आजको राशिफल २०७४ असार २५ गते आइतबार, Today’s Horoscope, July 9

आजको राशिफल
बि.स.२०७४ आषाड २५ गते । आईतबार । ईश्वी सन् २०१७ जुलाई ०९ तारिख । नेपाल सम्बत् १९३७ । साधारण संवत्सर । उत्तरयण । ग्रीष्म ऋतु । श्रीशाके १९३९ । आषाड शुक्ल पक्ष । तिथि पूर्णिमा । नक्षत्र पूर्वाषाडा । योग ऐन्द्र । करण वव, बिहान ९ बजेर ०४ मिनेट उप्रान्त वालव, बेलुका ९ बजेर ५१ मिनेट उप्रान्त कौलव । आनन्दादिमा शुभ योग । गूरुपूर्णिमा । दक्षिणामुर्ति पूजा । मन्वादि । दिला पुन्हि । मानस व्रत प्रारम्भ । भक्तपुरमा वीरनदी स्नान । मुक्तिनाथ यार्तौङ ।

मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) सरकारि तथा पैत्रिक धन तथा सम्पति प्रयोग मार्फत रोेजगारि सिर्जना गरि मनग्गे लाभ लिन सकिनेछ । लिडरसिप क्षमतामा बृद्धि हुँनाले राजनितिमा आजको दिन पद पाउँने योग रहेकोछ । प्रतिष्ठित व्याक्तिको सहयोगले उपलब्धिमुलक कामहरु बन्ने तथा सामाजिक क्षेत्रमा नाम कमाउँन सकिनेछ । नयाँ नयाँ कामको प्रस्ताब आउँनेछ भने नोकरिमा पदोन्नति हुँनेछ । सत्रु परास्त हुँनेछने भने बिद्या तथा प्रतिश्पर्धामा तपाईकै नाम आउँनेछ । व्यापार व्यावसायमा भने जस्तो नाँफा कमाउँन सकिनेछ । छोटो समयमा नाम तथा दाम कमाउँन सकिने हुँदा घर परिवारमा खुसियालि छाउँनेछ ।

बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वा) अर्थ उपार्जनका बिभिन्न स्रोतहरु जुट्ने तथा बैक तथा बित्तिय सस्थामा लगानि गर्नसके पछिसम्म आम्दानि हुँने व्यावसायमा लगानि बढाउँन सकिनेछ । परिवारका साथ रहेर मिष्टान्न भोजन लिने अवसर मिल्नेछ । कुटुम्ब तथा आफन्तहरुले तपाईको काममा सहयोग गर्नेछन् । माया प्रेमको गाठो कसिलो भएर जानेछ । राजनितिमा लाग्नेहरुले बिशेष पद प्राप्त गर्न सक्दछन् भने थोरै बोलेर प्रशस्त आम्दानि गर्न सकिनेछ । अध्यन तथा अध्यापनको क्षेत्रमा अरुभन्दा अगाडि बढि नतिजा आफ्नो पक्षमा पार्न सकिनेछ । खुसिको समाचार सुन्न पाईने तथा परिवारजनमा आत्मिय भाव बढ्नेछ ।

मिथुन (का,की,कू ,घ, ङ, छ ,के,को, हा) नयाँ सवारि साधन तथा मन परेको भौतिक सम्पति जोड्ने समय रहेकोछ । साझेदारि लगानि कर्ता भेला पारि सुरु गरिने व्यापार व्यावसाय फस्टाएर जाने तथा भनेजस्तो रुपैया पैसा कमाउँन सकिने तथा जीवनस्तर सहज रुपमा अगाडि बढाउँन सकिनेछ । पारिवारिक यात्राका क्रममा स्वादिष्ट भोजन ग्रहण गर्ने अवसर प्राप्त हुँनेछ । लगनशिल तथा बद्धिको उपयोग गरि सफलताको सुत्र पत्ता लगाउँन सकिनेछ भने पढाई लेखाईमा भनेजस्तो नतिजा हात लाग्ने हुँदा आफन्तहरु खुसि हुँनेछन् । माया प्रेममा सामिप्यता बढेर जानेछ भने पति पत्निबिच मायाको डोरो कसिलो हुँनेछ

