रहेकोछ ।

सिहं (मा, मी, मू ,मे,मो, टा, टी, टू ,टे) भनेको समयमा सामाजिक कामहरु बन्ने हुँनाले छोटो समयमा नाम तथा दाम कमाउँन सकिने हुँदा घर परिवारमा खुसियालि छाउँनेछ । माया प्रेममा सामिप्यता बढेर जानेछ । नयाँ नयाँ कामको प्रस्ताब आउँनेछ भने नोकरिमा पदोन्नति हुँनेछ । सत्रु तथा प्रतिश्पर्धिहरु परास्त हुँनेछन् भने बिद्या तथा प्रतिश्पर्धामा तपाईकै नाम अग्र स्थानमा आउँनेछ । व्यापार व्यावसायमा लगानि गरि भने जस्तो नाँफा कमाउँन सकिनेछ । बिभिन्न ठाउँबाट कामका प्रस्तावहरु आउँनेछन् भने प्रसस्त रुपैया पैसा कमाउँने योग रहेको छ । व्यस्तताका बाबजुत पनि उपलब्धिमुलक कामहरु गर्न सकिने ग्रहयोग रहेकोछ ।

कन्या (टो,पा,पी,पू ,ष,ण,ठ,पे,पो) लामो दुरिको शैक्षिक तथा धार्मिक यात्राको तय गर्न सकिने भएपनि फाईलिङ गर्दा ध्यान दिनुहोला अनाबस्यक झन्झट हुँन सक्छ । धार्मिक प्रतिष्ठान तथा मन्दिर तिरको यात्राको तय गर्न सकिनेछ । सरकारि तथा प्रशासनिक काममा कमजोर उपश्थिति रहनेछ भने सरकारि ओहोदामा रहेकाहरुले समयमा काम गर्नेहरुले महत्वपुर्ण अवसरहरु गुम्नेछन् । परिवारजनको असहयोगले नयाँ योजनाहरु थाति रहनेछन् । खोज तथा अनुशन्धानको क्षेत्रमा अलि बढि समय खर्चिय सकारात्मक नतिजा हात लाग्नेछ भने अध्यानमा प्रगति भएर जानेछ । घरेलु कामहरुको चापले गर्दा बाहिरि क्षेत्रमा सामेल हुँन नसकिने ग्रहयोग रहेकोछ ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते¬) गोप्य सुचनाहरु बहिरिने हुँदा ईज्जत प्रतिष्ठामा दाग लाग्न सक्छ ध्यान दिनुहोला । मनोबल कमजोर हुँने हुँनाले बिद्या तथा प्र्रतिश्पर्धामा अरु भन्दा पछि परिनेछ । व्यापार व्यावसायमा भनेजस्तो आम्दानि नहुँने तथा घर परिवार तथा पति पत्निबिच घरायसि कुरामा विवाद सिर्जना हुँनेछ । सहयोग गर्ने भन्दा आश्वासन बाढ्नेहरु धेरै भेटिनेछन् भने आर्थिक कारोबार गर्दा ध्यान दिनुहोला ध्यान दिनुहोला रुपैया पैसा लिएर फरार हुँन सक्छन् । स्वास्थ्यमा समस्या आई शुरु गरेका कामहरु सम्पादन गर्न सकिने अवस्था रहने छैन भने कामको चापले शरिरमा थकाईको महशुष हुँनेछ ।

