आजको राशिफल २०७४ असार १ गते आइतबार, Today’s Horoscope, July 16 (भिडियो)

आजको राशिफल
बि.स.२०७४ साउन ०१ गते । आईतबार । ईश्वी सन् २०१७ जुलाई १६ तारिख । नेपाल सम्बत् १९३७ । साधारण संवत्सर । दक्षिणायन । वर्षा ऋतु । श्रीशाके १९३९ । श्रावण कृष्ण पक्ष । तिथि सप्तमी,१० घडी ५२ पला, बिहान ०९ बजेर ४० मिनेट उप्रान्त अष्टमी । नक्षत्र रेवती ४० घडी ०६ पला, बेलुका ०९ बजेर २२ मिनेट उप्रान्त अश्विनी ।

मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) आत्मबल कमजोर हुँने हुँदा अध्ययन तथा अध्यापन खस्केर जानेछ । पैताल तथा खुट्टामा समस्या आउँने तथा मेडिकल खर्च बढेर जानेछ सचेत रहनुहोला । काम गर्दा कानुनको पालना राम्रोसँग गर्नुहोला राज्यबाट दण्ड तथा जरिवान हुँन सक्छ । माया प्रेमको दुरि बढ्ने हुँनाले मनमा नरामाईलो महशुस हुँनेछ । यात्राको क्रममा रुपैया पैसाको सहि परिचालन गर्न नसक्दा खर्च बढ्नेछ । बैदेशिक यात्राको तय हुँनेछ भने बिदेशि सामान तथा रुपैया पैसा हातलागी हुँने योग रहेको छ । बिदेशमा बसेर अध्ययन तथा काम गर्नेहरुले आजको दिन आफ्नो कामदेखि सन्तुष्ट हुँनेछन् ।

बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वा) बिभिन्न अवसरहरुले पछ्याउँने तथा आफन्तको सहयोगमा परिणाममुखि काम गर्न सकिनेछ । बौद्धिकता प्रयोग गरि समाजमा राम्रा काम गरेर देखाउँन सकिनेछ भने आस मारेको काम बन्नाले उत्साह जाग्नेछ । भौतिक सम्पतिहरु जुट्नेछन् भने उपाहार प्राप्त हुँने योग रहेकोछ । नयाँ कामहरु गरेर आम्दानिका स्रोतहरु बढाउँन सकिनेछ । सरकारि सम्पति तथा पृत्रिक सम्पति हात लागि हुँने प्रसस्त सम्भावना रहेको छ । दाजुभाई वा अग्रजहरुको सुझाब तथा सल्लाह मानेर अगाडि बढ्दा सफलता पाउँन सकिनेछ । बिद्यामा राम्रो प्रगति हुँने हुँदा पढाई लेखाईमा मन जानेछ ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) राजनिति तथा समाजसेवामा जनताको साथ सहयोग नपाईने हुँना आफ्ना योजनाहरु थातिनै रहनेछन् । व्यापार व्यावसायमा भनेजस्तो आम्दानि नहुँने तथा आयस्रोतका बाटाहरु साघुरा हुँनेछन् । घर परिवार तथा पति पत्निबिच घरायसि कुरामा विवाद सिर्जना हुँनेछ । सहयोग गर्ने भन्दा आश्वासन बाढ्नेहरु धेरै भेटिनेछन् । स्वास्थ्यमा समस्या आई शुरु गरेका कामहरु सम्पादन गर्न सकिने अवस्था रहने छैन । गोप्य सुचनाहरु बहिरिने हुँदा ईज्जत प्रतिष्ठामा दाग लाग्न सक्छ ध्यान दिनुहोला । मन कमजोर हुँने हुँनाले बिद्या तथा प्र्रतिश्पर्धामा अरु भन्दा पछि परिनेछ ।

कर्कट (ही, हू ,हे, हो, डा, डी, डु, डे, डो) नयाँ योजना बनाएर सार्वजनिक गरि लागु गराएर दैनिकि फेर्न सकिनेछ । खोज तथा अनुशन्धानमा झुकाव बढ्ने हुँनाले सकारात्मक नतिजा ल्याउँन सकिनेछ । राजनिति तथा समाजसेवामा जनताको काम गरि नाम तथा दाम कमाउँन सकिनेछ भने प्रशासनिक क्षेत्रमा तपाईकै बर्चश्व कायम रहनेछ । धार्मिक स्थल तथा तिर्थ यात्राको अधिक सम्भावना रहेकोछ । शिक्षा तथा शिक्षासँग सम्बन्धित पेशा व्यावसायलाई समय सापेक्ष आधुनिकिकरण गरि मनग्गे लाभ लिन सकिनेछ भने समयमा कामहरु बन्नाले आर्थिक क्षेत्र सबल बन्नेछ । माया प्रेममा रमाउँन चाहनेहरुका लागि समयले साथ दिनेछ ।

