आजको राशिफल २०७४ असार २३ गते शुक्रबार, Today’s Horoscope, July 7

आजको राशिफल
बि.स.२०७४ आषाड २३ गते । शुक्रबार । ईश्वी सन् २०१७ जुलाई ०७ तारिख । नेपाल सम्बत् १९३७ । साधारण संवत्सर । उत्तरयण । ग्रीष्म ऋतु । श्रीशाके १९३९ । आषाड शुक्ल पक्ष । तिथि त्रयोदशी, ० घडी ४ पला, बिहान ५ बजेर १७ मिनेट उप्रान्त चतुर्दशी । नक्षत्र ज्येष्ठा १७ घडी १३ पला, दिउँसो १२ बजेर ०८ मिनेट उप्रान्त मूल ।

मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) चाहदा चाहदै पनि घरायसि सुख सुबिधाहरु प्रयोग गर्न नपाउँदा मन खिन्न हुँनेछ । काम बिग्रने हुँदा राजकिय सम्मान पाउँने योग टरेर जाने तथा राजनितिमा प्रतिश्पर्धिहरु हावि हुँनेछन् । स्वास्थ्यमा देखिने समस्याका कारण काम गर्न नसकेजस्तो हुँनेछ । घर परिवार तथा साथिहरुबाट टाडिएर परदेशको यात्रा गर्नुपर्दा असहज महशुस हुँनेछ । सवारि साधनको प्रयोग गर्दा साबधानि अपनाउँनुहोला अप्रिय घटना घट्ने योग रहेकोछ । अध्ययन अध्यापनमा अलि बढि समय खर्चिदा नतिजा आफैतिर ल्याउँन सकिनेछ । कुनै काम शुरु गर्नुभन्दा पनि पुरानै कामहरुलाई निरन्तरता दिनुहोला ।

बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वा) आफ्नै बलबुताले समाजमा राम्रा काम गरेर देखाउँन सकिनेछ भने आस मारेको काम बन्नाले उत्साह जाग्नेछ । भौतिक सम्पतिहरु जुट्नेछन् भने उपाहार प्राप्त हुँने योग रहेकोछ । सरकारि सम्पति तथा पृत्रिक सम्पति हात लागि हुँने प्रसस्त सम्भावना रहेको छ । आफन्त वा अग्रजहरुको सुझाब तथा सल्लाह मानेर अगाडि बढ्दा सफलता पाउँन सकिनेछ । नयाँ कामहरु गरेर आम्दानिका स्रोतहरु बढाउँन सकिनेछ । बिद्यामा राम्रो प्रगति हुँने हुँदा पढाई लेखाईमा मन जानेछ । बिभिन्न अवसरहरुले पछ्याउँने तथा आफन्तको सहयोगमा परिणाममुखि काम गर्न सकिनेछ ।

मिथुन (का,की,कू ,घ, ङ, छ ,के,को, हा) चुनौतिहरु पन्छाउदै रोकिएका कामहरु तिब्र गतिमा बढाउँन सकिनेछ भने सामाजिक क्षेत्रमा उपस्थिति जनाई ख्याति कमाउँने समय रहेकोछ । न्यालयबाट हुँने निर्णयहरु तपाईकै पक्षमा आउँने हुँनाले मन प्रशन्न हुँनेछ । समयले साथ दिनेहुँदा सानो प्रयत्नले महत्वपुर्ण कामहरु बन्नेछन् । अध्ययन तथा अनुशन्धानको क्षेत्रमा तपाईकै बर्चस्व रहनेछ । माया प्रेमको बन्धन कसिलो हुँनुको साथै पति पत्निबिचको सम्बन्ध सुदृड हुँनेछ । योग तथा ध्यानको माध्यामबाट समाज बिकासमा उल्लेखनिय सुधार गर्न सकिने हुँनाले सम्मानित हुँने योग रहेकोछ ।

कर्कट (ही, हू ,हे, हो, डा, डी, डु, डे, डो) एक साथ धेरै कामहरु गरि आम्दानिका स्रोतहरु फराकिला बनाउँन सकिनेछ । संगठन तथा टिम बनाएर गरिने कुनैपनि कामहरु सफलतापुर्वक सम्पन्न हुँनेछन् । आफ्ना कमि कमजोरिहरुलाई सच्उाउदै पढाई लेखाईमा भनेजस्तो नतिजा हात लाग्ने हुँदा आफन्तहरु खुसि हुँनेछन् । बिबाह बन्धनमा बाधिने गतिलो सम्भावना रहेकोछ भने भौतिक सम्पति प्राप्तिको गतिलो योग रहेकोछ । पारिवारिक यात्राका क्रममा नयाँ ठाउँमा तथा स्वादिष्ट भोजनका साथ रमाउँन सकिनेछ । सहयोग गर्ने तथा दुख सुखमा साथ दिने धेरै भेटिने हुँदा मनोबल बढेर जानेछ ।

