आजको राशिफल २०७४ असार ४ गते बुधबार, Today’s Horoscope, July 19

बि.स.२०७४ साउन ०४ गते । बुधबार । ईश्वी सन् २०१७ जुलाई १९ तारिख । नेपाल सम्बत् १९३७ । साधारण संवत्सर । दक्षिणायन । वर्षा ऋतु । श्रीशाके १९३९ । श्रावण कृष्ण पक्ष । तिथि एकादशी,५० घडी ३ पला । नक्षत्र कृतिका ३० घडी १० पला, बेलुका ५ बजेर २५ मिनेट उप्रान्त रोहिणी ।

मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) व्यावसायमा नाँफा कमाउँन अरु दिन भन्दा बढि समय खर्चनु पर्नेछ । स्वास्थ्यमा समस्या आई दैनिक कामकाज गर्न नसकिने हुँनाले रुपैया पैसाको ब्याबस्थापन गर्न गाह्रो हुँनेछ । अध्ययन तथा अध्यापनको क्षेत्र तपाई आफ्नै कारणले कमजोर रहनेछ । बोल्दा वा कुनैपनि प्रश्तुतिमा भाग लिदा प्रशस्त तयारि गर्नुहोला कमजोरि गरेको वा भएको आभास हुँनेछ । तयारि बिनानै प्रश्तुत गरिने कुनै पनि योजना बिफल हुन सक्छ ध्यान दिनुहोला । आफन्त तथा परिवार बाट अप्रीय तथा दुखद समाचार सुनिने हुँदा मनमा खिन्नता पैदा हुँनेछ ।

बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वा)राजनिति तथा समाजसेवामा समय लगानि गर्नेहरुले सर्वसाधारणको सहयोग तथा समर्थन पाउँने हुँदा मन प्रशन्न हुँनेछ । समयमा कामहरु सम्पन्न हुँने तथा अरुको काम गरि नाम तथा दाम दुवै कमाउँन सकिनेछ । अध्ययन तथा अध्यापनको क्षेत्रमा थोरै समय लगानि गर्दापनि सकारात्मक नतिजा हात लागि हुँने योग रहेकोछ । तपाईको लुवाई ख्वाई देखेर सबैजना मोहित हुनेछन् । माया प्रेममा आफ्नो मान्छेलाई आफ्नै वरिपरि देख्न पाउँदा मन प्रशन्न हुनेछ । व्यापार व्यावसायमा प्रसस्त नाफा कमाउँन सकिनेछ भने लगानि गर्ने बाताबरण बनाउँन सकिनेछ ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) खराब संगत तथा गलत सल्लाहले हुँन लागेको काम पनि अरुकै हातमा जानेछ । समयको गति सँगै बढ्न नसक्दा प्रतिश्पर्धामा अरुभन्दा पछि परिनेछ । तयारि बिनानै महत्वपुर्ण काम शुरु गर्दा बिग्रने छ ध्यान दिनु उचित होला । प्रेम प्रशङमा रमाउँन चाहनेहरुका आजको दिन टाडै रहनु उपयूक्त हुँनेछ भने घर परिवारमा आफन्त सँग मानमुटाव सिर्जना हुँनेछ । बिदेश यात्राको गतिलो सम्भावना रहेकोछ भने बिदेशि सामानको व्यापार फस्टाएर जानेछ । स्वदेशमा उत्पादित सामानको व्यापार व्यावसायमा अरुदिन भन्दा अलि बढि समय खर्चिनु पर्नेछ ।

कर्कट (ही, हू ,हे, हो, डा, डी, डु, डे, डो) व्यापार व्यावसायमा लगानि गरि आम्दानिका स्रोतहरु बढाउँन सकिनेछ । दाजुभाई तथा आफन्तबाट भने जस्तो सहयोग हुँनेछ । सत्रु,मुद्दा मामिला तथा अन्य झन्झटबाट मुक्ति मिल्ने समय रहेकोछ । माया प्रेममा सामिप्यता बढेर जाने ग्रहयोग रहेकोछ । सवारि साधन तथा अन्य भौतिक सम्पतिहरु लाभ हुँनेछ । पढाई लेखाईमा सुधार हुँने हुनाले अरु भन्दा अगाडि बढ्न सकिनेछ । ईच्चा आकांक्षा तथा मनोकामना पुरा हुने समय रहेको छ भने रोकिएका कामहरु बन्ने तथा नयाँ काम गर्ने अवसर आउँनेछ । सरकारि धन तथा पैत्रिक धन सम्पति हात लागि हुँने सम्भावना रहेको छ ।

