आजको राशिफल २०७४ साउन ३ गते मंगलबार, Today’s Horoscope, July 18

आजको राशिफल
बि.स.२०७४ साउन ०३ गते । मंगलबार । ईश्वी सन् २०१७ जुलाई १८ तारिख । नेपाल सम्बत् १९३७ । साधारण संवत्सर । दक्षिणायन । वर्षा ऋतु । श्रीशाके १९३९ । श्रावण कृष्ण पक्ष । तिथि नवमी,०१ घडी ३७ पला, बिहान ०५ बजेर ५९ मिनेट उप्रान्त दशमी । नक्षत्र भरणी ३४ घडी ०१ पला, बेलुका ६ बजेर ५७ मिनेट उप्रान्त कृतिका ।

मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) पढाई लेखाईमा राम्रो प्रगति गरि सफलताको मार्गमा अगाडि बढ्न सकिनेछ । व्यावसायबाट मनग्गे फाईदा हुँनेछ भने घर परिवारमा सुखद समाचारले थप उत्साह जगाउँनेछ । आम्दानिका स्रोत पहिल्याउन सकिनेछ भने सामाजिक कामगर्दै नाम कमाउँन सकिनेछ । नौलो प्रकृतिको काम गरि आयस्रोतमा बृद्धि गर्न सकिनेछ । बिभिन्न किसिममा भौतिक लाभ हुँनेछ भने सवारि साधन प्राप्तिको योग रहेको छ । कलाकारित तथा संगित पेशा व्यावसायमा समय लगानि गर्नेहरुले प्रसस्त रुपैया पैसा कमाउँने ग्रहयोग रहेकोछ ।

बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वा) न्यून पारिश्रमिकमा दिनभर समय ब्यातित गर्नुपर्दा अन्य काममा समय दिन सकिने छैन । लामो दुरिको बैदेशिक यात्राको तय हुँनेछ भने बिदेशि सामानको व्यापार व्यावसाय फस्टाएर जानेछ । काम गर्दा साबधानि अपनाउँनुहोला खराब ब्याक्तिको बिश्वास गर्नाले जरिवाना तिर्नुपर्नेछ । पढाई लेखाईमा मन नजाने हुँनाले अरु भन्दा पछि परिनेछ भने माया प्रेममा एक अर्काबिच बैमनस्यता बढ्नेछ । घर भित्रकै मानिसहरुबाट धोका हुँने सम्भावना रहेकोले सचेत रहनुहोला । स्वास्थ्य सम्बन्धि सामान्य समस्या देखापर्न सक्ने तथा उपचार खर्च बढ्ने ग्रहयोग रहेको छ ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) दाजुभाईले तपाईको काममा सहयोग गर्ने हुँनाले ठुला तथा उपलब्धिमुलक काम गर्न सकिनेछ । मानव निर्मित तथा भौतिक साधनहरु प्राप्तीको योग रहेकोछ । साना तिना समस्या देखिएपनि लगनशिल भएर लाग्नाले सफलताको शिखर चुम्ने ग्रहयोग रहेकोछ । पढाई लेखाईमा सुधार हुँने हुनाले अरु भन्दा अगाडि बढ्न सकिनेछ । ईच्चा आकांक्षा तथा मनोकामना पुरा हुने समय रहेको छ । सरकारि धन तथा पैत्रिक धन सम्पति हात लागि हुँने सम्भावना रहेको छ । व्यापार व्यावसायमा लगानि गरि आम्दानिका स्रोतहरु फराकिला पार्न सकिनेछ ।

