नवौं मिस पोखरा असोजमा, आवेदन खुल्ला

पोखरा, ३१ असार ।  नर्बौ संस्करणको मिस पोखरा असोजमा हुने भएको छ । युवातीहरुको अन्तरनिहीत क्षमता र प्रतिभा प्रस्फुटनको अवसर प्रदान गर्न पोखरा जेसीजले मिस पोखरा २०१७ असोजमा हुने शुक्रबार पत्रकार सम्मेलन गरी जानकारी दिएको छ । पोखरा जेसिसले मिस पोखरा २०१७ को लागि आवेदन खुल्ला गरेको समेत गरको पोखरा जेसिसका अध्यक्ष शिवप्रसाद कोइरालाले जानकारी दिए ।

प्रतियोगितमा भाग लिन १८ देखि २४ बर्ष उमेर समुहका ५ फिट ४ इन्च उचाई भएका अविवाहित युवतीले प्रतियोगिताको सहभागीताको फर्म भर्न सक्ने आयोजकले जनाएको छ । सुरुवाती चरणमा सहभागीताको आवेदन दिन कुनै शुल्क नलाग्ने कार्यक्रम संयोजक शिबप्रसाद सापकोटाले जानकारी दिए । सहभागीताको लागि आवेदन दिएका मध्येबाट छनौटमा परेका प्रतियोगिले भने निश्चित रकम तिर्नुपर्नेछ ।

सहभागीताको फर्म भरेका मध्येबाट छनौट गरी आगामी भदौ ६ गतेदेखि अभिमुखीकरण सहितको प्रशिक्षण कार्यक्रम सञ्चालन गरिने र फाइनल प्रतियोगिता असोज ५ गते पोखरा सभागृहमा हुने सापकोटाले बताए । प्रतियोगिताको लागि छनौटमा परेका सहभागीलाई ब्यक्तित्व तथा नेतृत्व विकास तालिम, अभ्यास, ऐतिहासिक, सास्कृतिक तथा पर्यटकिय स्थलहरुको अबलोकन समेत गराइने आयोजकले जनाएको छ ।

प्रतियोगिताको विजेताले मिस नेपालमा प्रवेश पाउने र स्कुटर सहितका अन्य पुरस्कार प्राप्त गर्ने आयोजकले जनाएको छ । प्रतियोगिताको नवौ संस्करणमा ३५ भन्दा बढीले सहभागीता जनाउने आयोजनकको अपेक्षा छ । प्रतियोगिता सम्पन्न गर्न २५ लाख खर्च लाग्ने र २९ लाख रुपैया आम्दानी गर्ने आयोजकको लक्ष्य रहेको छ ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा samacharpati@gmail.com मा पठाउनुहोला ।



प्रतिक्रिया लेख्नुहोस
सम्बन्धित