मध्यपुरथिमि नगरको प्रमुख प्राथमिकतामा खानेपानी योजना

समाचारपाटी, भक्तपुर, २८ असार । मध्यपुरथिमि नगरपालिकाका नगरप्रमुख मदनसुन्दर श्रेष्ठले नगर क्षेत्रको समग्र विकासका लागी जारी नगरपरिषद्ले उचित नीति तथा कार्यक्रमका साथै योजना तर्जुमा र बजेट विनियोजन गर्ने तयारी गरिरहेको बताउनु भएको छ । रफत सञ्चार क्लबले आज गरेको साक्षात्कार कार्यक्रममा बोल्दै नगरप्रमुख श्रेष्ठले नगरपालिकाले मध्यपुरथिमि क्षेत्रको खानेपानी, शिक्षा, स्वास्थ्य र पर्यटन विकासलाई प्रमुख प्राथमिकतामा राखेको बताउनुभयो ।

नगर क्षेत्रको समग्र विकासका लागि गएका बर्षको तुलनामा ३ गुणाबढी बजेट विनियोजन गर्ने बताउँदै उहाँले ३० गते नगरपरिषद् समापनका दिन विनियोजन बजेट सार्वजनिक गरिने जानकारी दिनुभयो ।

मध्यपुरथिमिमा नक्सापास र भवन निर्माणका साथै यस क्षेत्रका नागरिकलाई करको दायरामा ल्याउने काम एकदमै चुनौती रहेको भएपनि यसको कार्यान्वयनका लागि नगरपालिका लागि परेको उहाँले बताउनुभयो । उहाँले मध्यपुरथिमी नगरपालिका क्षेत्रमा अहिलेसम्म २० प्रतिशत नागरिक मात्रै करको दायरामा आएको जानकारी दिनुभयो ।

यस नगरमा अझै ८० प्रतिशत नागरिक करको दायरामा आउन सकेका छैनन् ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा samacharpati@gmail.com मा पठाउनुहोला ।



प्रतिक्रिया लेख्नुहोस
सम्बन्धित