सिङ्दी तमु समाजको रक्तदान कार्यक्रममा ३२ युिनट रगत संकलन

समाचारपाटी, पोखरा, असार २४ । आज सिङ्दी तमु समाजले आफ्नो युवा क्लबसँगको सहकार्यमा शनिबार पोखरामा गरेको रक्तदान कार्यक्रममा ३२ युिनट रगत संकलन भएको छ ।

क्लबका अध्यक्ष किरण गुरुङको अध्यक्षतमा भएको कार्यक्रमको नेपाल रेडक्रस सोसाइटी, कास्कीका ध्रुवमणि लामिछानेले समाजका कोषाध्यक्ष हाइकुमारी गुरुङलाई ब्लड ब्याग हस्तान्तरण गरेर उद्घाटन गर्नुृभएको थियो । प्रमुख अतिथि लामिछानेले रक्तदान महादान मात्र नभई दाताको स्वास्थ्यमा समेत सकारात्मक प्रभाव पार्ने बताउनुभयो ।

क्लबकी सचिव सपना गुरुङको सञ्चालन र पूर्व अध्यक्ष योप्रसाद गुरुङको स्वागतमा भएको कार्यक्रममा समाजका अध्यक्ष रामसुबा गुरुङले रक्तदातालाई प्रशंसापत्र वितरण गर्नुभएको थियो । समाजले मानव सेवाका क्षेत्रमा विभिन्न कार्यक्रम गर्दै अघि बढेको क्लबका पूर्व सचिव टङ्कप्रसाद गुरुङले जानकारी दिनुभयो ।

 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा samacharpati@gmail.com मा पठाउनुहोला ।



प्रतिक्रिया लेख्नुहोस
सम्बन्धित