आजको राशिफल २०७४ असार २६ गते सोमबार, Today’s Horoscope, July 10

आजको राशिफल
बि.स.२०७४ आषाड २६ गते । सोमबार । ईश्वी सन् २०१७ जुलाई १० तारिख । नेपाल सम्बत् १९३७ । साधारण संवत्सर । उत्तरयण । ग्रीष्म ऋतु । श्रीशाके १९३९ । श्रावण कृष्ण पक्ष । तिथि प्रतिपदा,१३ घडी १३ पला, बिहान १० बजेर ३३ मिनेट उप्रान्त द्धितिया । नक्षत्र उत्तरषाडा ३४ घडी २९ पला, बेलुका ७ बजेर ०४ मिनेट उप्रान्त श्रवण ।

काठमाडौंमा सूर्योदय ०५ बजेर १७ मिनेट, सूर्यास्त बेलुका ०७ बजेर ०१ मिनेट जादा । दिनमान ३४ घडी २० पला ।

मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) परिवारजनको सहयोगले महत्वपुर्ण कामहरु बन्नेहुँनाले आर्थिक अवस्था सुदृड हुँनेछ । पढाई लेखाईमा प्रतिश्पर्धिहरु भन्दा निकैनै अगाढि बडि पुरस्कार तथा प्रशंसापत्र जित्न सकिनेछ । साथिभाई तथा शुभचिन्तक हरुको साथ तथा समर्थन रहने हुँनाले दैनिक कामहरु गर्न सहज हुँनेछ । सम्मानित काम गरि सबैको मन जित्न सकिनेछ भने व्यापार व्यावसायमा प्रसश्त आम्दानि गर्न सकिनेछ । नयाँ काम पाउँने तथा गरिरहेको काममा बढुवा हुँने योग रहेको छ । पारिवारिक माहोलमा भेला भई मिष्टान्न भोजन ग्रहण गर्न सकिनेछ । बिवाद तथा प्रतिष्ठाको लडाईमा तपाईको जित निश्चित हुँनेछ ।

बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वा) माया प्रेममा रमाउँन चाहनेहरुका लागि समयले साथ दिनेछ भने पारिवारिक सम्मन्धमा सुभार भएर जानेछ । राजनिति तथा समाजसेवामा जनताको काम गरि नाम तथा दाम कमाउँन सकिनेछ भने प्रशासनिक क्षेत्रमा तपाईकै बर्चश्व कायम रहनेछ । धार्मिक स्थल तथा तिर्थ यात्राको अधिक सम्भावना रहेकोछ । नयाँ योजना बनाएर सार्वजनिक गरि लागु गराएर दैनिकि फेर्न सकिनेछ । खोज तथा अनुशन्धानमा झुकाव बढ्ने हुँनाले सकारात्मक नतिजा ल्याउँन सकिनेछ । शिक्षा तथा पर्यटन व्यावसायलाई समय सापेक्ष आधुनिकिकरण गरि मनग्गे लाभ लिन सकिनेछ ।

मिथुन (का,की,कू ,घ, ङ, छ ,के,को, हा) व्यापापार व्यावसाय खस्केर जाने हुँनाले तत्कालका लागि कुनै योजना बनाएर लगानि गर्ने सोचमा हुनुहुन्छ भने थाति राख्नु होला घाटा लाग्ने योग रहेकोछ । ऋण,रोग तथा सत्रुको सामना गर्नुपर्दा दैनिक कामहरु प्रभावित हुँनेछन् । प्रेम सम्बन्धमा मनमुटावको अवस्था सिर्जना हुँनेछ भने पति पत्निबिच अबिश्वास पैदा हुँन सक्छ ध्यान दिनुहोला । भौतिक सम्पति तथा सवारि साधनको प्रयोग गर्दा ख्याल गर्नुहोला अप्रीय घट्ना नघट्ला भन्न सकिन्न । घर परिवार बिषेश गरि दिदिबहिनीहरु सँगको सम्बन्धमा आउँने वैचारिक द्वन्द्धले उतारचडाव ल्याउँनेछ । अरुकै काममा समय बित्नेहुँदा पढाई लेखाई प्रभावित हुँनेछ ।