सिहं (मा, मी, मू ,मे,मो, टा, टी, टू ,टे) । अरुकै काममा समय बित्नेहुँदा पढाई लेखाई प्रभावित हुँनेछ । व्यापापार व्यावसाय खस्केर जाने हुँनाले तत्कालका लागि कुनै योजना बनाएर लगानि गर्ने सोचमा हुनुहुन्छ भने थाति राख्नु होला घाटा लाग्ने योग रहेकोछ । ऋण,रोग तथा सत्रुको सामना गर्नुपर्दा दैनिक कामहरु प्रभावित हुँनेछन् । प्रेम सम्बन्धमा मनमुटावको अवस्था सिर्जना हुँनेछ भने पति पत्निबिच अबिश्वास पैदा हुँन सक्छ ध्यान दिनुहोला । भौतिक सम्पति तथा सवारि साधनको प्रयोग गर्दा ख्याल गर्नुहोला अप्रीय घट्ना नघट्ला भन्न सकिन्न । घर परिवार बिषेश गरि दिदिबहिनीहरु सँगको सम्बन्धमा आउँने वैचारिक द्वन्द्धले उतारचडाव ल्याउँनेछ

कन्या (टो,पा,पी,पू ,ष,ण,ठ,पे,पो) नयाँ सवारि साधन तथा मन परेको भौतिक सम्पति जोड्ने समय रहेकोछ । सामुहिक लगानि कर्ता भेला पारि सुरु गरिने व्यापार व्यावसाय फस्टाएर जाने तथा भनेजस्तो रुपैया पैसा कमाउँन सकिने तथा जीवनस्तर सहज रुपमा अगाडि बढाउँन सकिनेछ । पारिवारिक यात्राका क्रममा स्वादिष्ट भोजन ग्रहण गर्ने अवसर प्राप्त हुँनेछ । लगनशिल तथा बद्धिको उपयोग गरि सफलताको सुत्र पत्ता लगाउँन सकिनेछ भने पढाई लेखाईमा भनेजस्तो नतिजा हात लाग्ने हुँदा आफन्तहरु खुसि हुँनेछन् । माया प्रेममा सामिप्यता बढेर जानेछ भने पति पत्निबिच मायाको डोरो कसिलो हुँनेछ ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते¬) मामा तथा मावलि पक्षसँग कुनैपनि काम गर्दा सन्तुलित व्याबहार गर्नुहोला दैनिक काम गर्दा मनमुटावको अवस्था सिर्जना हुँनेछ । तपाईको खुट्टा तान्ने मानिसहरु हावि हुँने तथा सत्रुहरु सलबलाउँनेछन् । न्यालयसँग सम्बन्धित काम गर्दा ध्यान दिनुहोला अनाबस्यक मुद्दा मामिला आईलाग्नेछन् । अध्ययन तथा अध्यापनमा तपाई आफ्नै कारणले पछि पर्नु हुनेछ । खानपान तथा बाहिरि बाताबरणको ध्यान दिनुहोला स्वास्थ्य सम्बन्धि समस्या बढ्न सक्छ । माया प्रेममा सामान्य खटपट हुनेछ भने दाम्पत्य जीवनको गाठो फुस्कन सक्छ । सन्तान तथा छोराछोरि सँग पनि मनमुटाब बढ्नेछ ।

