पश्चिम क्षेत्रअन्तर्गत घटेका घटना तथा प्रहरी गतिविधिहरु

कास्की : अन्तरक्रिया एवं एक महिने कार्ययोजनाको समुदघाटन कार्यक्रम समपन्न

पछिल्लो समय विविध कारणहरुले सवारी दुर्घटनाहरु बढीरहेका छन भने त्यसबाट ठुलो मात्रामा जनधनको क्षती पनी भईरहेको छ। यसको रोकथामका लागी विभिन्न सरोकारवाला निकायहरु समेत विविध नीति र कार्ययोजनाका साथ लागी परीरहेका छन । यसै क्रममा कास्की जिल्लामा बढ्दो सवारी दुर्घटनालाई नियन्त्रण गर्ने उदेश्यले जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीको आयोजना एवं पत्रकार महासँघ कास्कीको समन्वयमा यही असाढ २८ गते ट्राफिक व्यवस्थापनमा सञ्चारकर्मीको भुमिका विषयक एक अन्तरक्रिया कार्यक्रम साथै जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीको एक महिने कार्ययोजनाको समेत उद्धघाटन गरीएको छ।

उक्त एक महिने कार्ययोजनाको उद्धघाटन गर्नुहुदै कार्यक्रमका प्रमुख अतिथी अञ्चल प्रहरी कार्यालय गण्डकीका प्रमुख प्रहरी वरीष्ठ उपरीक्षक विस्णुहरी गौतमले सवारी दुर्घटना नै राष्ट्रको प्रमुख चुनौतीको रुपमा बढ्दै गईरहेकाले यस्ता नीति तथा कार्ययोजनाहरुले यसको रोकथामका लागी उल्लेखनिय भुमिका खेल्ने कुरामा आफु विस्वस्त रहेको रहेको बताउनु भएको छ । साथै सेतो बेल्ट र टोपी लगाएर सडकमा उभिने ट्राफिक प्रहरीले मात्रै कुनैपनी स्थानको ट्राफिक व्यवस्थापन गर्न नसक्ने भएकाले सरोकारवाला निकायहरुको पनी यसमा उक्तीकै भुमिका रहने समेत बताउनु भएको छ ।

त्यसैक्रममा जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी निरीक्षक विश्वराज अधिकारीले कास्कीको ट्राफिक व्यवस्थापनका लागी हालसम्म गरेका प्रयासहरुको बारेमा बताउदै स्मार्ट ट्राफिक आईल्यान्ड निर्माण गरीएको , पावर हेलरको सञ्चालन गरीएको , हालसालै विभिन्न स्थानमा जेब्राक्रसीङहरु बनाईएको साथै मादक पदार्थ सेवन गरी सवारी साधन चलाउनेहरुलाई कडा भन्दा कडा कारवाही गर्ने गरेको लगायतका प्रयासहरुको बारेमा बताउनु भएको छ । साथै उहाँले यहि श्रावण १ गतेदेखी कास्की जिल्लामा लागु हुनेगरी १ महिने विशेष कार्ययोजनाको सम्पुर्ण तयारी समेत भैसकेको बताउदै उक्त कार्ययोजना अन्तर्गत गरीने विभिन्न जनमुखी गतिविधिहरुको बिषयमा प्रष्ट पार्नु भएको छ ।

उक्त कार्ययोजना अन्तर्गत जनचेतनाका लागी ट्राफिक स्वयमसेवकहरु राखिने, विभिन्न सचेतनामुलक कार्यक्रमहरुलाई तिब्रता दिईने , वृहत रुपमा पर्चा पम्पलेटहरुको वितरण गरीने साथै पोखराका विभिन्न स्थानहरुलाई हर्न निषेध क्षेत्र घोषणा गरीने र त्यसको पालना भए नभएको पुर्णरुपमा अवलोकन गरीने बताउदै उक्त कार्ययोजनाको सफलताका लागी सम्पुर्ण सञ्चारकर्मी साथै अन्य सरोकारवाला निकायहरुसंग पुर्ण सहयोगको अपेक्षा समेत गरीएको बताउनु भएको छ ।

