देशमा नागरिक समाजकाे भूमिका पहिचान गरि चुनाैतिकाे सामना र अवसरहरूकाे प्रवर्द्धन गर्नुपर्ने अावश्यकता

समाचारपाटी, पाेखरा, ३० असार ।
१९अाैं मानवअधिकार एलाइन्स स्थापना दिवसकाे सन्दर्भमा पाेखरामा लाेकतान्त्रिक राज्यमा नागरिक समाजकाे भुमिका : चुनाैतिकाे सामना र अवसरहरुकाे प्रवर्द्धन विषयक अन्तरकृयामा बाेल्ने वक्ताहरुले देशमा नागरिक समाजकाे भूमिका पहिचान गरि चुनाैतिकाे सामना र अवसरहरूकाे प्रवर्द्धन गर्नुपर्ने अावश्यकतामा जाेड दिएका छन् ।

कार्यक्रममा भएका कानुनकाे प्रभावकारी कार्यान्वन नभएकाे,  राजनितिमा अपराधिकरण, न्यायलयमा राजनितिकरण र मानवअधिकार लगायतका विषयलाई जाेडेर अधिवक्ता कमल प्रसाद अर्यालले प्रस्तुत गरेकाे कार्यपत्रमा वक्ताहरुले चर्चा गरेका थिए।

कार्यक्रममा वरिष्ठ मानवअधिकारकर्मी टेकनाथ बरालले अहिलेकाे परिस्थितिमा नागरिक समाजकाे भुमिका टतस्थ र निस्पक्ष हुनुपर्नेमा जाेड दिए । नागरिक समाजले अब नागरिककाे अवस्थालाइ ख्याल गरि अाफ्ना एजेण्जा तय गर्नुपर्ने र निरन्तर सुसाशनकाे लागि खवरदाी गरिरहनुपर्ने बताउनुभयाे ।

सने अबसरमा बाेल्दै मानवअिधकार एलायन्सका केन्द्रीय सचिव गाेविन्द पहाडीले अहिले पनि राज्यकाे ढुकुटी सक्न विभिन्न  कृयाकलाप भइरहेकाे भन्दै यस्ता विषय नागरिकलाइ जानकारी गराएर अान्दोलन गर्नुपर्ने अावश्यकता अाैल्याए। उनले अब नागरिक समाजले अार्थिक अधिकार र जनजिविकाकाे विषयमा अावाज उठाउनुपर्ने, स्थानिय निकायमा अाएकाे अधिकारलाइ नवनिर्वाचित जनप्रतिनिधिले कसरी दिन्छन् भन्ने विषयमा नागरिक समाज सचेत वन्नुपर्ने विषयमा जाेड दिए ।

कार्यक्रममा कास्की जिल्ला  बार एशाेसियशनका साेम बहादुर श्रेष्ठ, राष्ट्रिय मानव अधिकार अायाेगका माेहन काफ्ले, इन्सेक पश्चिमाञ्चल  संयाेजक शिव खकुरेल, गैर सरकारी संस्था महासंघका रामप्रसाद  सुवेदी लगायतले बाेलेका थिए ।

कार्यक्रम मानवअधिकार एलायन्स कास्की र शान्तिका लागि नागरिक समाजकाे सञ्जालकाे संयुक्तरूपमा अायाेजना भएकाे थियाे ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा samacharpati@gmail.com मा पठाउनुहोला ।



प्रतिक्रिया लेख्नुहोस
सम्बन्धित