सिहं (मा, मी, मू ,मे,मो, टा, टी, टू ,टे)सामाजिक काम गर्ने वाताबरण बन्ने हुँनाले नाम तथा दाम दुवै कमाउँन सकिनेछ । कामहरु समयमा नै सम्पन्न हुँने हुँनाले थप काम गर्न जोस जागर बढेर आउँनेछ । समाजसेवा तथा राजनितिमा समय दिनेहरुले जनताको प्रत्यक्ष सहभागिता सहितको सहयोग पाउँनेछन् । व्यापार व्यावसाय फस्टाएर जानेछ भने आम्दानिका बाटाहरु फराकिला हुँनेछन् । अध्ययन तथा अनुशन्धानको क्षेत्रमा राम्रो प्रगति गर्न सकिनेछ भने तपाईको बौद्धिकताको सबैले सम्मान गर्नेछन् । गीत संगित तथा कला साहित्यमा समय दिनेहरुले मनग्गे लाभ लिन सक्नेछन् । प्रेमको डोरो कसिलो भएर जानेछ ।

कन्या (टो,पा,पी,पू ,ष,ण,ठ,पे,पो) धार्मिक प्रतिष्ठान तथा मन्दिरतिरको यात्रा गरि टिका तथा प्रसाद ग्रहण गर्ने अवसर जुर्नेछ । साथिभाई तथा आफन्तको सहयोगमा नयाँ योजना बनाई कार्यान्वयनको चरणमा लान सकिने भएपनि बिफल हुँने ग्रहयोग रहेकोछ । स्वास्थ्यमा समस्या आई शुरु गरेका कामहरु सम्पादन गर्न सकिने अवस्था रहने छैन भने सहयोग गर्ने भन्दा आश्वासन बाढ्नेहरु धेरै भेटिनेछन् । गोप्य सुचनाहरु बहिरिने हुँदा ईज्जत प्रतिष्ठामा दाग लाग्न सक्छ ध्यान दिनुहोला । प्रशासनिक क्षेत्रमा तपाईको निम्न स्तरको सहभागिता रहनेछ भने सामाजिक उत्तरदायित्व बहन गर्दागर्दै मान सम्मानमा कमिको महशुष हुँनेछ ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते¬) पढाई लेखाई खस्केर जाने हुँनाले आउँने उपलब्धिहरुलाई सदुपयोग गर्न नसकिने अवस्था रहनेछ । दिदि बहिनी तथा आफन्त सँग मनमुटावको सिर्जना हुँने तथा प्रेममा रमाउँन चाहनेहरुका लागि समय मध्ययम रहेकोछ । समय र परिस्थितिको अध्ययन गरेरमात्र अगाडि बढ्नुहोला आफन्त तथा साथिभाईहरुको समर्थन नहुँन सक्छ । आफन्त तथा शुभचिन्तकको शुझाबलाई बेवास्ता गर्दा दुख पाईन सक्छ । योजनाहरु भए केहिदिनको लागि स्थगित गर्नुहोला समय त्यति उत्तम छैन । व्यापार व्यावसाय खस्केर जानेछ भने रुपैया पैसाको कारोबार गर्दा ध्यान दिनुहोला बिवाद निम्तिन सक्छ ।