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू) पारिवारिक यात्राका क्रममा स्वादिष्ट भोजन ग्रहण गर्ने अवसर प्राप्त हुँनेछ । माया प्रेममा सामिप्यता बढेर जानेछ भने पति पत्निबिच मायाको डोरो कसिलो हुँनेछ । पारिवारिक यात्रा हुँने अधिक सम्भावना रहेकोछ भने यात्राका क्रममा बिभिन्न मनमोहक दृष्यहरु मन मुुटुमा कैद गर्न सकिनेछ । पर्यटन व्यावसाय अगाल्नेहरुले मनग्गे धन आजृन गर्न सक्नेछन् । सबैजना सहभागि हुँने व्यापार व्यावसायमा लगानि गरि प्रशस्त नाफा कमाउँन सकिनेछ । पढाई लेखाईमा भनेजस्तो नतिजा हात लाग्ने हुँनाले आफन्त तथा अग्रजहरु खुसि रहनेछन् ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) ईष्टमित्र तथा आफन्तका साथ रमाईलो यात्राको अवसर जुर्ने तथा मिठा मिठा परिकार ग्रहण गर्दै दिन कटाउँन सकिनेछ । अदालति निर्णयहरु तपाईकै पक्षमा आउँने तथा सत्रु परास्त गर्दै अगाडि बढ्न सकिनेछ । प्रतिष्पर्धामा प्रतिश्पर्धिको मनोबल गिराउँदै सकारात्मक उपलब्धि हात पार्न सकिनेछ । पुराना स्वास्थ्य सम्बन्धि समस्या हल भएर जाने तथा पुराना लेनदेनका मुद्दाहरु किनारा लाग्नेछन् । अध्ययन अध्यापनमा सुधार हुनुको साथै पुरस्कार जित्न सकिनेछ । व्यापार व्यावसायमा लगानि बढाई आम्दानिका स्रोतहरु बढाउँदै लान सकिनेछ । बिशिष्ट व्यात्तिको सहयोगमा राम्रा योजनाहरु फुर्ने ग्रहयोग रहेकोछ ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी¬) व्यापार लगानि गर्ने वाताबरण छैन त्यसैले व्यावसायमा नाफा कमाउँन निकै समय दिनु पर्नेछ । माया प्रेममा सामान्य खटपट हुनेछ भने दाम्पत्य जीवनको गाठो फुस्कन सक्छ । सन्तान तथा छोराछोरि सँग पनि मनमुटाब बढ्नेछ भने तपाईले भनेको नमानिदिदा मन खिन्न हुँनेछ । अध्ययन अध्यापनमा समय दिन नसक्दा अरुभन्दा पछि परिनेछ । खानपानमा ध्यान दिनुहोला स्वास्थ्य सम्बन्धि समस्या बढ्न सक्छ । भौतिक सम्पति तथा सवारि साधनको प्रयोग गर्दा ध्यान दिनहोला अप्रिय घट्ना नघट्ला भन्न सकिन्न । आफन्तको सुझाबलाई बेवास्ता गर्दा दुख पाईनेछ ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) कुनै पनि काममा प्रतिश्पर्धिहरुले अवरोध पुर्याउँन सक्छन् ध्यान दिनुहोला । व्यापार व्यावसायमा अरुदिन भन्दा ज्यादा समय खर्चिनु पर्नेछ भने कृषि तथा पशुपालन व्यावसायमा समय लगानि गर्नेहरुले भनेजस्तो आम्दानि गर्न सक्नेछन् । माया प्रेममा अबिश्वास सिर्जना हुँनेछ भने घर परिवारमा आमा सँग मनमुटाव उत्पन्न हुँनेछ । अन्य काममा व्यास्त हुँदा पढाई लेखाई कमजोर रहनेछ । राजनिति तथा समाजसेवामा सहभागि हुँनेहरुले जनतासँग सन्तुलित व्यबहार गर्नुहोला । स्वास्थ्यको ख्याल गर्नुहोला छाति सम्बन्धि समस्या आउँने तथा खर्च बढ्ने योग रहेकोछ

मीन (दी दू थ झ ञ दे दो चा ची)छोटो तथा रमाईलो यात्रा गरि सकारात्मक नतिजा हात लगाउँन सकिनेछ । पराक्रम बढेर जाने हुँनाले जोसिलो काम गर्ने जागर आउँनेछ । सानो प्रयत्नले राम्रो काम गरि फाईदा लिन सकिनेछ भने प्रतिश्पर्धिहरु परास्त हुँनेछन् । माया प्रेममा सामिप्यता बढेर जानेछ । अध्ययन अध्यापनमा प्रगति गरि गन्तब्य भेटाउँन सकिनेछ । दाजुभाई तथा छिमेकिहरु सँगको सम्बन्धमा सुधार भएर जानेछ भने आफन्त सँग गरिने व्यापार व्यावसायबाट प्रशस्त आम्दानि हुँने ग्रहयोग रहेकोछ । उत्पादित उद्योगमा लगानि बढाई भने जस्तो रुपैया पैसा कमाउँन सकिनेछ ।

तपाईको दिन शुभ रहोस ।
ज्योतिषि तारानाथ उपाध्याय
ज्योतिष परामर्ष सेवा केन्द्र
काठमाडौ नेपाल
फोन नं.९७४१०६८९६२

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा samacharpati@gmail.com मा पठाउनुहोला ।



प्रतिक्रिया लेख्नुहोस
सम्बन्धित