बेपत्ता खोज्न जाँदा प्रहरीका जवानलाइ पनि छोडेन हर्पन खोलाले !! हेर्नुहोस हर्पन खोलोको यस्तो तमासा

सोमवार माछा मार्ने क्रममा हर्पन खोलामा डुवेका युवाको खोजीमा गएको प्रहरी टोलीका एक सदस्यको ज्यान गएको छ । मंगलवार विहान बेपत्ता युवाको शब देखेपछि निकाल्न खोलामा पसेका प्रहरी जवानको डुवेर ज्यान गएको हो ।

पश्चिम क्षेत्रीय प्रहरी कार्यालय अन्तर्गत रेस्क्यु टिमका सदस्य प्रहरी जवान बल बहादुर कुवँरको डुवेर ज्यान गएको हो । सोमवार खोलामा डुवेर बेपत्ता मध्ये पोखरा ३ नदिपुरका ललित पुनको शब देखेपछि निकाल्न खोलामा पसेका कुँवर आफै डुवेका थिए । खोजीका क्रममा सुरुमा खोलामा पसेका उनले खोलाको पिँधमा शब देखेपछि पानीको सतहमा आएर उद्धारमा संलग्न अन्यलाई जानकारी गराई पुन डुवेका थिए ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा samacharpati@gmail.com मा पठाउनुहोला ।



प्रतिक्रिया लेख्नुहोस
सम्बन्धित