पत्रकार महासंघ कास्कीको सभाहलमा सम्पन्न भएको उक्त कार्यक्रममा कास्की स्थीत विभिन्न सरोकारवाला निकायहरु ,वुद्धीजिवी ,नागरीक समाजका प्रतीनिधी एवं पत्रकारहरुको उपस्थिती रहेको थियो ।

लमजुङ : अवरोध भएको बाटो खुलाईएको
मिति २०७४/०३/२८ गते ०८:३० बजेको समयमा जिल्ला लमजुङ बेशिसहर नगरपालिका ६ खरखरे भिर स्थित बेसुशहर(मनाङ सडक खण्डमा राति परेको अविरल बर्षाको कारण माथिबाट पहिरो आई बाटोपुर्ण रुपमा अबरोध भएको छ । उक्त खबर प्राप्त हुनासाथ तत्काल प्रहररि टोली खटिगई डोजरसंग समन्वय गरी बाटो खुलाउने प्रयास भईरहेको छ ।

नवलपरासी :  ढुङगा मुडा प्रहार पश्चात आकस्मीक सेवा बन्द गरिएको
मिति २०७४/०३/२७ गते अन्दाजी १८:१५ बजेको समयमा जिल्ला नवलपरासी रामग्राम नगरपालिका १ सौवाटिकर बस्ने वर्ष २०/२२ को रामु हरिजन खेतमा घोङ्गी टिप्न गएको र घर फर्के पश्वात अचानक बेहोस भई उपचारको लागि पृथ्वी चन्द्र अस्पताल परासी ल्याईएकोमा डाक्टरले बाटो मानै उनको मृत्यु भईसकेको भनि मृत घोषणा गरेको विषयलाई लिई मृतकका आफन्तहरुले डाक्टरको लापरवहीको कारण मृत्यु भएको भनी अस्पातालमा ढुङगा मुडा प्रहार गर्दा उक्त स्थानमा सुरक्षार्थ खटिएका प्रहरी जवान दिपचन्द्र वारी समेत घाईते भएका छन ।

उक्त विषयलाई लिई अस्पताल प्रशासनले आफुहरुको पुर्ण सुरक्षाको माग गर्दै राती १२:३० बजे वाट अस्पतालको अकास्मीक सेवा लगाएत अन्य सबै सेवाहरु बन्द गरेको छ । उक्त स्थानमा प्रहरी टोली खटिगई अन्य समन्वय भईरहेको छ ।

बाग्लुङ :सवारी दुर्घटनामा १ वालिका घाइते
मिति २०७४/०३/२८ गते अन्दाजी ०९:३० बजेको समयमा जिल्ला बाग्लुङ बागलुङ नगरपालिका-४ उपल्लो चौरमा ध १ प ५८७८ नम्बरको मोटरसाईकलले जिल्ला दाङ घर भइ सोहि स्थानमा डेरा गरी बस्ने रबिना डाँगीको छोरी वर्ष ०७ कि बिनिता डाँगीलाइ ठक्कर दिदा उनी घाईते भएकी छिन । घाईते भएकी उनको अञ्चल अस्पताल धवलागिरीमा उपचार भइरहेको छ । उक्त विषयमा खबर प्राप्त हुनासाथ तत्काल प्रहरी टोली खटिगई मोटरसाईकल चालकलाई नियन्त्रणमा लिईएको छ ।

रुपन्देही : २ वटा लाश फेला परेको
मिति २०७४/०३/२८ गते अन्दाजी १३:३० बजेको समयमा जिल्ला रुपन्देही सियारि गाँउपालिका २ सितापुर स्थित तिनाउ नदिको किनारमा अन्दाजी ३०/३५ वर्षको पुरुष ब्यक्ति र अन्दाजी ४०/४५ वर्षकि महिलाको अन्दाजी ३०० मिटरको अन्तरमा लास फेला परेको छ । उक्त विषयमा खबर प्राप्त हुनासाथ तत्काल प्रहरी टोली खटिगई अनुसन्धान गर्दा उक्त दुवै लाश सडीगली सकेको पाईएको छ । प्रहरीद्धारा उक्त लाशहरुको पहिचान गर्ने कार्य जारीरहेको छ ।