कर्कट (ही, हू ,हे, हो, डा, डी, डु, डे, डो) पुराना समस्याहरु बल्झन सक्छ भने वादबिवाद तथा प्रतिश्पर्धामा भाग लिए हारिने सम्भावना रहेको छ । अध्ययान अध्यापनमा ध्यान नजादा अरुभन्दा पछि परिनेछ । मामा तथा मावलि पक्षसँग बिवाद बढ्ने योग रहेको छ । सामान्य स्वास्थ्य सम्बन्धि समस्या आउँनेछ । समय राम्रो नरहेकोले माया प्रेममा अबिश्वास बढेर जानेछ भने दाम्पत्य जीवनमा सामान्य बिवाद सिर्जना हुँनेछ । व्यापार व्यावसायमा समय दिनसके मनग्गे रुपैया पैसा कमाउँने समय रहेको छ । रमाईलो बाताबरणमा दिन बित्ने तथा अरुकै प्रायोजनमा मिष्टान्न भोजन ग्रहण गर्ने अवसर प्राप्त भएपनि सामान्य स्वास्थ्य सम्बन्धि समस्या आउँनेछ ।

सिहं (मा, मी, मू ,मे,मो, टा, टी, टू ,टे) पढाई लेखाई अन्य दिन भन्दा सुधार हुने हुँनाले आफन्त हरु खुसि हुनेछन् । माया प्रेममा सामिप्यता बढेर जानेछ भने परिवार तथा आत्मिय मित्रमा साथ रमाईलो यात्रा हुँनेछ । सबैको सहयोग पाईने हुँनाले काम गर्न जोस जागर आउँनेछ । सामाजिक काममा दिन बित्ने हुँदा मन प्रशन्न रहनेछ भने सबैले तपाईको क्षमताको कदर गर्नेछन् । आकस्मिक धन तथा सम्पति लाभ हुने योग रहेको छ भने आफुले मन पराएको मानिसबाट उपाहार प्राप्त हुँने हुँनाले मन प्रशन्न रहनेछ । व्यापार व्यावसायमा लगानि गरि सोचेजस्तो आम्दानि गर्न सकिनेछ भने नयाँ ठाउँमा लगानि गरि आम्दानिका स्रोतहरु बढाउँन सकिनेछ ।

कन्या (टो,पा,पी,पू ,ष,ण,ठ,पे,पो) सवारि साधनको व्यापार व्यावसाय सुरु गर्दा भनेजस्तो नाँफा कमाउँन सकिनेछ । अध्ययन तथा अध्यापनमा सफलता प्राप्त गर्न अलि बढिनै मेहनेत गर्नु पर्नेछ । आमा तथा आफन्तबाट भनेजस्तो सल्लाह तथा सुझाब पाईने हुँनाले सुधारात्मक काम गर्न सहयोग हुँनेछ । कृषि तथा पशुपालन व्यावसायबाट राम्रो आम्दानि हुँनेछ । समाजिक काममा समय दिनु पर्नेछ भने तपाईको काम देखि सबै खुसि हुनेछन् । राजनिति तथा समाजसेवामा समय लगानि गर्नेहरुले सर्बसाधारण सँग सन्तुतिल व्यबहार गर्दा मान सम्मान तथा ईज्जत प्रतिष्ठामा बढोत्तरि हुँने ग्रहयोग रहेकोछ ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते¬) दाजुभाई तथा छिमेकिसँग काम गर्दा ध्यान दिनुहोला अनाबस्यक बिवाद हुँनसक्छ । अन्य काममा समय दिनुपर्दा पढाई लेखाईमा अरुभन्दा पछि परिने चिन्ताले सताउनेछ । स्वास्थ्यमा कमजोरि देखिनेहुँदा दैनिक कामकाजमा समस्या पैदा हुन सक्छ ध्यान दिनुहोला । दुखद समाचारले दुखि बनाउँनेछ । व्यापार व्यावसायमा नाफा कमाउँन निकै समय खर्चनु पर्नेछ । बिवादित बिषयहरुको आजको दिन उठान नगर्नुहोला त्यस्ता बिषयहरु किनारा लाग्ने छैनन् । अदालति निर्णयहरु तपाईकै पक्षमा नआउँने हुँनाले आज मुद्दा मामिलामा सामेल भए हारिने सम्भावना रहेकोछ ।