कर्कट (ही, हू ,हे, हो, डा, डी, डु, डे, डो) रमाईलो यात्राको तय हुँने तथा व्यापारबाट मनग्गे नाँफा कमाउँन सकिनेछ । दाम्पत्य जीवनमा एक अर्कालाई सहयोग गर्दै अगि बढ्न सकिनेछ भने माया प्रेम गर्नेहरुले आफ्नो मन परेको मान्छेसँग बसेर समय ब्यातित गर्दा खुसि भएको महशुस गर्नेछन् । अध्ययन अध्यापनमा अरुलाई पछि पार्दै पुरस्कार तथा प्रशंसा पत्र जित्न सकिनेछ । स्वास्थ्य आफ्नै काबुमा रहने हुँनाले नयाँ नयाँ काम गर्ने जोस जागर बढेर आउँनेछ । धेरै कामहरु बन्नाले आर्थिक क्षेत्र सबल बन्नेछ भने डाहा तथा तपाईको नराम्रो सोच्नेहरु हार खानेछन् ।

सिहं (मा, मी, मू ,मे,मो, टा, टी, टू ,टे) व्यापार व्यावसायमा प्रशस्त नाँफा कमाउँन सकिनेछ भने व्यावसायमा लगानि बढाई आम्दानिका स्रोतहरु बढाउँन सकिनेछ । माया प्रेममा सामिप्यता बढ्नेछ भने पति पत्नि बिच मायाको डोरो कसिलो भएर जानेछ । पुरानो रोग तथा समस्याहरु स्वत ठिक भएर जानेछन् । मामा तथा मावलिबाट तपाईको काममा सहयोग हुँनेछ भने परिवारका आवस्यक्ताहरु पुरा गर्न सकिनेछ । अदालत तथा न्यालयबाट हुँने न्यायिक निर्णयहरु तपाई आफ्नै पक्षमा हुँनेछन् । पढाई लेखाईमा अरुभन्दा अग्र पंतिमा तपाईको नाम आउँने तथा बिजयको योग रहेकोछ ।

कन्या (टो,पा,पी,पू ,ष,ण,ठ,पे,पो) माया प्रेममा सामिप्यता बढेर जानेछ भने परिवार तथा आत्मिय मित्रमा साथ रमाईलो यात्रा हुँनेछ । सबैको सहयोग पाईने हुँनाले काम गर्न जोस जागर आउँनेछ । सामाजिक काममा दिन बित्ने हुँदा मन प्रशन्न रहनेछ भने सबैले तपाईको क्षमताको कदर गर्नेछन् । आकस्मिक धन तथा सम्पति लाभ हुने योग रहेको छ भने आफुले मन पराएको मानिसबाट उपाहार प्राप्त हुँने हुँनाले मन प्रशन्न रहनेछ । व्यापार व्यावसायमा लगानि गरि सोचेजस्तो आम्दानि गर्न सकिनेछ । पढाई लेखाई अन्य दिन भन्दा सुधार हुने हुँनाले आफन्त हरु खुसि हुनेछन् ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते¬) कृषि तथा पशुपालनमा गरिएको लगानिबाट मनग्गे आम्दानि हुँनेछ । काम तथा अध्ययनको सवालमा आमा तथा आफन्तबाट छुट्टिएर यात्राको तय गर्नुपर्दा मन खिन्न हुँनेछ । घर जग्गा तथा सवारि साधनको खरिद बिक्रिबाट भनेजस्तो नाँफा कमाउँन सकिनेछ । माया प्रेममा आजको दिन टाडै रहनुनै बेश हुँनेछ नजिकिदा मनमुटाव हुँनेछ । आफ्नो भन्दानि सामाजिक काममा समय बित्नेछ भने राजनिति तथा समाजसेविहरुले जनताको खासै समर्थन रहनेछैन । अरुको काम गरि प्रसन्न हुँने समय रहेको छ । अरुकै काममा समय खर्चिदा आफ्नो काम थाति रहनेछ ।

