सेती नदिले बगाउदा तीन जना बेपत्ता, खोजिकार्य जारी

समाचारपाटी, पोखरा, ३ साउन । पोखराको विच भएर बग्ने सेतीले बगाउदा तीन जना बेपत्ता भएका छन् । सोमबार साँझ पोखरा लेखनाथ महानगरपालिका ३३ स्थित पशुपती घाटमा सेती नदीमा नुहाउने क्रममा सेतीले तीनजनालाई बगाएको प्रहरीले जानकारी दिएको छ ।

सेतीले बगाएर दाङ घर भइ पोखरा ३३ बस्ने १७ वर्षिय संगीता नेपाली, १९ वर्षिय होम सार्की र १७ वषिय सुनिल परियार बेपत्ता भएको कास्की प्रहरी प्रवक्ता खडकबहादुर खत्रीले बताए ।

बेपत्ता तीन जना सेती किनारमा बालुवा झिक्ने काम गर्दै आइरहेको र सोमबार साँझ बालुवा झिक्ने काम सकेर नुहाउने क्रममा उनीहरुलाई सेतीले बगाएर बेपत्ता बनाएको उनले बताए । उनिहरुको खोजीकार्य भैरहेको कास्की प्रहरीले जनाएको छ ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा samacharpati@gmail.com मा पठाउनुहोला ।



प्रतिक्रिया लेख्नुहोस
सम्बन्धित