नेपाल पत्रकार महासंघ कास्कीमा मिडिया सेन्टर स्थापना

समाचारपाटी, पोखरा, २८ असार । नेपाल पत्रकार महासंघ कास्की शाखामा मिडिया सेन्टरको स्थापना गरिएको छ । पोखरा लेखनाथ महानगरपालिकाको आर्थीक सहयोगमा उक्त सेन्टरको स्थापना गरिएको महासंघका अध्यक्ष दिपेन्द्र श्रेष्ठले जानकारी दिनुभयो ।

करिब आठ लाखको लागतमा स्थापना गरिएको उक्त सेन्टरमा नौ थान कम्युटरहरु रहेका छन् । पोखरामा क्रियाशिल श्रमजिवि पत्रकारहरुलाई सुचना प्रवाहमा सहयोग पुगोस् भन्ने हेतुले महासंघको कार्यालयमा नै मिडिया सेन्टरको स्थापना गरिएको अध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो ।

मिडिया सेन्टरको उद्धघाटन गर्दै पोखरा लेखनाथ महानगरपालिका कार्यालयका प्रमुख मान बहादुर जिसिले महासंघको संस्थागत विकासमा आवाश्यक सहयोग गर्न महानगर तत्पर रहेको प्रतिवद्धता व्यक्त गर्नुभयो । तर, यसका लागी उपयुक्त कार्ययोजना आवाश्यक रहने उहाँले उल्लेख गर्नुभयो ।

कास्कीका प्रमुख जिल्ला अधिकारी तारानाथ अधिकारीले प्रेस सदैव दवाव, प्रभाव र पुर्वाग्रहबाट टाढै हुनु पर्नेमा जोड दिएका छन् । प्रेस स्वतन्त्रताका सेनानी कुशुम केशव पराजुलिले मिडिया सेन्टर संचालनको उपयुक्त कार्यविधि बनाउन सुझाव दिएका छन् । महासंघका पुर्व अध्यक्ष बद्रिविनोद प्रतिककले संस्थागत विकासमा जोड दिएका छन् । पुर्व अध्यक्ष पुण्य पौडेलले प्रेस स्वतन्त्रता संकटमा परेको प्रति चिन्ता व्यक्त गरेका छन् ।

गोर्खा पत्र संस्थानका नवराज सुवेदी सुरुवाती उर्जालाई थप प्रभावकारी बनाउन सुझाव दिएका छन् । वरिष्ठ पत्रकार नारायण कार्कीले पत्रकार महासंघ सवैको साझा संस्था भएकाले माग्ने भनि टिप्पणी गर्नु कुनै औचित्य नरहने तर्क गरेका छन् । नेपाल पत्रकार महासंघ कास्की शाखाका सल्हाकार रमेश पौडेलले संस्था मागेर चलाउनु पर्ने आवाश्यकता नरेहेको स्पष्ट पारेका छन् ।

प्रेसचौतारीका कास्कीका अध्यक्ष माधव बरालले यसको सुरुवात नै खुसी भएकाले विस्तारै विस्तार गर्दै जानु पर्ने सुझाव दिएका छन् । प्रेस सेन्टर कास्कीका कार्यवाहक अध्यक्ष सेन्देस श्रेष्ठ भन्छन्, व्यवस्थापन सहितको निरन्तर संचालनको अभाव महसुस हुुनु हुदैन् । प्रेस सोसाईटी नेपालका केन्द्रिय सदस्य अमृत सुवेदी यसको सदुपयोग होस् भनेका छन् ।

नेपाल पत्रकार महासंघ कास्की शाखाद्धारा स्थापित उक्त सेन्टर संचालनको निरन्तरतामा फोनिज कास्कीका अध्यक्ष एमवि आस्थाले जोड दिएका छन् । खेलकुद पत्रकार मंच कास्कीका अध्यक्ष केशव पाठकले भने यसको क्षमता वृद्धि गर्नु पर्ने बताएका छन् ।

पोखरा उद्योग वाणीज्य संघका अध्यक्ष विश्व शंकर पालिखेले संस्था मागेर मात्र नचल्ने भन्दै सचेत गराएका छन् । यसअघि महासंघको नवौ महाधिवेसन ताका अध्यक्ष दिपेन्द्र श्रेष्ठ मिडिया सेन्टर स्थापनालाई आफ्नो मुख्य एजेण्डा बनाएका थिए ।

तर, स्थापना गरिए पनि व्यवस्थित र दिगो संचालनका संबन्धमा कयौन शंकाहरु गरिएका छन् ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा samacharpati@gmail.com मा पठाउनुहोला ।



प्रतिक्रिया लेख्नुहोस
सम्बन्धित