कर्कट (ही, हू ,हे, हो, डा, डी, डु, डे, डो) व्यापार व्यावसाय फस्टाएर जानेछ भने नयाँ काम पाउँने तथा नोकरिमा पदोन्नति हुँने समय रहेको छ । साथिभाई सँग रमाईलो भेटघाट हुँने तथा मिष्टान्न भोजन ग्रहण गर्ने अवसर प्राप्त हुँनेछ । पैत्रिक सम्पतिको प्रयोग गरि आम्दानिका स्रोतहरु बढाउँन सकिनेछ । अध्ययन अध्यापनमा अन्य दिन भन्दा सुधार गरि अरुभन्दा अगाडि बढ्न सकिनेछ । राजनिति कर्मिहरुले जनताको समर्थन पाउँने हुँनाले पद प्रतिष्ठा प्राप्तिको योग रहेकोछ । आफुले माया गर्ने मान्छेलाई आफ्नै वरिपरि देख्न पाउँदा मन प्रशन्न हुँनेछ भने परिवारका आवस्यक्ताहरु पूरा गर्न सकिनेछ ।
सिहं (मा, मी, मू ,मे,मो, टा, टी, टू ,टे) नोकरिमा सामान्य मनमुटाब तथा सैदान्तिक मतभेद रहनेछ । बुवा वा बुवा सरहका मानिसको सल्लाह नमान्दा दुख पाईनेछ । व्यावसायमा भनेजस्तो आम्दानि नहुँने हुँनाले दैनिक कामहरु प्रभावित हुँनेछन् । समाजसेवामा समय लगानि गरेपनि भनेजस्तो काम नहुनाले मान सम्मानमा आघात पुग्नेछ । पढाई लेखाईमा समय दिन नसक्दा अरुभन्दा पछि परिनेछ । खानपान तथा बाताबरणको ध्यान दिनुहोला सामान्य स्वास्थ्य सम्बन्धि समस्या आउँने ग्रहयोग रहेकोछ । सरकारि काम गर्दा सचेत रहनुहोला काम बिग्रने तथा दण्ड तथा जरिवाना तिर्नुपर्ने हुँनसक्छ ।

कन्या (टो,पा,पी,पू ,ष,ण,ठ,पे,पो) दिदि बहिनी तथा आफन्त सँग मनमुटावको सिर्जना हुँने तथा प्रेममा रमाउँन चाहनेहरुका लागि समय मध्ययम रहेकोछ । समय र परिस्थितिको अध्ययन गरेरमात्र अगाडि बढ्नुहोला आफन्त तथा साथिभाईहरुको समर्थन नहुँन सक्छ । आफन्त तथा शुभचिन्तकको शुझाबलाई बेवास्ता गर्दा दुख पाईन सक्छ । योजनाहरु भए केहिदिनको लागि स्थगित गर्नुहोला समय त्यति उत्तम छैन । व्यापार व्यावसाय खस्केर जानेछ भने रुपैया पैसाको कारोबार गर्दा ध्यान दिनुहोला बिवाद निम्तिन सक्छ । पढाई लेखाई खस्केर जाने हुँनाले आउँने उपलब्धिहरुलाई सदुपयोग गर्न नसकिने अवस्था रहनेछ ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते¬) प्रेम सम्बन्धमा मनमुटावको अवस्था सिर्जना हुँनेछ भने पति पत्निबिच अबिश्वास पैदा हुँन सक्छ ध्यान दिनुहोला । भौतिक सम्पति तथा सवारि साधनको प्रयोग गर्दा ख्याल गर्नुहोला अप्रीय घट्ना नघट्ला भन्न सकिन्न । घर परिवार बिषेश गरि जीवनसाथि सँगको सम्बन्धमा आउँने वैचारिक द्वन्द्धले उतारचडाव ल्याउँनेछ । अरुकै काममा समय बित्नेहुँदा पढाई लेखाई प्रभावित हुँनेछ । व्यापापार व्यावसाय खस्केर जाने हुँनाले तत्कालका लागि कुनै योजना बनाएर लगानि गर्ने सोचमा हुनुहुन्छ भने थाति राख्नु होला घाटा लाग्ने योग रहेकोछ ।

