वेगनासतालमा जलकुम्भी सरसफाई अभियान सकियो

सन्दिप पौडेल, लेखनाथ , ३ साउन । कास्की जिल्लाको लेखनाथमा रहेको दोश्रो ठुलो ताल वेगनास ताल जलकुम्भीले भरीने खतरा वढदै गएपछि एक करिव एक महिना अघि थालिएको सरसफाई अभियान सकिएको छ ।

बेगनासताल मत्स्य व्यवसायी समितिले गत असार २ गते देखी ताल तालसफाइ अभियान थालेको थियो । मंगलबार पत्रकार सम्मेलनको आयोजना गरी झण्डै एक महिना अवधीमा सय रोपनी क्षेत्रफलको जलकुम्भी फालिसकेको समितिका अध्यक्ष झलक जलारीले जानकारी दिए । कास्की जिल्लाकै पर्यटकीय स्थलका रुपमा चिनिएको वेगनासतालमा वर्षेनी जलकुम्भीको मात्र बढ्न थालेपछि , तालको सौंदर्य बचाउ अभियान अन्तर्गत विगत एक दशक देखी हरेक वर्ष जलकुम्भी सफाइ अभियान संचालन गरिंदै आइएको छ ।

यो वर्ष लेखनाथ नगरपालिकाको केहि आर्थीक सहयेग र स्थानिय जलारी समुदायको जन श्रमदानमा जलकुम्भी सफाइ अभियान संचालन गरिएको हो । यहाँ रहेका ३४ वटा जलारी घर परिवार र जलारी समुदायको पहल र पोखरा लेखनाथ महानगरपालिकाको करिव ३ लाख रुपैयाको आर्थिक सहयोगमा संचालन गरिएको उक्त अभियानका लागि जम्मा चार लाख ४८ हजार आठ सय रुपैंया खर्च भएको अभियानका संयोजक राजेन्द्र जलारीले पत्रकार सम्मेलनमा जानकारी दिए । लामो समय देखी वेगनासतालमा जलकुम्भी निकाल्ने काम हुँदै आए पनी त्यसकोदिर्घकालिन व्यवस्था नहुँदा वार्षेनी जलकुम्भी समस्या जस्ताको तस्तै देखिन्छ ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा samacharpati@gmail.com मा पठाउनुहोला ।



प्रतिक्रिया लेख्नुहोस
सम्बन्धित