बुढाबुढीको झगडा : फेसबुकमा स्टाटस ! हेर्नुहोस बुढाबुढीको यस्तो हुन्छ झगडा

समाचारपाटी, पोखरा, २५ असार । पहिला पहिलाको भन्दा आजकाल बुडाबुढीको घर झगडा हुने शैली भिन्न देखिन्छ । पहिला घरमा हेपेको र सासु ससुराले दुख दिएको विषयमा झगडा हुने गर्दथ्यो तर अहिले भिटिमा ओने सिरियल र फेसबुकको विषयमा झगडा हुने गर्दछ ।

यस्तै विषयमा अहिले तिजका गितहरु आउने गरेका छन् । बुढाबुढीको बीचमा आजकल कस्तो विषयमा झगडा हुन्छ भन्ने कुरा थ्रिस्टार मिडियाले एउटा तिजको गित बजारमा ल्याएको छ । डिल्लीराम रेग्मी (सुजन) शब्द, टेक नारायण चापागाई (टिएनसी) को लयमा फेसबुकमा स्टाटस भन्ने तीजको गित अहिले बजारमा चर्चामा रहेको छ ।

संचारकर्मी नारायण भट्टराई र अनिता पन्त खनालको स्वरमा रहेको गितको एरेन्जर दिवान किनार रहेका छन् ।

गितको भिडियो स्याडो क्रियशनमा निर्माण गरेको हो । गितमा शिशिर श्रेष्ठले निदैृशन, समिर थोकरले कोरीयोग्राफी, रेशम दर्लामीले छायांकन र प्रदीप दहालले सम्पादन गरेका हुन् । गितमा मिन खनालले मालति घलेको अभिनय देख्न सकिन्छ ।
हेर्नुहोस भिडियो

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा samacharpati@gmail.com मा पठाउनुहोला ।



प्रतिक्रिया लेख्नुहोस
सम्बन्धित