लायन्स क्लवअफ पोखरा सिर्जना चौतारीको वृक्षरोपण

समाचारपाटी, पोखरा, २२ असार । लायन्स क्लव अफ पोखरा सिर्जना चौतारीले बिहिबार वृक्षरोपण कार्यक्रम सम्पन्न गरेको छ । पोखरा लेखनाथ महानगरपालिका वडा नं. २० मारहेको महेन्द्र माविको प्राङ्गगणमा गरिएको कार्यक्रमको उद्घाटन डिष्ट्रिकका वृक्षरोपण कमिटि चियर पर्सन बालकृष्ण बरालले गरे । कार्यक्रममाबोल्दै उनले डिस्ट्रिकको वार्षिक कार्यक्रम अन्तर्गत विभिन्न ठाउँमा वृक्षरोपण कार्यक्रमको आयोजना गरिएको बताए । क्लबले गर्ने सामाजिक कार्यक्रममा डिस्ट्रिकले सदैव सहयोग गर्ने प्रतिवद्धता उनको थियो ।

पोखरा सिर्जना चौतारीका कार्यवाहकअध्यक्ष जितबहादुर थापा गोपालको अध्यक्षतामा भएको कार्यक्रममा जोन चियर पर्सन बसन्तगिरी, लायन्स क्लवअफपोखरा फेवा वेगनास चौतारीका संस्थापकअध्यक्ष सन्तोष घिमिरे, महेन्द्र मावीविद्यालयव्यवस्थापन समितिअध्यक्ष सुर्य विलास पौडेल, प्रधानध्यापक काली प्रसाद पौडेल, युनीटि चौतारी अध्यक्ष सरस्वती गिरी, पोखरा फेवा वेगनास चौतारी अध्यक्ष पुरुषोत्तम भण्डारी, विरौटा साझा चौतारीकाअध्यक्ष सिता पहारी, युनिकचौतारी अध्यक्ष एकराजगिरी, कार्यक्रम संयोजक जीवन गोर्खाली लगायतले बोलेकाथिए ।वृक्षरोपण कार्यक्रममा१ सय ५० थान विभिन्न प्रजातीका विरुवा रोपिएको क्लवले जनाएको छ ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा samacharpati@gmail.com मा पठाउनुहोला ।



प्रतिक्रिया लेख्नुहोस
सम्बन्धित