आजको राशिफल २०७४ असार २१ गते बुधबार, Today’s Horoscope, July 5 | 🔥 Nepal’s Popular Horoscope 🔥

आजको राशिफल
बि.स.२०७४ आषाड २१ गते । बुधबार । ईश्वी सन् २०१७ जुलाई ०५ तारिख । नेपाल सम्बत् १९३७ । साधारण संवत्सर । उत्तरयण । ग्रीष्म ऋतु । श्रीशाके १९३९ । आषाड शुक्ल पक्ष । तिथि द्वादशी,५५ घडि ०७ पला । नक्षत्र बिशाखा ४ घडी २७ पला, बिहान ७ बजेर ०१ मिनेट उप्रान्त अनुराधा ।चन्द्रराशि बृश्चिक ।

काठमाडौंमा सूर्योदय ०५ बजेर १५ मिनेट, सूर्यास्त बेलुका ०७ बजेर ०२ मिनेट जादा । दिनमान ३४ घडी २८ पला ।

मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) घर परिवार तथा आफन्तबिच घरायसि कुरामा बिवाद निम्तिनेछ भने कुनै योजना भए थाति राख्नुहोला । आफन्त तथा साथिभाईसँग आर्थिक कारोबार पुराना नगर्नुहोला अनाबस्यक बिवाद सिर्जना हुँनेछ । चिताएको काममा बाधा हुँने तथा सोचेजस्तो नहुँनाले दैनिक कामगर्न गाह्रो महशुष हुँनेछ । बिना कारण तनाव बढ्ने तथा पढाई लेखाईमा पछि परिनेछ । गलत कामहरु भुलेरपनि नगर्नुहोला तुरुन्तै दण्ड तथा जरिवाना हुँने समय रहेकोछ । आय आर्जनका स्रोतहरु एक्कासि साघुरा हुँने हुँनाले तपाईले बनाएका योजनाहरु बिफल हुँन सक्छ ।

बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वा) बिबाह बन्धनमा बाधिने गतिलो सम्भावना रहेकोछ भने भौतिक सम्पति प्राप्तिको गतिलो योग रहेकोछ । पारिवारिक यात्राका क्रममा नयाँ ठाउँमा तथा स्वादिष्ट भोजनका साथ रमाउँन सकिनेछ । सहयोग गर्ने तथा दुख सुखमा साथ दिने धेरै भेटिने हुँदा मनोबल बढेर जानेछ । एक साथ धेरै कामहरु गरि आम्दानिका स्रोतहरु फराकिला बनाउँन सकिनेछ । संगठन तथा टिम बनाएर गरिने कुनैपनि कामहरु सफलतापुर्वक सम्पन्न हुँनेछन् । आफ्ना कमि कमजोरिहरुलाई सच्उाउदै पढाई लेखाईमा भनेजस्तो नतिजा हात लाग्ने हुँदा आफन्तहरु खुसि हुँनेछन् ।

मिथुन (का,की,कू ,घ, ङ, छ ,के,को, हा) बिवाद तथा न्यायिक निर्णयहरुबाट हुँने सुनुवाई तपाईकै पक्षमा हुँने हुँनाले मन प्रशन्न हुँनेछ । पढाई लेखाईमा प्रतिद्धन्द्धिहरुलाई किनारा लगाउँदै नतिजा आफ्नो पोल्टोमा पार्न सकिनेछ । व्यावसायमा प्रशस्त आम्दानि हुँने तथा पुराना कारोबारहरुलाई सल्टाउँने समय रहेकोछ । सत्रुले दुख दिन खोजे पनि अन्तत उनिहरुलाई परास्त गर्दै अगाडि बढ्न सकिनेछ । आफन्त तथा मावलि पक्षबाट सहयोगको अपेक्षा गर्न सकिनेछ । पुराना ऋणबाट छुट्करा पाईने हुँनाले मन प्रशन्न हुँनेछ । सामान्य हाडजोर्नि सम्बन्धि समस्या आउँने सम्भावना रहेकोछ सचेत रहनुहोला ।