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू) पाहुँना लागेर कतै जादा आथित्यको सत्कार तथा सम्मान पाईनेछ । बिभिन्न सहयोग तथा उपाहार प्राप्तीको ग्रहयोग रहेको छ । व्यापार व्यावसायमा लगानि गर्ने वाताबरण बन्ने हुँनाले प्रशस्त नाँफा कमाउँन सकिनेछ । आर्थिक रुपमा सुदृड हुँन सकिने हुँनाले दैनिकी सहज रुपमा अगाडिक बढ्नेछ । व्यावसायिक यात्रा हुँने गतिलो सम्भावना रहेकोछ । पढाई लेखाईमा उल्लेख्य सुधार भएर जाने हुँनाले अरुलाई निकै तल छाड्न सकिनेछ । आफन्त तथा सबैको सहयोग पाईने हुँनाले नयाँ काम गर्ने जोस जागर बढेर जानेछ । माया प्रेममा सामिप्यता बढ्नुको साथै दाम्पत्य जीवन खुसि रहनेछ ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) लामो दुरिको अफिसियल यात्राको अधिक सम्भावना रहेकोछ भने यात्राबाट भनेजस्तो उपलब्धि हात पर्ने ग्रहयोग रहेकोछ । माया प्रेममा रमाउँन चाहनेहरुका लागि समय राम्रो रहेकोछ । वादबिवाद तथा मुद्दा मामिलामा प्रतिश्पर्धिहरुलाई हराउँदै जित निकाल्न सकिनेछ । पढाई लेखाईमा मन जाने हुँनाले अरुभन्दा अग्र स्थानमा तपाईको नाम रहेनेछ । व्यापार व्यावसायमा लगानि बढाएर प्रसस्त रुपैया पैसा कमाउँन सकिनेछ । माया प्रेममा सामिप्यता बढ्ने तथा दाम्पत्य जीवनको गाठो अझ मजबुत भएर जानेछ । मावलि पक्षबाट भनेजस्तो सहयोग प्राप्त हुँनेछ ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी¬) पढाई लेखाई तपाई आफ्नै कारणले बिग्रन सक्छ । खानपानमा ध्यान दिनुहोला पेट सम्बन्धि समस्या आउँने हुँनाले दैनिक कामकाजहरु प्रभावित हुँनेछन् । सन्तान तथा परिवारले तपाईको काममा खासै सहयोग गर्ने छैनन् भने अपाईको आलोचना गर्नेहरु बढ्ने ग्रहयोग रहेकोछ । सामान्य स्वास्थ्य सम्बन्धि समस्याले सताउँने हुँदा दैनिक काम गर्न असजिलो महशुस हुँनेछ । माया प्रेममा धोका हुँनेछ भने घर परिवारमा आफन्त तथा पति पत्नि बिच मनमुटाब बढ्नेछ । व्यापार व्यावसाय खस्केर जाने हुँनाले दैनिक गुजारा गर्न गाह्रो हुँनेछ भने प्रतिश्पर्धिहरुको अवरोधले फाईदाको सम्भावना टरेर जानेछ ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) कृषि तथा पशुपालनमा गरिएको लगानिबाट मनग्गे आम्दानि हुँनेछ । काम तथा अध्ययनको सवालमा आमा तथा आफन्तबाट छुट्टिएर यात्राको तय गर्नुपर्दा मन खिन्न हुँनेछ । घर जग्गा तथा सवारि साधनको खरिद बिक्रिबाट भनेजस्तो नाँफा कमाउँन सकिनेछ । माया प्रेममा आजको दिन टाडै रहनुनै बेश हुँनेछ नजिकिदा मनमुटाव हुँनेछ । आफ्नो भन्दानि सामाजिक काममा समय बित्नेछ भने राजनिति तथा समाजसेविहरुले जनताको खासै समर्थन रहनेछैन । अरुको काम गरि प्रसन्न हुँने समय रहेको छ । अरुकै काममा समय खर्चिदा आफ्नो काम थाति रहनेछ ।

मीन (दी दू थ झ ञ दे दो चा ची) व्यापार व्यावसायमा भनेजस्तो नाँफा कमाउँन सकिनेछ भने छोटो तथा रमाईलो व्यावसायिक यात्राको तय हुँनेछ । आफ्नो प्रिय पात्रलाई आफ्नै वरिपरि देख्न पाउँदा मन प्रशन्न रहनेछ । बिवादित बिषयहरुको नतिजा तपाई आफ्नै पक्षमा आउँने हुँनाले मन प्रशन्न हुँनेछ । अर्थ उपार्जनका बिभिन्न स्रोतहरु जुट्ने हुँनाले पछिसम्म आम्दानि हुँने व्यावसायमा लगानि बढाउँन सकिनेछ । परिवारका साथ रहेर मिष्टान्न भोजन लिने अवसर मिल्नेछ । तपाईले सुरु गर्नुभएको कामको दाजुभाई तथा छिमेकिबाट उच्च मुल्याङकन हुँने ग्रहयोग रहेकोेछ ।

तपाईको दिन शुभ रहोस ।
ज्योतिषि तारानाथ उपाध्याय
ज्योतिष परामर्ष सेवा केन्द्र
काठमाडौ नेपाल
फोन नं.९७४१०६८९६२

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा samacharpati@gmail.com मा पठाउनुहोला ।



प्रतिक्रिया लेख्नुहोस
सम्बन्धित