सडकबाटै सिंचाईको पानी बग्दा दिनहुँ दुर्घटना

राजु गिरी, पोखरा, २६ असार । पोखरालेखनाथ ५ स्थित जिरो किमी चोकभन्दा करिब ५० मिटर पूर्व रहेको सिंचाईको कुलो मर्मत नहुँदा कुलो माथि रहेको सडकमा दिनहु जसो साना ठुला दुर्घटना हुने गरेको स्थानियले बताउदै आएका छन् । सडकको मुनीबाट गएको सिंचाईको पाएप सानो तथा मर्मत नहुँदा पानी ठेलिएर बाटोको माथिबाट पानी बग्ने हुदाँ दुर्घटना बढेको हो ।

विगत लामो समयदेखि सडकको धुलो खेप्दै आएका जिरो किमीका वासिन्दाले केही महिनादेखि सिंचाई कुलोको निकासका लागि संवन्धित कार्यालयमा सम्पर्क गरि कार्य अगाडी बढाउदै आएका थिए तर सडक डिभिजन कार्यालयको हेलचक्र्याईका कारण मर्मत कार्य सम्पन्न गर्न नसकिएको समन्वयकर्ता तथा वडा नागरिक मञ्चका अध्यक्ष बसन्त गिरीले बताए । अरु कार्यालयबाट हुने कार्य नरोकिएको तर सडक डिभिजनबाट सडकको दायाँ र बायाँ खन्ने कार्य रोकिएकाले सम्पन्न हुन नसकेको विभिन्न संघसंस्था तथा स्थानिय वासिन्दाको भनाई छ ।

सोमबार विभिन्न संघ संस्था तथा त्यहाँका वासिन्दा जानकारी दिन जाने क्रममा सडक डिभिजन कार्यालयका प्रमुख प्रेम प्रकाश खत्रीले अवको एक दुई दिनमै कार्य अगाडी बढ्ने प्रतिवद्धता व्यक्त गरेका छन् । पोखरालेखनाथ महानगरपालिका वडा नं. ५ का अध्यक्ष धनबहादुर नेपाली, वडा नागरिक मञ्च ५ का अध्यक्ष बसन्त गिरी, वडा महिला समन्वय समिति ५ की अध्यक्ष कालिका थापा, अभियान युवा क्लबका अध्यक्ष मोहन बहादुर केसी, तयाः मचाः समिति ५ का अध्यक्ष विष्णु बाटाजु, नन्द किशोर टोविसका अध्यक्ष गोपाल थापालगाएत बुद्धिजिवि तथा स्थानियको छलफलमा सडक डिभिजन प्रमुख खत्रीले उक्त प्रतिवद्धता व्यक्त गरेका हुन् ।

सिंचाई कुलोको पानी कुलोबाट नबगी कुलो थुनिएर छेउबाट बगेका कारण कुलो नजिकका जमिन भासिने डर भएको स्थानिय बताउँछन् । पानी परेको समयमा कुलोको पानी बाटोबाटै बग्ने हुदा दुर्घटना बढेको र बाटो काट्न समेत समस्या भएको सन्चो मेडीकलका प्रोपाईटर कृष्ण पाण्डेले बताए । विगत केही समयदेखि कार्यालयमा जानकारी दिदाँपनि सुनुवाई नभएको र अवपनि कार्य अगाडी नबढेमा कडा रुपमा उत्रने स्थानियले बताएका छन् ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा samacharpati@gmail.com मा पठाउनुहोला ।



प्रतिक्रिया लेख्नुहोस
सम्बन्धित