आजको राशिफल २०७४ असार २४ गते शनिबार, Today’s Horoscope, July 8

आजको राशिफल
बि.स.२०७४ आषाड २४ गते । शनिबार । ईश्वी सन् २०१७ जुलाई ०८ तारिख । नेपाल सम्बत् १९३७ । साधारण संवत्सर । उत्तरयण । ग्रीष्म ऋतु । श्रीशाके १९३९ । आषाड शुक्ल पक्ष । तिथि चतुर्दशी, ५ घडी ० पला, बिहान ७ बजेर १६ मिनेट उप्रान्त पूर्णिमा । नक्षत्र मूल २३ घडी ३६ पला, दिउँसो २ बजेर ४२ मिनेट उप्रान्त पूर्वाषाडा । चन्द्रराशि धनु । पूर्णिमा व्रत ।

काठमाडौंमा सूर्योदय ०५ बजेर १६ मिनेट, सूर्यास्त बेलुका ०७ बजेर ०१ मिनेट जादा । दिनमान ३४ घडी २३ पला ।
मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) खोज तथा अनुशन्धानमा झुकाव बढ्ने हुँनाले सकारात्मक नतिजा ल्याउँन सकिनेछ । शिक्षा तथा पर्यटन व्यावसायलाई समय सापेक्ष आधुनिकिकरण गरि मनग्गे लाभ लिन सकिनेछ । माया प्रेममा रमाउँन चाहनेहरुका लागि समयले साथ दिनेछ भने पारिवारिक सम्मन्धमा सुभार भएर जानेछ । राजनिति तथा समाजसेवामा जनताको काम गरि नाम तथा दाम कमाउँन सकिनेछ भने प्रशासनिक क्षेत्रमा तपाईकै बर्चश्व कायम रहनेछ । धार्मिक स्थल तथा तिर्थ यात्राको अधिक सम्भावना रहेकोछ । नयाँ योजना बनाएर सार्वजनिक गरि लागु गराएर दैनिकि फेर्न सकिनेछ ।
बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वा) आयस्रोतका बाटाहरु फराकिला हुँनेछन् भने खोज तथा अनुशन्धानको क्षेत्रमा नयाँ कुरा पत्ता लगाएर नाम तथा दाम दुवै कमाउँन सकिनेछ । पुराना ऋण तथा संकट व्यावस्थापन गर्दै नयाँ कामको थालिनि गर्न सकिनेछ । माया प्रेममा रामाउँन चाहनेहरुका लागि समयले साथ दिने हुँदा रमाईले बाताबरणमा घुमेर दिन कटाउँन सक्नेछन् । नसोचेको धन तथा सम्पति हात लाग्ने तथा चिठ्ठा पर्ने ग्रहयोग रहेकोछ । पुराना कामहरु फत्ते हुँनेछन् भने नयाँ कामहरु हातलागि हुँनेछ । चेलि माईति मिलेर गरिने कुँनै पनि व्यावसाय फस्टाएर जाने हुँनाले प्रशस्त नाफा कमाउँन सकिनेछ ।
मिथुन (का,की,कू ,घ, ङ, छ ,के,को, हा) सामुहिक व्यावसाय फस्टाएर जाने तथा भनेजस्तो रुपैया पैसा कमाउँन सकिने हुँदा जीवनस्तर उस्कनेछ । पढाई लेखाईमा भनेजस्तो नतिजा हात लाग्ने हुँदा आफन्तहरु खुसि हुँनेछन् । पारिवारिक यात्राका क्रममा स्वादिष्ट भोजन ग्रहण गर्ने अवसर प्राप्त हुँनेछ । परिस्थितिलाई आफ्नो पक्षमा ल्याउँन सकिने हुँनाले समयमा कामहरु बन्नेछन् । माया प्रेममा सामिप्यता बढेर जानेछ भने पति पत्निबिच मायाको डोरो अझ कसिलो भएर जानेछ । पारिवारिक यात्रा हुँने अधिक सम्भावना रहेकोछ भने यात्राका क्रममा बिभिन्न रमाईला स्थलहरुको भ्रमण गर्न सकिनेछ ।
