पत्याउन गाह्रो पर्ला तर साँचो हो ! हेर्नुहोस मृत्यु भइसकेकी आमाले यसरी जन्माइन् जुम्ल्याहा सन्तान !!

मृत्यु भइसकेकी आमाले जुम्ल्याहा बच्चा जन्माइन् भन्दा झट्ट यो ससम्भव कुरा भन्ने सबैको दिमागमा आउँछ । तर दक्षिणी ब्राजिलकी सिल्भा पेडिल्हा नाम महिलाको मृत्यु हुन । अघि उनको गर्भमा रहेका जुम्ल्याहा बच्चालाई आमाको मृत्यु भएको १ सय २३ दिनपछि सफल तरिकाले जन्माउन चिकित्सकहरु सफल भएका छन् ।

सन् २०१६ को अक्टोबरमा ब्रेन स्ट्रोक भएसँगै मस्तिष्कको मृत्यु भएपछि सिल्भाको शवलाई भेन्टिलेटरमा राखेर उनको ग गर्भमा रहेको ९ हप्ताको भ्रुणलाई हुर्काउँदै गएको डेलिमेलले लेखेको छ ।

चामत्कारिक रुपमा उनको गर्भाशयमा बच्चाहरु हुर्किरहे र अन्ततः शल्यक्रिया गरी जुम्ल्याहा बच्चा जन्मापछि श्रीमती गुमाएका सिल्भाका पति निकै नै प्रफुल्लित देखिएका छन् । मृत श्रीमतीको कोखबाट १ सय २३ दिनपछि अर्थात ९ महिना पूरा भएसँगै डाक्टरहरुले शल्यक्रिया गरी उनको पेटबाट जुम्ल्याहा बच्चा निकाले । जसमा एक छोरा र एक छोरी थिए ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा samacharpati@gmail.com मा पठाउनुहोला ।



प्रतिक्रिया लेख्नुहोस
सम्बन्धित