कपिलवस्तु : जङगली च्याउ खाँदा बेहोस
मिति २०७४/०३/२८ गते अन्दाजी ११:०० बजे जिल्ला कपिलवस्तु बाणगंगा नगरपालीका-१० बस्ने ५२ वर्षिय घोलही थारु र निजको छोरा १५ वर्षिय अशोक थारु जङलबाट ल्याएको च्याउ खाँदा १३स्४५ बजे अचानक बमिट गरी वेहोस भएका छन । बेहोस भएका उनिहरुलाई उपचारका लागी बुटवल तर्फ पठाईएको छ । घटनास्थलमा तत्काल प्रहरी टोली खटिगई थप अनुसन्धान भईरहेको छ ।

तनहुँ : बन्दुकको छर्राले लागेर घाईते
मिति ०७४/३/२८ गते ०८:०० बजेको समयमा जिल्ला तनहुं रिसिङ गाँउपालिका – २ खाल भञ्ज्याङ बस्ने वर्ष ४५ को खुमराज थापा मगर आफ्नै घर नजिक को जङगल तर्फ गईरहेको अवस्थामा भरुवा बन्दुक पड्कीन जादा छर्राले लागि घाइते भएका छन । घाईते भएका उनलाई उपचारका लागी मणिपाल अस्पताल पोखरामा ल्याईएको छ । घटनास्थलमा तत्काल प्रहरी टोली खटिगई घटनाका विषयमा थप अनुसन्धान भईरहेको छ ।

कास्की :नारा जुलुश कार्यक्रम समपन्न
मिति २०७४/३/२८ गते अन्दाजी १२:१० बजेको समयमा जिल्ला कास्की पोखरा लेखनाथ महानगरपालिका – ९ सस्तो बजार स्थित संर्घष समितिका अध्यक्ष केश ब भुजेलको नेतृत्वमा अन्दाजी १२० देखी १५० जनाको संख्यामा भेला जम्मा भई सस्तो बजार बाट पृथ्बि चोक, सभा गृह चोक , न्यरोड हुदै पोखरा लेखनाथ महानगरपालिका कार्यालय तर्फ गरि खान देउ भन्ने नाराका साथ जुलुश कार्यक्रम समपन्न गररिएको छ । उक्त स्थानमा वडा प्रहरी कार्यालय वैदामबाट प्रहरी टोली खटिई गएको छ।

तनहुँ : सवारी दुर्घटनामा परी १ घाईते
मिति ०७४/३/२८ गते १४:०० बजेको समयमा जिल्ला तनहुँ आबुखैरेनी गाँउपालिका-३ मार्की चोक स्थित पृथ्वी राजमार्गमा डुम्रेबाट आबुखैरेनी तर्फ आउदै गरेको ना.४ ख ८६३७ नम्बरको बसले बिपरित दिशाबाट जादै गरेको ग ११प ८ नम्वरको मोटरसाईकललाई ठक्कर दिदा मोटरसाईकल चालक जिल्ला तनहुँ आवुखैरेनी -२ नारीघाट बस्ने वर्ष अन्दाजी २४/२५ को बिनोद गुरुङ घाइते भएका छन ।

घाईते भएका उनलाई उपचारका लागी स्थानिय छिम्केश्चरी अस्पताल आबुखैरेनी पठाइएकोमा १४:२५ बजे थप उपचारको लागि काठमाण्डौ रिफर गरिएको छ । घटनास्थलमा तत्काल प्रहरी टोली खटिगई उक्त ठक्कर दिने बस चालकलाई नियन्त्रणमा लिईएको छ ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा samacharpati@gmail.com मा पठाउनुहोला ।



प्रतिक्रिया लेख्नुहोस
सम्बन्धित