सिहं (मा, मी, मू ,मे,मो, टा, टी, टू ,टे) आय आर्जनका स्रोतहरु एक्कासि साघुरा हुँने हुँनाले तपाईले बनाएका योजनाहरु बिफल हुँन सक्छ । घर परिवार तथा आफन्तबिच घरायसि कुरामा बिवाद निम्तिनेछ भने कुनै योजना भए थाति राख्नुहोला । आफन्त तथा साथिभाईसँग आर्थिक कारोबार पुराना नगर्नुहोला अनाबस्यक बिवाद सिर्जना हुँनेछ । चिताएको काममा बाधा हुँने तथा सोचेजस्तो नहुँनाले दैनिक कामगर्न गाह्रो महशुष हुँनेछ । बिना कारण तनाव बढ्ने तथा पढाई लेखाईमा पछि परिनेछ । गलत कामहरु भुलेरपनि नगर्नुहोला तुरुन्तै दण्ड तथा जरिवाना हुँने समय रहेकोछ ।

कन्या (टो,पा,पी,पू ,ष,ण,ठ,पे,पो) माया प्रेममा सामिप्यता बढेर जाने तथा मिल्ने साथिको सहयोगले कामहरु बन्नेछन् । रोकिएर बसेका कामहरु बन्नुको साथै बिस्तारै नयाँ काम बन्नेछन् । पढाई लेखाईमा सुधार गर्दै सफलताको नजिक पुग्न सकिनेछ । छिमेकिहरु माझ राम्रो कामगरि प्रशिद्धि कमाउँन सकिनेछ । समाजिक सम्बन्धहरु सुदृड भएर जानेछन् भने खेलकुद तथा यस्तै पराक्रमी क्रियाकलापहरु सफलता पुर्वक सम्पन्न हुँनेछन् । दाजुभाई तथा बन्धुबान्धबको सहयोग पाईने हुँनाले जोसिलो काम गर्ने जागर आउँनेछ । सानो प्रयत्नले राम्रो काम गरि फाईदा लिन सकिनेछ भने प्रतिश्पर्धिहरु परास्त हुँनेछन् ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते¬) पढाई लेखाईमा सुधार आई अरुभन्दा अग्र पंत्तिमा तपाईको नाम आउँनेछ । व्यापार फस्टाएर जाने हुँनाले दैनिकी फेरिनेछ भने छोटो तथा रमाईलो यात्राको तय हुँनेछ । परिवार तथा आफन्तका साथ मिष्टान्न भोजन ग्रहण गर्ने समय मिल्नेछ । तर्कशक्ति तथा बोलिको प्रभाव बढ्ने हुँदा बोलिकै भरमा कामहरु बन्नेछन् । रोकिएर बसेका कामहरु बन्नेछन् भने नयाँ काम गरि भनेजस्तो कमाई गर्न सकिनेछ । माया प्रेममा सामिप्यता बढ्ने तथा घर परिमा पति पत्निबिच मायाको डोरो कसिलो भएर जानेछ । कुटुम्ब तथा आफन्त सँगको सुमधुर सम्बन्धले कामहरु गर्न सहज हुँनेछ ।

