रुपन्देहीको सैनामैना नगरपालिकामा एमाले बिजयी

समाचारपाटी १९ असार – बुटवल :  रुपन्देहीको सैनामैना नगरपालिकामा एमाले विजयी भएको छ । प्रमुख र उपप्रमुख सहित ९ वटा वडामा एमालेले जित हासिल गरेको हो । मेयरमा चित्रबहादुर कार्की विजयी हुनुभएको छ । उहाँले १३ हजार ३६ मत प्राप्त गर्नुभएको छ ।

उपमेयरमा बिना राना बिजयी हुनुभयो । उहाँको १२ हजार ९ सय ६१ मत रहेको छ । मेयरका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका फणिन्द्र शर्माले १० हजार ३ सय ५ मत प्राप्त गर्नुभयो । उपमेयरमा कांग्रेसकै लक्ष्मी चौधरीले ९ हजार ७ सय ९ मत पाउनुभएको निर्वाचन कार्यालयले जनाएको छ । दुई वडामा मात्रै कांग्रेसले जितेको छ । कांग्रेसले ११ वडामा वडाध्याक्ष र वडा नम्बर ४ मा प्यानलै जितेको हो । अन्य ९ वटा वडामा एमालेले प्यानलै जितेको छ ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा samacharpati@gmail.com मा पठाउनुहोला ।



प्रतिक्रिया लेख्नुहोस
सम्बन्धित