लायन्स प्रि जोन मिटिङ सम्पन्न

समाचारपाटी, पोखरा, २४ असार । लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ बि १ नेपाल, रिजन ४ अन्तर्गत जोन ८ को प्रिजोन मिटिङ शनिबार सम्पन्न भएको छ । जोन चियरपर्सन कृष्णराज पोखरेलको अध्यक्षतामा बैठक आयोजना गरिएको हो । बैठकमा जोन अन्तर्गतका लायन्स क्लब अफ पोखरा मिड टाउन, पोखरा मेट्रोसिटी, पोखरा पिस चौतारी र पोखरा पिस सम्पदाका अध्यक्ष, प्रथम उपाध्यक्ष, सचिव, कोषाध्यक्ष लगायत सहभागी थिए ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि डिष्ट्रिक्ट पिआरओ मदन द्वाले लायन्सले सामाजिक क्षेत्रमा महत्वपूर्ण योगदान पु¥याएको बताए । क्लबका पदाधिकारीले गर्नुपर्ने काम, कर्तव्य र उत्तरदायित्वको बारेमा उनले प्रकाश पारेका थिए । कार्यक्रममा स्वागत जोन चियरपर्सनका स्पाउस कल्पना पौडेलले स्वागत गरेकी थिइन् । क्लबले वर्षभरीमा गर्ने कार्यक्रमका बारेमा मिटिङमा छलफल भएको जोन चियरपर्सन पोखरेलले जानकारी दिए ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा samacharpati@gmail.com मा पठाउनुहोला ।



प्रतिक्रिया लेख्नुहोस
सम्बन्धित