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू) समाजिक सम्बन्धहरु सुदृड भएर जानेछन् भने खेलकुद तथा यस्तै पराक्रमी क्रियाकलापहरु सफलता पुर्वक सम्पन्न हुँनेछन् । दाजुभाई तथा बन्धुबान्धबको सहयोग पाईने हुँनाले जोसिलो काम गर्ने जागर आउँनेछ । सानो प्रयत्नले राम्रो काम गरि फाईदा लिन सकिनेछ भने प्रतिश्पर्धिहरु परास्त हुँनेछन् । माया प्रेममा सामिप्यता बढेर जाने तथा मिल्ने साथिको सहयोगले कामहरु बन्नेछन्् । रोकिएर बसेका कामहरु बन्नुको साथै बिस्तारै नयाँ काम बन्नेछन् । पढाई लेखाईमा सुधार गर्दै सफलताको नजिक पुग्न सकिनेछ । छिमेकिहरु माझ राम्रो कामगरि प्रशिद्धि कमाउँन सकिनेछ ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) तर्कशक्ति तथा बोलिको प्रभाव बढ्ने हुँदा बोलिकै भरमा कामहरु बन्नेछन् । रोकिएर बसेका कामहरु बन्नेछन् भने नयाँ काम गरि भनेजस्तो कमाई गर्न सकिनेछ । माया प्रेममा सामिप्यता बढ्ने तथा घर परिमा पति पत्निबिच मायाको डोरो कसिलो भएर जानेछ । कुटुम्ब तथा आफन्त सँगको सुमधुर सम्बन्धले कामहरु गर्न सहज हुनेछ । पढाई लेखाईमा सुधार आई अरुभन्दा अग्र पंत्तिमा तपाईको नाम आउँनेछ । व्यापार फस्टाएर जाने हुँनाले दैनिकी फेरिनेछ भने छोटो तथा रमाईलो यात्राको तय हुँनेछ । परिवार तथा आफन्तका साथ मिष्टान्न भोजन ग्रहण गर्ने समय मिल्नेछ ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी¬) अनाबस्यक खर्च तथा दैनिक खर्च बढेर जानेछ भने थोरै पारिश्रमिकमा दिनभर समय ब्यातित गर्नुपर्दा मन खिन्न हुँनेछ । अल्छि गर्नेबानिले कामहरु बिग्रन सक्छ । पढाई लेखाईमा समय दिन नसक्दा अरु भन्दा पछि परिनेछ । माया प्रेममा नचाहादा नचाहादै टाडिनु पर्दा मन मुटुमा जलन पैदा हुँनेछ । अबिश्वास तथा अन्धबिश्वासले मनमा गतिलो डेरा जमाउँने हुँदा काम गर्ने जोस जागर हराएर जानेछ । अरुलाई दिएको आश्वासन पुरा नसकिने तथा सामाजिक कामहरु समयमा सम्पन्न नहुँदा मान सम्मानमा दाग लाग्न सक्छ सजक रहनुहोला ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) बिदेशमा बसेर अध्ययन तथा काम गर्नेहरुले आजको दिन आफ्नो कामदेखि सन्तुुष्ट हुँनेछन् । आत्मबल कमजोर हुँने हुँदा पढाई लेखाई खस्केर जानेछ । पैताल तथा खुट्टामा समस्या आउँन सकछ सचेत रहनुहोला । काम गर्दा कानुनको पालना राम्रोसँग गर्नुहोला राज्यबाट दण्ड तथा जरिवान हुँन सक्छ । माया प्रेमको दुरि बढ्ने हुँनाले मनमा नरामाईलो महशुस हुँनेछ । यात्राको क्रममा रुपैया पैसाको सहि परिचालन गर्न नसक्दा खर्च बढ्नेछ । बैदेशिक यात्राको तय हुँनेछ भने बिदेशि सामान तथा रुपैया पैसा हातलागी हुँने योग रहेको छ ।

मीन (दी दू थ झ ञ दे दो चा ची) सरकारि सम्पति तथा पृत्रिक सम्पति हात लागि हुँने प्रसस्त सम्भावना रहेको छ । दाजुभाई वा अग्रजहरुको सुझाब तथा सल्लाह मानेर अगाडि बढ्दा सफलता पाउँन सकिनेछ । नयाँ कामहरु गरेर आम्दानिका स्रोतहरु बढाउँन सकिनेछ । बिद्यामा राम्रो प्रगति हुँने हुँदा पढाई लेखाईमा मन जानेछ । बिभिन्न अवसरहरुले पछ्याउँने तथा आफन्तको सहयोगमा परिणाममुखि काम गर्न सकिनेछ । आफ्नै बलबुताले समाजमा राम्रा काम गरेर देखाउँन सकिनेछ भने आस मारेको काम बन्नाले उत्साह जाग्नेछ । भौतिक सम्पतिहरु जुट्नेछन् भने उपाहार प्राप्त हुँने योग रहेकोछ ।
तपाईको दिन शुभ रहोस ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा samacharpati@gmail.com मा पठाउनुहोला ।



प्रतिक्रिया लेख्नुहोस
सम्बन्धित