चीन र भारत युद्ध नजिक पुग्नुको वास्तविक कारण यस्तो रहेछ !!

चीन र भारतको पछिल्लो विवाद शुरु भएको निकै दिन भएपनि मत्थर हुने संकेत देखिएको छैन । चीनको सरकारी समाचर संस्था सिन्ह्वाले भारतले सीमा क्षेत्रबाट आफ्नो सेना फिर्ता गरेपछि मात्र वार्ताको सम्भावना हुने जनाएको छ भने भारतले सीमा क्षेत्रको उचित व्यवस्थापन नहुँदै चीनले एकतर्फि रुपमा सडक बनाएको भन्दै मिचाहा व्यवहार भनेको छ ।

आखिर दुई छिमेकी भारत र चीन युद्धकै अवस्थामा चाहिं किन आए त ? सीमा विवाद चर्केपछि सन् १९६२ मा भारत र चीनबीच युद्ध नै भएको थियो । सीमा विवाद दीर्धकालीन रूपमा समाधान नहुँदा दुई देशबीच बारम्बार तनाव बढ्ने गरेको छ । विवाद चुलिएपछि दुवै पक्षले सीमामा आ–आफ्ना सेनाको उपस्थिति बाक्लो बनाउँदै एकले अर्को पक्षलाई पछाडि हट्न आह्वान गरेका छन् ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा samacharpati@gmail.com मा पठाउनुहोला ।



प्रतिक्रिया लेख्नुहोस
सम्बन्धित