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू) सामाजिक काम समयमा सम्पन्न गर्न नसकिने तथा नहुँने हुँदा ईज्जत प्रतिष्ठामा कमि हुँन सक्छ । राम्रा काम गर्दा गर्दै पनि फसाउँने तथा खुट्टा तान्नेहरु हावि हुँनेछन् । आफन्त तथा साथिभाईहरुले नै रुपैया पैसा लिएर फरार हुँन सक्छन् ध्यान दिनुहोला । खुट्टा तान्ने तथा फसाउँनेहरु देखि सजक रहनुहोला । पढाई लेखाईमा मन नजाने हुँनाले अरुभन्दा पछि परिनेछ । व्यापार व्यावसायमा समय दिन नसक्दा आम्दानिमा कमि हुँनेछ । पारिवारिक माहोलमा भेटघाट गरि मिष्टान्न भोजन ग्रहण गर्ने अवसर प्राप्त भएपनि खानपानमा ध्यान नदिदा सामान्य स्वास्थ्य सम्बन्धि समस्या आउँन सक्छ ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) तपाईको व्याक्तित्व देखेर सबैजना मोहित हुँनेछन् । माया प्रेममा आफ्नो मान्छेलाई आफ्नै वरिपरि देख्न पाउँदा मन प्रशन्न हुँनेछ । मिठो बोलेर अरुको मन आफुतिर आकर्षित गर्न सकिनेछ भने परिवारसँग बसेर मिठो खानपानका साथ रमाउँन सकिनेछ । समयमा कामहरु सम्पन्न हुने तथा अरुको काम गरि नाम तथा दाम दुवै कमाउँन सकिनेछ । राजनिति तथा समाजसेवामा समय लगानि गर्नेहरुले जनताको गतिलो समर्थन पाउँने हुँदा भावि दिनमा अगाडि बढ्न सहज हुँनेछ । व्यापार व्यावसायमा प्रसस्त नाँफा कमाउँन सकिनेछ भने लगानि गर्ने बाताबरण बनाउँन सकिनेछ ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी¬) काम तथा अध्ययनको शिलशिलामा बिदेश यात्राको गतिलो सम्भावना रहेको छ । बिदेशि सामानको व्यापार फस्टाएर जानेछ भने बिदेशमा बसेर व्यापार व्यावसाय गर्नेहरुका लागि समय फलदायि रहनेछ । परिवार तथा आफन्त सँग भेटघाटका क्रममा खानपानमा ध्यान दिनुहोला सामान्य स्वास्थ्य सम्बन्धि समस्या आउँन सक्छ । पढाई लेखाई तपाई आफ्नै कारणले बिग्रन सक्छ ध्यान दिनु होला । कुनै पनि आर्थिक कारोबार गर्दा सचेत हुँनुहोेला आर्थिक कारोबार बिग्रिने तथा दण्ड तथा जरिवाना हुँने सम्भावना रहेकोछ । स्वास्थ्यमा समस्या आई उपचार खर्च बढेर जाने ग्रहयोग रहेकोेछ ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) प्रेम सम्बन्धमा मनमुटावको अवस्था सिर्जना हुँनेछ भने पति पत्निबिच अबिश्वास पैदा हुँन सक्छ ध्यान दिनुहोला । भौतिक सम्पति तथा सवारि साधनको प्रयोग गर्दा ख्याल गर्नुहोला अप्रीय घट्ना नघट्ला भन्न सकिन्न । घर परिवार बिषेश गरि दाजुभाई सँगको सम्बन्धमा आउँने वैचारिक द्वन्द्धले उतारचडाव ल्याउँनेछ । अरुकै काममा समय बित्नेहुँदा पढाई लेखाई प्रभावित हुँनेछ । व्यापापार व्यावसाय खस्केर जाने हुँनाले तत्कालका लागि कुनै योजना बनाएर लगानि गर्ने सोचमा हुनुहुन्छ भने थाति राख्नु होला घाटा लाग्ने योग रहेकोछ । ऋण,रोग तथा सत्रुको सामना गर्नुपर्दा दैनिक कामहरु प्रभावित हुँनेछन् ।

मीन (दी दू थ झ ञ दे दो चा ची) आफ्नो भन्दापनि अरुकै कामको लागि दिनभर ब्यस्त रहदा आफ्नो काम थाति रहनेछ । माया प्रेममा आफ्नो मायालुसँग मनमुटाब बढ्नेछ भने घर परिवारमा अनाबस्यक बिवाद शिर्जना हुँनेछ । पहिले निर्णय भैसकेका मुद्दाहरु आईलाग्ने हुँदा मानशिक तनाब बढ्नेछ भने सामाजिक हिसावले पनि कमजोर हुँनुपर्दा मनमा निरास पैदा हुँनेछ । सामान्य स्वास्थ्य सम्बन्धि समस्या आउँने हुँनाले दैनिक कामकाज गर्न गाह्रो हुँनेछ । राजनिति गर्नेहरुले सर्वसाधारणको भावना बुझेर अगाडि बढ्नुहोला आजको दिन खासै समर्थना पाईने छैन ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा samacharpati@gmail.com मा पठाउनुहोला ।



प्रतिक्रिया लेख्नुहोस
सम्बन्धित