स्कुल पढाउन छाडेर पहिलोपटक केरा खेती

समाचारपाटी, चितवन, २४ असार । पुर्वी चितवनका केरा किसान रामचन्द्र दवाडी स्कुल पढाउन छाडेर पहिलोपटक केरा खेती गर्नुभएका उहाँलाई बिमाको बारेमा जानकारी भएन । उहाँले १२ विगाहामा केरा खेती पहिलोपटक हावाहुरीले ढलाउँदा यसपाली ९०० बोट केरा क्षतिभयो । जसका कारण ९०० बोटको रु ३ लाख ६० हजार घाटा लाग्यो । ‘पहिलोचोटी लगाईयो केही जानकारी पनि भएन, विमा नगर्दा पिडा भो, अब पहिलो काम नै मेरो बिमा गर्ने हो । दवाडीले भन्नुभयो ।चितवन जिल्लामा बिमा नगर्दा केराकिसान प्रभावित हुँदै आएका छन् ।

बिमा गर्ने किसानहरुले क्षतिको ९० प्रतिशत क्षतिपूर्ती पाउँदै आएपनि बिमा नगर्ने किसानहरु भने यो सेवाबाट बञ्चित हुनु परेको छ । चितवन केरा उत्पादक संघले बिमाका लागि केरा किसानलाई पटकपटक आग्रह गर्दै आएपनि किसानहरु वर्षेनी घाटा सहन बाध्य भएका हुन् । संघका अध्यक्ष विष्णुहरी पन्त विमा गर्न आग्रह गर्दा पनि कतिपयले उदासिनता देखाउँदा समस्या आएको बताउनुहुन्छ । ‘पटकपटक ताकेता गर्दापनि ६३० केरा किसान मध्य अहिलेसम्म जम्म २१९ जनाले बिमा गरे, पन्तले भन्नुभयो, अझै बिमा गर्न उदासिन छन् ।’ उहाँजस्तै लोकनाथ दाहाल लगायत जिल्लाका बिमानगर्ने ३० जना केराकिसानका केरा हावाहुरीले क्षतिभयो करिव करिव एक करोड जतीको केरा नष्ट भएको छ । तर राहत शुन्य छ ।

त्यसमध्य ४० प्रतिशत हाराहारीमा विमा नगरेका किसानको क्षति भएको अनुमान पन्तको छ ।जेठ ३१ मा आएको हावाहुरीले ५० हजार बोट क्षति भएको मध्य करिव १५ देखि २० हजार बोट बिमा नगर्ने किसानको क्षति भएको उहाँ बताउनुहुन्छ । यो लागत मुल्य करिव रु ४० लाख हो भने हालको उत्पादन मुल्य अनुमानित करिव रु १ करोडको पर्न आउँछ । अब उनीहरुले कहिंबाट राहत नपाउने हुँदा ती किसान आफैंले पूर्णक्षति बेहोर्नुपर्ने बाध्यता छ । बिमा गर्ने किसानका लागि क्षतिको ९० प्रतिशतसम्म बिमाबाट रकम आउने गर्छ । कृषि बिमामा सरकराले ७५ प्रतिशत प्रिमियम दिन्छ । जिल्लामा १ अर्बको केराको कारोबार हुँदै आएको छ । पछिल्लो एकवर्षमा चितवन जिल्लामा २ सय विगाहामा केरा खेती बढेको छ ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा samacharpati@gmail.com मा पठाउनुहोला ।



प्रतिक्रिया लेख्नुहोस
सम्बन्धित