मेरो देश बनाउँछु

समाचारपाटी, पोखरा, २४ असार  ।

 मेरो देश बनाउँछु

मलाई दुस्ख लाग्छ, सतीले
सरापेको देश भन्दै गाली नगर !!
गाली हैन माया गरेर,
मेरो देश बनाउँछु !!

राजनीतिक दलका ठूला भनौदाहरुले, जनताको आँखामा छारो नहाल !
तिम्रा झुटा आश्वासनको भण्डाफोर
गरेर, मेरो देश बनाउँछु !!

अत्याचार धेरै गरेउ, गरीब र निमुखा जनता माथी !
तिमीहरूको बिरुद्ध लडेर
मेरो देश बनाउँछु !!

नौ(नौ महिनामा सरकार परिवर्तन गरि,
कुर्सी तानातानको खेल धेरै खेल्यौ !
प्रत्यक्ष निर्वाचित कार्यकारीको
पक्षमा लडेर, मेरो देश बनाउँछु !!

धेरै भयो तिमीहरूको अत्याचार,
सरकारमा पुगेर कमिसन र भ्रष्टचार !
सुशासन र सदचारप्रति
प्रतिबद्द रहेर, मेरो देश बनाउँछु !!

पुरानै सोच र विचारले धेरै खेलेउ
फोहोरी राजनीतिक खेल !
नयाँ सोच र विचारले सफा
राजनीति गरि, मेरो देश बनाउँछु !!

गजल- प्रदिप देवकोटा

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा samacharpati@gmail.com मा पठाउनुहोला ।



प्रतिक्रिया लेख्नुहोस
सम्बन्धित