पश्चिम क्षेत्रअन्तर्गत घटेका घटना तथा प्रहरी गतिविधिहरु

समाचारपाटी, पोखरा, २५ असार ।
ठुलोमात्रा लागुऔषध सहित युवक पक्राउ :कास्की

खासगरी पश्चिम क्षेत्रीय प्रहरी कार्यालय पोखराले पश्चिम क्षेत्रमा लागु हुने गरी लागुऔषध नियन्त्रण विशेष “अपरेसन सिदा” नामक कार्ययोजना लागु गरे संगै पछिल्लो समय  प्रहरीको प्रभावकारी परिचालन भैरहेका वेला विभिन्न स्थानवाट यसमा संलग्नहरु कानुनी दायरामा आउने क्रम बढ्दो रहेको छ ।

यसै क्रममा लागुऔषध नियन्त्रण व्यूरो शाखा कार्यालय गण्डकी पोखराको विशेष प्रहरी टोलिले ठुलो मात्रा लागुऔषध ओसारपसार गरिरहेको अवस्थामा यही असार २५ गते एक युवकलाई कास्कीको शिसुवावाट पक्राउ गर्न सफल भएको छ । पक्राउ पर्नेमा पोखरा लेखनाथ महानगरपालिका ३२ शिसुवाका २६ वर्षिय जितेन्द्र गुरुङ रहेका छन् ।

पक्राउ परेका निजको साथवाट प्रहरीले डाईजापाम ५९८ थान, नुर्फिन २८८ थान, टेलिजेसिक २९२ थान र फेनरागन ६०७ थान गरी जम्मा १७८५ थान लागुऔषध बरामद गरेको छ । लागुऔषध नियन्त्रण व्यूरो गण्डकीका प्रहरी प्रमुख प्रहरी निरीक्षक रविन्द्रमान गुरुङ सहितको प्रहरी टोलिले भारतिय नागरिक विवेक भनिने कमलेश गुप्ताले भारतवाट पोखरासम्म लागुऔषध पठाउदछ भन्ने विशेष सूचनका आधारमा अनुसन्धान गर्दै जाँदा उक्त ठुलो मात्रामा रहेको लागुऔषध बरामद गरिएको हो ।

प्रहरीले पक्राउ परेका जितेन्द्र गुरुङलाई जिल्ला प्रहरी कार्यालय कास्कीमा राखी लागुऔषध मुद्दा अन्तर्गत थप अनुसन्धान गरिरहेको छ ।

लागुऔषध सम्बन्धी प्रशिक्षण कार्यक्रम सुरु :  पोखरा
लागुऔषध दुर्व्यनिको समस्या हाल राष्ट्रमा विकराल बन्दै गईरहेको छ । यसको रोकथाम र नियन्त्रणका लागि विभिन्न सरोकारवाला निकाय साथै नेपाल प्रहरी समेत लागि परेको छ ।  यसै  सन्दर्भमा  केन्द्रिय लागुऔषध नियन्त्रण व्यूरो काठमाण्डौको आयोजनामा पश्चिम क्षेत्रका सिनियर तथा जुनियर प्रहरी अधिकृतहरुको ३ दिने लागुऔषध नियन्त्रण विशेष प्रशिक्षण कार्यक्रम यही असार २४ गते देखी अंचल प्रहरी कार्यालय गण्डकीमा सुरु भएको छ ।

केन्द्रिय लागुऔषध नियन्त्रण व्यूरोका  प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक धिरु बस्नेतले उद्घारटन गर्नु भएको उक्त प्रशिक्षण कार्यक्रममा पश्चिम क्षेत्र अन्तर्गतका विभिन्न प्रहरी कार्यालयहरुमा कार्यरत ३० जना प्रहरी अधिकृतहरुको सहभागिता रहेको छ ।

यही असार २६ गते सम्म संचालन हुने उक्त प्रशिक्षण कार्यक्रम सहभागि प्रहरी अधिकृतहरुलाई लागुऔषधको परिचय, पहिचान  गर्ने तरिका, लागुऔषध सम्बन्धी अपराधको विश्लेसण, लागूऔषध नियन्त्रण रणनितिक कार्ययोजना र लागुऔषधसँग सम्बन्धित संगठित अपराधको अवस्था साथै राष्ट्रिय तथा अन्तराष्ट्रिय  कानुन लगायतका विषयमा प्रशिक्षण प्रदान  गरिने छ ।

नवलपरासी : सवारी दुर्घटना
मिति २०७४/०३/२५ गते अन्दाजी. १३:३० बजेको समयमा जिल्ला नवलपरासी रामग्राम नगरपालिका-१६ त्रिलोकपुर स्थित हुलाकी सडक खण्डमा त्रिलोकपुरबाट परासी तर्फ जाँदै गरेको लु३०प ५५९ नम्बरको मोटरसाईकल अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाईकल चालक सोही स्थान बस्ने बर्ष-३८ को नबिन कुमार यादव र पछाडि सवार वर्ष-२५ को दिलिप राजभर घाईते भएका छन् । घाईते दुवैलाई उपचारको लागी पृथ्वीचन्द्र अस्पताल परासीमा पठाईएको छ ।उक्त स्थानमा प्रहरी टोलि खटीगई सवारी साधन नियन्त्रणमा लिईएको छ ।

रुपन्देही : चोरी भएको
मिति २०७४/०३/२५ गते राती जिल्ला रुपन्देही बुटवल उपमहानगरपालिका-४ राम मन्दिरलाईन स्थितमा रहेको रितेश ज्ञवालीको सिलाई सामाग्री पसलबाट रु १,५०,०००।–, सोही स्थानमा रहेको बिष्णु भण्डारीको सिलाई सामाग्री पसलबाट  रु १,४७,५००।– दुवै पसलको सटरको ताला फोडि चोरी गरी लगेको भन्ने खबर ०८:३० बजे खबर प्राप्त हुनासाथ तत्कालै प्रहरी टोली खटीगई घटनाका विषयमा थप अनुसन्धान भैरहेको छ ।

