प्रधानमन्त्री शेरबहादुर देउवालाई स्वागत गर्न भारत आतुर : परराष्ट्रमन्त्री महरा

समाचारपाटी, काठमाडौँ, २१ असार । उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महराले प्रधानमन्त्री शेरबहादुर देउवालाई स्वागत गर्न भारत आतुर रहेको बताउनु भएको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणको मिति दुवै देशका राजदुतहरुलाई तय गर्ने जिम्मेवारी दिइएको पनि स्पष्ट पार्नु भयो । व्यवस्थापिका संसदको बुधबारको बैठकमा आफ्नो भारत भ्रमणबारे जानकारी दिँदै उहाँले भारतीय समकक्षी सुष्मा स्वराजसँगको भेटमा द्धिपक्षीय हितका विविध विषयमा छलफल भएको पनि बताउनु भयो ।

परराष्ट्रमन्त्री महराले भारतले नेपालका संचालन गरेका परियोजनाहरु छिटो सम्पन्न गरिसक्ने प्रतिवद्धता समेत जनाएको पनि संसदलाई जानकारी गराउनु भयो ।

परराष्ट्रमन्त्री महराले भारतमा लागू गरिएको नयाँ कर नीतिले नेपालमा पारेको समस्या समाधान गर्न सचिव स्तरीय बैठक बस्ने सहमति भएको पनि उल्लेख गर्नुभयो । भारतले एक साता अघि लागू गरेको नयाँ कर नीतिका कारण नेपाली मालबहाक कन्टेनरहरु सिमावर्ती क्षेत्रमा रोकिएका छन भने राजस्व असुलीमा समेत समस्या देखिएको छ । परराष्ट्रमन्त्री महराले आगामी अगष्टमा हुने विमस्टेक बैठकमा भाग लिन भारतीय विदेश मन्त्री स्वराज नेपाल आउने पनि जानकारी दिनु भयो ।

परराष्ट्रमन्त्री महराले स्थानीय तह दोस्रो चरणको निर्वाचन पनि सफलतापूर्वक सम्पन्न गरेकोमा भारतले नेपाल सरकारलाई बधाई दिएको पनि उल्लेख गर्नु भयो । परराष्ट्रमन्त्री महरा भारतीय समकक्षी सुष्मा स्वराजको नियन्त्रणमा गत आईतबार भारत भम्रणमा जानु भएको थियो ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा samacharpati@gmail.com मा पठाउनुहोला ।



प्रतिक्रिया लेख्नुहोस
सम्बन्धित