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू) सामाजिक काममा दिन बित्ने हुँदा मन प्रशन्न रहनेछ भने सबैले तपाईको क्षमताको कदर गर्नेछन् । आकस्मिक धन तथा सम्पति लाभ हुने योग रहेको छ भने आफुले मन पराएको मानिसबाट उपाहार प्राप्त हुँने हुँनाले मन प्रशन्न रहनेछ । व्यापार व्यावसायमा लगानि गरि सोचेजस्तो आम्दानि गर्न सकिनेछ । पढाई लेखाई अन्य दिन भन्दा सुधार हुने हुँनाले आफन्त हरु खुसि हुनेछन् । माया प्रेममा सामिप्यता बढेर जानेछ भने परिवार तथा आत्मिय मित्रमा साथ रमाईलो यात्रा हुँनेछ । सबैको सहयोग पाईने हुँनाले काम गर्न जोस जागर आउँनेछ ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) कृषि तथा पशुपालन व्यावसायबाट राम्रो आम्दानि हुँनेछ । समाजिक काममा समय दिनु पर्नेछ भने तपाईको काम देखि सबै खुसि हुनेछन् । सवारि साधनको व्यापार व्यावसायमा अलि बढि मेहनेत गर्दा भनेजस्तो नाँफा कमाउँन सकिनेछ । बिद्यामा सफलता प्राप्त गर्न अलि बढिनै मेहनेत गर्नु पर्नेछ । राजनिति तथा समाजसेवमा समय दिनेहरुका लागि समय मध्ययम रहेकोले जनतासँग सन्तुलित व्यबहार गर्नुहोला समर्थन नपाईन सक्छ । आमा तथा आफन्तबाट सकारात्मक सल्लाह तथा सुझाब पाईने हुँनाले सुधारात्मक काम गर्न सहयोग हुँनेछ ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी¬) वादबिवाद तथा प्रतिश्पर्धामा भाग नलिनुहोला अरुभन्दा पछि परिनेछ । अदालत तथा न्यायलयबाट हुँने न्यायिक निर्णयहरु तपाईको पक्षमा नहुँने हुँनाले मानशिक तनाब बढ्नेछ । खुट्टा तान्ने तथा कुरा काट्नेहरु सक्रिय रहनेछन् । दाजुभाई तथा छिमेकिसँग घरायसि कुरामा विवाद सिर्जना हुँन सक्छ ध्यान दिनुहोला । सामान्य स्वास्थ्य सम्बन्धि समस्या आउँने हुनाले दैनिक कामकाज गर्न गाह्रो हुँनेछ । पढाई लेखाईमा ध्यान नजादा अरु भन्दा पछि परिनेछ । माया प्रेममा धोमा हुँनेछ भने पति पत्नि सँग मनमुटाब बढ्न सक्छ ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) पछि सम्म आम्दानि हुँने व्यावसायमा लगानि बढाउन सकिनेछ । पारिवारका साथ रहेर मिष्टान्न भोजन गर्ने अवसर मिल्नेछ । व्यापार व्यावसायमा लगानि बढाई प्रशस्त आम्दानि गर्न सकिनेछ । बोलिको प्रभाव बढ्ने हुँदा बोलेकै भरमा कामहरु सम्पादन हुँनेछन् । कुटुम्बसँगको सम्बन्धमा सुमधुरता आउँनेछ । आफन्तबाट भनेजस्तो सहायोग पाईने हुँदा काम गर्न सहज हुँनेछ । खोज तथा अनुशन्धानको क्षेत्रमा खर्चियको समयबाट सकारात्मक नतिजा आउँने हुँनाले मन प्रशन्न हुँनेछ भने अध्यन तथा अध्यापनको क्षेत्रमा अरुभन्दा अगाडि बढि नतिजा आफ्नो पक्षमा पार्न सकिनेछ ।

मीन (दी दू थ झ ञ दे दो चा ची) माया प्रेममा सामान्य खटपट हुँनेछ भने दाम्पत्य जीवनमा सामान्य समस्या आउँन सक्छ । राजनिति तथा समाजसेवामा समय खर्चिनेहरुले सर्बसाधारणबाट भनेजस्तो समर्थन पाउँन सन्तुलित व्याबहार गर्नुपर्नेछ । काम बिग्रने हुँदा मान सम्मानमा आघात पुग्नेछ भने ईज्जत प्रतिष्ठामा दाग लाग्न सक्छ ध्यान लिनुहोला । साना तिना घरेलु समस्याले सताउँनेछ भने आफनो भन्दा अरुकै काममा समय बित्नेछ । दिनभरु ब्यस्त भए पनि न्यून पारिश्रमिकमा चित्त बुझाउनु पर्नेछ । आफन्त तथा सहयोगिको सल्लाह तथा सुझाबलाई बेवास्ता गर्दा दुख पाईनेछ ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा samacharpati@gmail.com मा पठाउनुहोला ।



प्रतिक्रिया लेख्नुहोस
सम्बन्धित