नवलपरासि : सवारी दुर्घटना
मिति २०७४/०३/२४ गते अन्दाजी. २२:३० बजेको समयमा जिल्ला नवलपरासि बर्दघाट नगरपालिका ७ ज्यामिरेभार स्थित त्रिवेणि-बर्दघाट सडक खण्डमा उत्तरबाट दक्षिण तर्फ जादै गरेको लु २प ८३६३ नं.को मोटरसाईकललाई विपरित दिशाबाट आउदै गरेको नं.नखुलेको ट्याक्टरले ठक्कर दिदा मोटरसाईकल चालक सोही स्थान बस्ने बर्ष अ। ३३र३४ को यमलाल कडेल घाईते भई उपचारको लागि नया मेडिकल कलेज भरतपुर तर्फ पठाईएकोमा उपचारको क्रममा उनको मृत्यु भएको छ । उक्त स्थानमा प्रहरी टोलि खटीगई फरार ट्याक्टरको खोजीकार्य जारी राखेको छ ।

बागलुङ : झुण्डी मृत्यु 
मिति २०७४/०३/२५ गते राती अन्दाजी.१२:१५ बजेको समयमा जिल्ला बागलुङ ढोरपाटन नगरपालिका २ शेरा बस्ने बर्ष ५९की झगि महत आफ्नै घरको दलिनमा पटुकाको पासो लगाई झुण्डी मृत्यु भएको छ भन्ने खबर प्राप्त हुनासाथ प्रहरी टोलि खटी गई घटनाका विषयमा थप अनुसन्धान गरीरहेको छ ।

तनहूँ : कुटपिट
मिति२०७४/०३/२४ गते अन्दाजी. १८:०० बजे जिल्ला तनहूँ म्याग्दे गाउपालिका ९ छाङपाटन स्थित फुटबल ग्राउण्डमा फुटबल खेल्ने क्रममा विवाद भई सोही स्थान बस्ने बर्ष-२२को बिमल थापालाई ३र४ जना मानिसहरुले  पछाडिबाट ढुङ्गाले हान्दा टाउकोमा चोट लागि स्थानिय मेडिकलमा सामान्य उपचार पश्चात मणिपाल अस्पताल रिफर गरिएको छ । कुटपिटमा संलग्न भिमाद नगरपालिका ६ बस्ने वर्ष-१९को विसाल परियारलाई प्रहरीले नियन्त्रणमा लिएको छ भने अन्य-३ जना  फरार रहेकाले खोजीकार्य जारी राखेको छ ।

तनहुँ : सवारी दुर्घटना
मिति २०७४/३/२५ गते ०८:५५ बजे जिल्ला तनहुँ म्याग्दे गाउपालीका १ तल्लो गुणादी स्थित पृथ्वीराजमार्गमा थर्पुबाट दमौली तर्फ आउदै गरेको ना ५ ख ५४४६ नं. को बस आफै अनियन्त्रीत भई सडकको बाँया साईडमा अन्दाजी. १० मिटर तल खस्न जाँदा बसमा सवार चालक सहीत १० जना घाईते भई अस्पतालमा उपचार भईरहेको छ । उक्त स्थानमा प्रहरी टोलि खटीएको छ ।

पर्वत : खोलाले बागाई घाईते
मिति २०७४/०३/२५ गते बिहान अन्दाजी. ०८:२० बजे जिल्ला पर्वत कुश्मा नगरपालिका वडा -२ गिलिमिरि खोलामा अविरल वर्षाको कारण आएको भेलले कुश्मा : बागलुङ सडक खण्डमा कुश्माबाट बागलुङ तर्फ जाँदै गरेको ग ५ प २२७५ नम्बरको मोटरसाईकल र चालक जिल्ला पर्वत कुश्मा नगरपालिका वडा नं. ३ बस्ने वर्ष २६को प्रकाश पौडेलले खोलामा मोटरसाईकल तार्ने क्रममा खोलाले बगाएकोमा प्रहरीले उद्दार गरि निजलाई उपचारको लागि जिल्ला अस्पताल पर्बत लगिएको छ ।

पाल्पा : अविरल वर्षाको कारण घर भत्किएको
मिति २०७४/३/२५ गते अन्दाजी.०६:०० बजेको समयमा जिल्ला पाल्पा तानसेन नगरपालीका ७ सालघारी बस्ने लेख बहादुर कार्कीको जस्ताले छाएको ३ तले कच्चि घर अबिरल बर्षाको कारण घरको पुर्व साईडको वाल भत्किन जादा घरको एउटा कोठा पुर्ण रुपमा क्षति भई कोठामा रहेको अन्नपात लत्ताकपडा पुरीएको छ । मानबिय क्षती भएको छैन् । उक्त विषयमा खबर प्राप्त हुनासाथ प्रहरी टोलि खटिएको छ ।

पाल्पा : पहिरोले गोठ चर्पि बगाएको
मिति २०७४/३/२५ गते अन्दाजी. ०६:०० बजेको समयमा जिल्ला पाल्पा रैनादेविछहरा गाउपालीका ८ सत्यवति खुर्साने बस्ने बिष्णु बहादुर बि.कको फुसले छाएको १ तले कच्चि गोठ र जस्ताले छाएको कच्चि चर्पि अविरल वर्षाको कारण पहिरोले बगाएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी टोली खटीगएको छ ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा samacharpati@gmail.com मा पठाउनुहोला ।



प्रतिक्रिया लेख्नुहोस
सम्बन्धित