कर्कट (ही, हू ,हे, हो, डा, डी, डु, डे, डो) बौद्धिक ब्याक्तित्वहरु सामु तपाईले प्रस्तुत गर्नुभएको प्रश्तुति सान्द्रर्भिक लाग्नेछ । पढाई लेखाईमा मेहनेत गरि भनेजस्तो नतिजा ल्याउँन सकिनेछ । माया प्रेममा सामिप्यता बढेर जानेछ भने आत्मिय मित्रको सहयोगले नयाँ कामको थालनि गर्न सकिनेछ । अध्यात्म तथा दर्शन शास्त्रतिर ध्यान जाने तथा मनका भावनाहरु साथिभाईहरु समक्ष पोख्न सकिनेछ । सन्तान प्राप्तिको योगलाई नकार्न सकिनेछैन भने आफन्तहरुको प्रगति देख्न पाईनेछ । शिक्षा क्षेत्रसँग सम्बन्धित व्यावसाय फस्टाएर जानेछ भने अन्य व्यावसायमा नाँफा कमाउँन केहि समय पर्खनु पर्नेछ ।

सिहं (मा, मी, मू ,मे,मो, टा, टी, टू ,टे) सवारि साधनको प्रयोग गर्दा साबधानि अपनाउँनुहोला अप्रिय घटना घट्ने योग रहेकोछ । अध्ययन अध्यापनमा अलि बढि समय खर्चिदा नतिजा आफैतिर ल्याउँन सकिनेछ । कुनै काम शुरु गर्नुभन्दा पनि पुरानै कामहरुलाई निरन्तरता दिनुहोला । चाहदा चाहदै पनि घरायसि सुख सुबिधाहरु प्रयोग गर्न नपाउँदा मन खिन्न हुँनेछ । काम बिग्रने हुँदा राजकिय सम्मान पाउँने योग टरेर जाने तथा राजनितिमा प्रतिश्पर्धिहरु हावि हुँनेछन् । छातिमा देखिने समस्याका कारण काम गर्न नसकेजस्तो हुँनेछ । घर परिवार तथा साथिहरुबाट टाडिएर परदेशको यात्रा गर्नुपर्दा असहज महशुस हुँनेछ ।

कन्या (टो,पा,पी,पू ,ष,ण,ठ,पे,पो) सानो प्रयत्नले राम्रो काम गरि फाईदा लिन सकिनेछ भने प्रतिश्पर्धिहरु परास्त हुँनेछन् । माया प्रेममा सामिप्यता बढेर जाने तथा मिल्ने साथिको सहयोगले कामहरु बन्नेछन्् । रोकिएर बसेका कामहरु बन्नुको साथै बिस्तारै नयाँ काम बन्नेछन् । पढाई लेखाईमा सुधार गर्दै सफलताको नजिक पुग्न सकिनेछ । छिमेकिहरु माझ राम्रो कामगरि प्रशिद्धि कमाउँन सकिनेछ । समाजिक सम्बन्धहरु सुदृड भएर जानेछन् भने खेलकुद तथा यस्तै पराक्रमी क्रियाकलापहरु सफलता पुर्वक सम्पन्न हुँनेछन् । दाजुभाई तथा बन्धुबान्धबको सहयोग पाईने हुँनाले जोसिलो काम गर्ने जागर आउँनेछ ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते¬) पढाई लेखाईमा सुधार आई अरुभन्दा अग्र पंत्तिमा तपाईको नाम आउँनेछ । व्यापार फस्टाएर जाने हुँनाले दैनिकी फेरिनेछ भने छोटो तथा रमाईलो यात्राको तय हुँनेछ । परिवार तथा आफन्तका साथ मिष्टान्न भोजन ग्रहण गर्ने समय मिल्नेछ । तर्कशक्ति तथा बोलिको प्रभाव बढ्ने हुँदा बोलिकै भरमा कामहरु बन्नेछन् । रोकिएर बसेका कामहरु बन्नेछन् भने नयाँ काम गरि भनेजस्तो कमाई गर्न सकिनेछ । माया प्रेममा सामिप्यता बढ्ने तथा घर परिमा पति पत्निबिच मायाको डोरो कसिलो भएर जानेछ । कुटुम्ब तथा आफन्त सँगको सुमधुर सम्बन्धले कामहरु गर्न सहज हुनेछ ।