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू) आफन्त तथा मामा माईजुबाट हरेक क्षेत्रमा सहयोग तथा समर्थन पाईने हुँदा अगाडि बढ्न सहज हुँनेछ । बिवादित बिषयहरुबाट निचोड तपाईकै पक्षमा आउँने हुँनाले खुसिले उचाई नाघ्नेछ । पढ्ने लेख्ने काममा अरुलाई पछाडि छोड्दै नतिजा आफ्नो पोल्टोमा पार्न सकिनेछ । तपाईसँग मनमुटावको भावना राख्ने तथा सत्रुता साध्नेहरु आफै कमजोर हुँनेछन् । काम गर्न रकम तथा आर्थिक स्रोतहरु जुट्ने हुँनाले व्यापार व्यावसायमा प्रशस्त आम्दानि हुँनेछ । स्वास्थ्य आफ्नै काबुमा हुँने हुँनाले नयाँ नयाँ काम गर्न सकिनेछ । पुराना समस्याहरुबाट छुट्करा पाईने हुँनाले मन प्रशन्न हुँनेछ ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) बिभिन्न समस्याको फेस गर्नु पर्दा मानशिक तनाब बढ्नेछ भने खुलेर काम गर्ने वाताबरण नहुँदा आर्थिक क्षेत्र धरासाहि हुँन सक्छ सचेत रहनुहोला । सुधारात्मक क्षेत्रमा गरिएको लगानि त्यसै खेर जानेछ । अध्ययन तथा अनुशन्धानको क्षेत्रमा अलि बढि समय दिए सकारात्मक नतिजा निकाल्न सकिनेछ । व्यापार व्यावसायमा गरिएको लगानि बाट सोचे जस्तो प्रतिफल प्राप्त नहुन सक्छ । प्रेम गर्ने जोडिहरु आज टाडै बस्नु उचित छ माया प्रेममा धोका हँुन सक्छ । खानपानमा एकदमै ध्यान दिनुहोला पेट सम्बन्धि समस्या आउँने ग्रहयोग रहेकोछ ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी¬) अध्ययन तथा अध्यापनमा सफलता प्राप्त गर्न अलि बढिनै मेहनेत गर्नु पर्नेछ । आमा तथा आफन्तबाट भनेजस्तो सल्लाह तथा सुझाब पाईने हुँनाले सुधारात्मक काम गर्न सहयोग हुँनेछ । कृषि तथा पशुपालन व्यावसायबाट राम्रो आम्दानि हुँनेछ । समाजिक काममा समय दिनु पर्नेछ भने तपाईको काम देखि सबै खुसि हुनेछन् । राजनिति तथा समाजसेवामा समय लगानि गर्नेहरुले सर्बसाधारण सँग सन्तुतिल व्यबहार गर्नुहोला काम बिग्रने हुँदा मान सम्मानमा कमि हुँनेछ । सवारि साधनको व्यापार व्यावसाय सुरु गर्दा भनेजस्तो नाफा कमाउन सकिनेछ ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) छोटो तथा रमाईलो व्यावसायिक यात्राको तय गर्न सकिनेछ भने न्यायलयबाट हुँने न्यायिक निर्णयहरु तपाईकै पक्षमा फैसला हुँने हुँदा मन प्रशन्न हुँनेछ । पराक्रम बढेर जानेछ भने उद्योग तथा व्यावसायमा लगानि बढाई भनेजस्तो नाफा कमाउँन सकिनेछ । दाजुभाई तथा अन्य ईष्टमित्रबाट सहायोग हुने हुँदा मन खुसि रहनेछ । छोटो दुरिको रमाईलो यात्राको तय गर्न सकिनेछ । माया प्रेमको गाठो कसिलो हुँनुको साथै दाम्पत्य जीवनमा खुसियालि छाउँनेछ । बनभोज तथा यस्तै समारोहमा जमघट भई स्वादिष्ट भोजन ग्रहण गर्ने अवसर प्राप्त हुँनेछ ।

मीन (दी दू थ झ ञ दे दो चा ची) व्यापार व्यावसायमा लगानि बढाई प्रशस्त आम्दानि गर्न सकिनेछ भने पछि सम्म आम्दानि हुँने क्षेत्रमा लगानि बढाउन सकिनेछ बोलिको प्रभाव बढ्ने हुँदा बोलेकै भरमा कामहरु सम्पादन हुँनेछन् । कुटुम्बसँगको सम्बन्धमा सुमधुरता आउँनेछ । आफन्तबाट भनेजस्तो सहायोग पाईने हुँदा काम गर्न सहज हुँनेछ । खोज तथा अनुशन्धानको क्षेत्रमा खर्चियको समयबाट सकारात्मक नतिजा आउँने हुँनाले मन प्रशन्न हुँनेछ भने अध्यन तथा अध्यापनको क्षेत्रमा अरुभन्दा अगाडि बढि नतिजा आफ्नो पक्षमा पार्न सकिनेछ । पारिवारका साथ रहेर मिष्टान्न भोजन गर्ने अवसर मिल्नेछ ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा samacharpati@gmail.com मा पठाउनुहोला ।



प्रतिक्रिया लेख्नुहोस
सम्बन्धित