उज्यालाे प्रतिष्ठान नेपालकाे अायाेजनामा पाेखरामा उद्यमशिलता विकास तालिम सुरु

समाचारपाटी, पाेखरा, २० असार । उज्यालो प्रतिष्ठान नेपालकाे अायाेजनामा पाेखरामा ३ दिने उद्यमशिलता विकास तालिम सुरु भएकाे छ ।

कार्यक्रममा प्रमुख अतिथि पाेखरा लेखनाथ महानगरपालिका वडा नम्बर ८ का अध्यक्ष रुद्रनाथ बरालले अाफुले अपांगताकाे क्षेत्रमा सक्दाे सहयाेग गर्ने प्रतिवद्दता व्यक्त गर्नुभयाे । विशेष अतिथि पाेखरा लेखनाथ महानगरपालिकाका सामाजिक शाखाका प्रमुख अाेमराज पाैडेलले तालिममा सिकेका कुराहरु व्यवहारमा उतार्दै उद्यमि बन्न सुझाव दिनुभयाे ।

तालिममा सामानको विक्री कसरी गर्ने, ग्राहाक मनेटिभेसन, व्यवसायका चुनाैति लगायत, व्यवसायीलाई अाइपर्ने समस्या र समाधानकाे विषायमा तालिम केन्द्रीत रहनेछ ।

तालिममा नेत्रहिन संघका केन्द्रीय सचिव शिशिर खनाल, नेपाल सस्कृत विश्वविद्यालयका उपप्राध्यापक याेगराज पाैडेल, रेडियो सफलताका प्रवन्ध निर्देशक दुर्गा अधिकारी, लक्ष्मी अादर्श बहुमुखी क्याम्पसका प्राध्यापक खिमानन्द पाैडेल, उज्यालाे प्रतिष्ठान नेपालका अध्यक्ष पार्वति शर्मा, राज संशार श्रेष्ठ, श्रीकान्त सापकाेटा, खुमराज शर्मा लगायतले प्रशिक्षण दिनुहुनेछ ।

तालिममा २१ जनाकाे सहभागिता रहेकाे उज्यालाे प्रतिष्ठान नेपालका अध्यक्ष पार्वति शर्मा जानकारी दिनुभयाे ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा samacharpati@gmail.com मा पठाउनुहोला ।



प्रतिक्रिया लेख्नुहोस
सम्बन्धित