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू) अध्ययनमा सुधार भएर जानेछ भने अरुलाई पछाडि छोडेर अग्र पंतिमा आउँन सकिनेछ । परिवारका साथ रमाईलो बाताबरणमा स्वादिष्ट भोजन ग्रहण गर्ने अवसर प्राप्त भएपनि खानपानमा ध्यान नदिदा स्वास्थ्य सम्बन्धि समस्या देखापर्न सक्छ । मेहनेत गर्दा आटेको काम बन्नेछ भने जुझारु कार्यशैलिले लक्ष्य तथा गन्तब्य पहिल्याउँन सहज हुँनेछ । व्यावसाय फस्टाएर भने लगानिको नयाँ बाताबरण बन्नेछ भने आम्दानिमा बढोत्तरिको योग रहेकोछ । दुख सुखमा साथ दिनेहरु प्रशस्त भेटिनेछन् । क्षमता प्रदशन गरेर नाम तथा दाम दुबै कमाउँन सकिनेछ ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) आफ्नो हातमा आउँनै लागेको काम अरुतिर जानाले अर्थ अभाव हुँनेछ । लामो दुरिको बैदेशिक यात्राको तय हुँनेछ भने बिदेशि सामानको व्यापार व्यावसाय फस्टाएर जानेछ । अनाबस्यक खर्च तथा दैनिक खर्च बढेर जानेछ । न्यून पारिश्रमिकमा दिनभर समय ब्यातित गर्नुपर्दा अन्य काममा समय दिन सकिने छैन । अल्छि गर्नेबानिले कामहरु बिग्रन सक्छ । स्वास्थ्य सम्बन्धि सामान्य समस्या देखापर्न सक्ने तथा उपचार खर्च बढ्ने योग रहेको छ । अवसरको खोजिको लागि दौडधुप हुँने भएपनि समयमा काम नबन्नाले अरुभन्दा पछि परिनेछ । माया प्रेम गर्ने समय नरहेकोले टाडै रहनुहोला ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) सरकारि धन तथा पैत्रिक धन सम्पति हात लागि हुँने सम्भावना रहेको छ । दाजुभाई तथा आफन्तबाट भने जस्तो सहयोग हुँने हुँदा ईच्चा आकांक्षा तथा मनोकामना पुरा हुने समय रहेको छ । आफ्नै बलबुताले सवारि साधन तथा अन्य सम्पतिहरु जोड्न सकिनेछ । अध्ययन अध्यापनमा सुधार गर्दै अरुभन्दा अगाडि बढ्न सकिनेछ । चाहेको तथा आटेको काम सम्पादन हुँने हुँदा मनग्गे धन आर्जन गर्न सकिनेछ । आफ्नो क्षमता प्रयोग गरि असहज परिस्थितिलाई सहज बनाउँन सकिनेछ भने व्यापार व्यावसायमा लगानि गरि आम्दानिका स्रोतहरु बढाउँन सकिनेछ ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) पढाई लेखाईमा सुधार हुँने हुनाले अरु भन्दा अगाडि बढ्न सकिनेछ । तपाईले सुरु गरेका काममो धेरैले प्रशंसा गर्नेछन् भने ईच्चा आकांक्षा तथा मनोकामना पुरा हुँने समय रहेको छ । दाजुभाई तथा आफन्तबाट भनेजस्तो सहयोग पाईने हुँनाले मन प्रशन्न हुँनेछ । सवारि साधन तथा अन्य मानव निर्मित भौतिक सम्पति हातलागि हुँने योग रहेकोछ भने माया प्रेममा एक अर्काबिच सामिप्यता बढेर जानेछ । सरकारि धन तथा पैत्रिक सम्पति परिचालन गरि रोजगारिका अवसर सिर्जना गर्न सकिने तथा मनग्गे धन सम्पति कमाउँन सकिनेछ । व्यापार व्यावसायमा लगानि गरि आम्दानिका स्रोतहरु फराकिला बनाउँन सकिनेछ ।

मीन (दी दू थ झ ञ दे दो चा ची)सम्मानित काम गरि सबैको मन जित्न सकिनेछ भने व्यापार व्यावसायमा प्रसश्त आम्दानि गर्न सकिनेछ । नयाँ काम पाउँने तथा गरिरहेको काममा बढुवा हुँने योग रहेको छ । पारिवारिक माहोलमा भेला भई मिष्टान्न भोजन ग्रहण गर्न सकिनेछ । बिवाद तथा प्रतिष्ठाको लडाईमा तपाईको जित निश्चित हुँनेछ । परिवारजनको सहयोगले महत्वपुर्ण कामहरु बन्नेहुँनाले आर्थिक अवस्था सुदृड हुँनेछ । पढाई लेखाईमा प्रतिश्पर्धिहरु भन्दा निकैनै अगाढि बडि पुरस्कार तथा प्रशंसापत्र जित्न सकिनेछ । साथिभाई तथा शुभचिन्तक हरुको साथ तथा समर्थन रहने हुँनाले दैनिक कामहरु गर्न सहज हुँनेछ ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा samacharpati@gmail.com मा पठाउनुहोला ।



प्रतिक्रिया लेख्नुहोस
सम्बन्धित