‘अर्थतन्त्रमा महिला उद्यमीहरुको महत्वपूर्ण भूमिका’

पोखरा, २६ असार । नेपालको अर्थतन्त्रमा महिला उद्यमीहरुको भूमिका तथा नेपाली महिला उद्यमीहरुको प्रवद्र्धन सम्बन्धी राष्ट्रिय अन्तरक्रिया कार्यक्रम भएको छ । नेपाल उद्योग वाणिज्य महासंघ महिला उद्यमी विकास समिति र मकवानपुर उद्योग वाणिज्य संघको आयोजनामा हालै कार्यक्रम भएको हो । कार्यक्रममा महासंघका महासचिव सुरेशमान श्रेष्ठ र निर्देशक मीना श्रेष्ठले कार्यपत्र प्रस्तुत गरेका थिए ।

कार्यक्रममा देशभरबाट प्रत्येक उद्योग वाणिज्य संघका २÷२ जना महिला उद्यमी सहभागी थिए । अन्तरक्रिया कार्यक्रम तथा भेलाबाट ३७ बुँदे प्रतिबद्धता पत्र सार्वजनिक गरिएको छ । मुलुकको आर्थिक क्रान्तिमा महिलाको समान सहभागिता सुनिश्चित गर्दै आर्थिक रुपमा आन्मनिर्भर बनाउन महिला उद्यमशीलताको विकास अनिवार्य भएकाले त्यस सम्बन्धी कार्यक्रम गर्ने प्रतिबद्धता पत्रमा उल्लेख छ ।

महासंघका केन्द्रीय सदस्य तथा समितिका अध्यक्ष कमला श्रेष्ठको अध्यक्षतामा आयोजित अन्तरक्रिया पछि समितिलाई नेपालभर महिला उद्यमशीलताको विकासको काममा सक्रिय बनाउने निर्णय गरिएको प्रतिबद्धता पत्रमा उल्लेख छ । महिला उद्यमीलाई विभिन्न प्रकारका एडभान्स तालिमहरु सञ्चालन गर्ने निर्णय भएको श्रेष्ठले जानकारी दिइन् । भारतमा बेचिएर उद्धार भएकी नेपालगञ्जकी एक महिलालाई उद्यममा स्थापित गर्नका लागि ५ लाख रुपैयाँ सहयोग गर्ने निर्णय भएको उनले बताइन् ।

एक जना महिला उद्यमीलाई एडभान्स तालिमका लागि विदेशमा पठाउने निर्णय भएको समितिका आमन्त्रिक सदस्य तथा पोखरा उद्योग वाणिज्य संघ महिला उद्यमी विकास समितिका संयोजक सीता बरालले जानकारी दिइन् । कार्यक्रममा महासंघका केन्द्रीय सदस्य हेमराज ढकाल, आकाश अधिकारी, रविन कुमार श्रेष्ठ, अरुण सुमार्गी, मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष राजकुमार न्यौपाने लगायतले उत्पादनमुलुक क्षेत्रमा महिलाहरु जागरुक भएर लाग्नुपर्ने बताएका थिए ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा samacharpati@gmail.com मा पठाउनुहोला ।



प्रतिक्रिया लेख्नुहोस
सम्बन्धित