कर्कट (ही, हू ,हे, हो, डा, डी, डु, डे, डो) खराब संगत तथा गलत सल्लाहले हुँन लागेको काम पनि अरुकै हातमा जानेछ । दाम्पत्य जीवनमा सामान्य घटपट आउँनेछ भने माया प्रेममा धोका हुन सक्छ । स्वादिष्ट भोजन खाने अवसर आएपनि खानपानमा ध्यान नदिदा स्वास्थ्य सम्बन्धि समस्या आउँनेछ । अदालतबाट हुँने निर्णयहरु तपाईको पक्षमा नहुँने हुँदा आजको दिन बादबिवाद तथा यस्तै समारोहमा भाग नलिनुहोला । समयको गति सँगै बढ्न नसक्दा वा समयको ख्याल नगर्दा  प्रतिश्पर्धामा अरुभन्दा पछि परिनेछ । तयारि बिनानै महत्वपुर्ण काम शुरु गर्दा बिग्रने छ ध्यान दिनु उचित होला ।
सिहं (मा, मी, मू ,मे,मो, टा, टी, टू ,टे) प्रेमको गाठो कसिनुको साथै बैवाहिक बन्धनमा बाधिनेसाईत जुर्न सक्छ । भौतिक तथा मानव निर्मित स्रोत साधनको प्राप्तिको ग्रहयोग रहेकोछ । सन्तान तथा छोराछोरिको प्रगतिमा मन रमाउँनेछ । अग्रजहरुको सहयोग तथा सदभाव प्राप्त हुँने हुँनाले महत्वकांक्षि काम आरम्भ गर्न सकिनेछ । समाजसेवा तथा परोपकारि काममा मन जानेछ भने आफुभन्दा तत्लो स्तरका मानिसलाई सहयोग गरि नाम कमाउँन सकिनेछ । पढाई लेखाईमा सुधार भएर जानेछ भने पढ्ने सवालमा नै देश बिदेशको यात्रा तय गर्न सकिनेछ । खानपानमा ध्यान दिनुहोला स्वास्थ्य सम्बन्धि समस्या आउँन सक्छ ।
कन्या (टो,पा,पी,पू ,ष,ण,ठ,पे,पो) व्यापार व्यावसायमा लाभ तथा सुगम स्थानमा स्थानान्तरणको अधिक सम्भावना रहेकोछ । कृषि तथा पशुपालन व्यावसाय फस्टाएर भने फस्टाएरु जानेछ । आत्मिय साथि तथा आफन्त सँग काममा सहकार्य बढ्नेछ भने आमा तथा आमा सरहका मानिसबाट आर्थिक सहयोग पाईने ग्रहयोग रहेको छ । प्रतिश्पर्धिहरुले काममा अवरोध पु¥याउँन खोजेपनि तपाईकै पक्षमा नतिजा आउँनेछ । अध्ययन तथा अध्यापनमा सुधार भएर जानेछ । राजनिति तथा समाजसेवामा जनताको समर्थन पाईने हुँदा मन खुसि रहने तथा समाजमा मान सम्मानमा बृद्धि भएर जाने ग्रहयोेग रहेकोछ ।
तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते¬) व्यावसायमा लगानि गरेपनि आम्दानि थोरै हुँने हुँदा दैनिक गुजारा गर्न गाह्रो हुनेछ । माया प्रेममा धोका हुँनेछ भने परिवारमा झै झगडा हुँने अधिक सम्भावना रहेको छ ।  बाहिरि बाताबरणको ख्याल गर्नुहोला सामान्य स्वास्थ्य सम्बन्धि सामान्य समस्याले सताउँनेछ । बावविवाद तथा प्रतिश्पर्धामा प्रतिश्पर्धिहरु हावि हुँने भएकाले पढाई लेखाईमा अलि बढिनै मेहनेत गर्नुपर्नेछ । दाजुभाई तथा छिमेकिसँगको सम्बन्धमा गिरावट आउँनेछ भने समयमा काम नबन्ने हुँदा मनमा निरासा पैदा हुँनेछ ।  आफन्त बिचनै सैद्धान्तिक राय बाजिने हुँदा निचोड निकाल्न समय लाग्ने ग्रहयोग रहेकोछ ।
बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू) प्रशस्त समय लगानि गरेपनि समयमा काम नबन्ने हुँदा मनमा निरासा पैदा हुँनेछ । व्यावसायमा लगानि गरेपनि आम्दानि थोरै हुँने हुँदा दैनिक गुजारा गर्न गाह्रो हुनेछ । माया प्रेममा धोका हुँन हुँनेछ भने परिवारमा झै झगडा हुँने सम्भावना अधिक रहेको छ । सामान्य स्वास्थ्य सम्बन्धि सामान्य समस्याले सताउँनेछ । बिद्यामा अरु भन्दा पछि परिने हुँदा मन खिन्न हुँनेछ । कामको सवालमा आफ्नै मानिससँग प्रतिश्पर्धा गर्नुपर्नेछ भने प्रतिश्पर्धामा अरुभन्दा पछिप परिने चिन्ताले सतार्ईरहनेछ । आफन्त तथा कुटुम्बसँग सन्तुलित ब्याबहार गर्दै अगाडि बढ्नु नै राम्रो रहनेछ ।
धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) आम्दानिका स्रोत पहिल्याउन सकिनेछ भने सामाजिक कामगर्दै नाम कमाउँन सकिनेछ । नौलो प्रकृतिको काम गरि आयस्रोतमा बृद्धि गर्न सकिनेछ । बिभिन्न किसिममा भौतिक लाभ हुँनेछ भने सवारि साधन प्राप्तिको योग रहेको छ । पढाई लेखाईमा उत्कृष्ट नतिजा ल्याउँदै अरुभन्दा अग्र पंत्तिमा तपाईको नाम आउँनेछ । गित संगित तथा मोडलिङ पेशा व्यावसायमा समय लगानि गर्नेहरुले प्रसस्त रुपैया पैसा कमाउँने योग रहेकोछ । व्यावसायबाट मनग्गे फाईदा हुँनेछ भने घर परिवारमा सुखद समाचारले थप उत्साह जगाउँनेछ ।
मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) लामो दुरिको बैदेशिक यात्राको तय हुँनेछ भने बिदेशि सामानको व्यापार व्यावसाय फस्टाएर जानेछ । स्वास्थ्य सम्बन्धि सामान्य समस्या देखापर्न सक्ने तथा उपचार खर्च बढ्ने योग रहेको छ । पढाई लेखाईमा मन नजाने हुँनाले अरु भन्दा पछि परिनेछ भने माया प्रेममा एक अर्काबिच बैमनस्यता बढ्नेछ । घर भित्रकै मानिसहरुबाट धोका हुँने सम्भावना रहेकोले सचेत रहनुहोला । काम गर्दा साबधानि अपनाउँनुहोला खराब ब्याक्तिको बिश्वास गर्नाले कामहरु बिग्रन सक्छ । न्यून पारिश्रमिकमा दिनभर समय ब्यातित गर्नुपर्दा अन्य काममा समय दिन सकिने छैन ।
कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) पढाई लेखाई तपाई आफ्नै कारणले बिग्रन सक्छ ध्यान दिनु होला ।  काम तथा अध्ययनको शिलशिलामा बिदेश यात्राको गतिलो सम्भावना रहेको छ । परिवार तथा आफन्त सँग भेटघाटका क्रममा खानपानमा ध्यान दिनुहोला सामान्य स्वास्थ्य सम्बन्धि समस्या आउँन सक्छ । कुनै पनि आर्थिक कारोबार गर्दा सचेत हुँनुहोेला आर्थिक कारोबार बिग्रिने तथा जरिवाना हुँने सम्भावना रहेकोछ । स्वास्थ्यमा समस्या आई उपचार खर्च बढेर जाने ग्रहयोग रहेकोेछ । दाजुभाई तथा आफन्तबिच मनमुटाब बढ्ने ग्रहयोग रहेकोले सन्तुलित व्याबहार गर्दै अगाडि बढ्नुहोला ।
मीन (दी दू थ झ ञ दे दो चा ची) पढाई लेखाईमा अरुभन्दा पछि परेको भान हुँनेछ भने काम गर्दा ख्याल गर्नुहोला काममा बाधा तथा दुख दिनेहरु सक्रिय हुँनेछन् । मान सम्मान तथा ईज्जत प्रतिष्ठामा दाग लाग्न सक्छ ध्यान दिनुहोला । आफ्ना कमजोरिहरु भरसक लुकाउँने प्रयास गर्नुहोला अरुले आलोचना गर्न सक्ने तथा काम गर्दा होस पुर्याउनु जरुरि देखिन्छ खुट्टा तान्नेहरु सक्रिय हुनेछन् ।  मेहनेतको फल अरुले नै हत्याउँन कोषिस गर्नेछन् । कामको सन्द्रर्भमा बिवाद सिर्जना हुन सक्छ । पढाई लेखाईमा ध्यान नदिए अरुभन्दा पछि परिन सकिन्छ । व्यावसायमा भने जस्तो आम्दानि नहुँने हुँनाले दैनिक गुजारा चलाउँन हम्मे हम्मे पर्नेछ ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा samacharpati@gmail.com मा पठाउनुहोला ।



प्रतिक्रिया लेख्नुहोस
सम्बन्धित