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू) पढाई लेखाईमा उत्कृष्ट नतिजा ल्याउँदै अरुभन्दा अग्र पंत्तिमा तपाईको नाम आउँनेछ । गित संगित तथा मोडलिङ पेशा व्यावसायमा समय लगानि गर्नेहरुले प्रसस्त रुपैया पैसा कमाउँने योग रहेकोछ । व्यावसायबाट मनग्गे फाईदा हुँनेछ भने घर परिवारमा सुखद समाचारले थप उत्साह जगाउँनेछ । आम्दानिका स्रोत पहिल्याउन सकिनेछ भने सामाजिक कामगर्दै नाम कमाउँन सकिनेछ । नौलो प्रकृतिको काम गरि आयस्रोतमा बृद्धि गर्न सकिनेछ । बिभिन्न किसिममा भौतिक लाभ हुँनेछ भने सवारि साधन प्राप्तिको योग रहेको छ ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) काम गर्दा साबधानि अपनाउँनुहोला खराब ब्याक्तिको बिश्वास गर्नाले दण्ड तथा जरिवाना तिर्नुपर्नेछ । पढाई लेखाईमा मन नजाने हुँनाले अरु भन्दा पछि परिनेछ भने माया प्रेममा एक अर्काबिच बैमनस्यता बढ्नेछ । घर भित्रकै मानिसहरुबाट धोका हुँने सम्भावना रहेकोले सचेत रहनुहोला । न्यून पारिश्रमिकमा दिनभर समय ब्यातित गर्नुपर्दा अन्य काममा समय दिन सकिने छैन । लामो दुरिको बैदेशिक यात्राको तय हुँनेछ भने बिदेशि सामानको व्यापार व्यावसाय फस्टाएर जानेछ । स्वास्थ्य सम्बन्धि सामान्य समस्या देखापर्न सक्ने तथा उपचार खर्च बढ्ने योग रहेको छ ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी¬) व्यापार व्यावसायमा लगानि गरि आम्दानिका स्रोतहरु बढाउँन सकिनेछ । दाजुभाईले तपाईको काममा सहयोग गर्ने हुँनाले ठुला तथा उपलब्धिमुलक काम गर्न सकिनेछ । मानव निर्मित तथा भौतिक साधनहरु प्राप्तीको योग रहेकोछ । साना तिना समस्या देखिएपनि लगनशिल भएर लाग्नाले सफलताको शिखर चुम्ने ग्रहयोग रहेकोछ । पढाई लेखाईमा सुधार हुँने हुनाले अरु भन्दा अगाडि बढ्न सकिनेछ । ईच्चा आकांक्षा तथा मनोकामना पुरा हुने समय रहेको छ । सरकारि धन तथा पैत्रिक धन सम्पति हात लागि हुँने सम्भावना रहेको छ ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) माया प्रेममा एक अर्काको साथ रहने हुँनाले मन प्रशन्न हुँनेछ । सत्रु परास्त हुनेछने भने बिद्या तथा प्रतिश्पर्धामा तपाईकै नाम आउँनेछ । नयाँ नयाँ कामको प्रस्ताब आउँनेछ भने नोकरिमा पदोन्नति हुँनेछ । उत्पादनमुलक क्षेत्रमा लगानि गरि प्रसस्त रुपैया पैसा कमाउँने योग रहेको छ । व्यापार व्यावसायमा भने जस्तो नाफा कमाउँन सकिनेछ । छोटो समयमा नाम तथा दाम कमाउँन सकिने हुँदा घर परिवारमा खुसियालि छाउँनेछ । माया प्रेममा सामिप्यता बढेर जानेछ । राजनिति तथा समाजसेवामा समय दिनेहरुले जनताको गतिलो समर्थन प्राप्त गर्नेछन् ।

मीन (दी दू थ झ ञ दे दो चा ची) खोज तथा अनुशन्धानको क्षेत्रमा राम्रो प्रगति हुँने योग रहेकोछ । लामो दुरिको शैक्षिक तथा धार्मिक यात्राको प्रवला सम्भावना रहेकोछ । भाग्यले साथ दिने हुँदा थोरै लगानिबाट पनि प्रशस्त रुपैया पैसा कमाउँन सकिने तथा आर्थिक रुपमा सबल हुँने ग्रहयोग रहेकोछ । प्रशासनिक क्षेत्रमा तपाईको बर्चश्व रहनेछ भने सामाजिक उत्तरदायित्व बहन गर्ने समय रहेकोछ । धार्मिक प्रतिष्ठान तथा मन्दिरतिरको यात्रा गरि टिका तथा प्रसाद ग्रहण गर्ने अवसर जुर्नेछ । साथिभाई तथा आफन्तको सहयोगमा नयाँ योजना बनाई कार्यान्वयनको चरणमा लान सकिनेछ

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा samacharpati@gmail.com मा पठाउनुहोला ।



प्रतिक्रिया लेख्नुहोस
सम्बन्धित