काठमाडौंका कर्मचारीले सुरु गरे विराटनगरको मतगणना

समाचारपाटी १९ असार – विराटनगर : विराटनगर महानगरको मतगणना गर्न काठमाडौबाट आएका कर्मचारी खटिएका छन । केन्द्रले सोमबारबाट खटाएका आठजना कर्मचारीले मतगणनाको काम थालेका सुरु गरेका छन् ।आयोगले सूचना जारी गरी विराटनगरका कर्मचारीलाई सहयोग गर्न आह्वान गरेपनि रुची नदेखाएपछि मतगणना गर्न निर्वाचन आयोगले काठमाडौंका कर्मचारी पठाएको हो । महानगरको मतगणना अति नै सुस्त गतिमा भई रहेको छ । गणना सुरु भएको पाँच दिन वित्दासमेत गति बढ्न नसकेपछि केन्द्रीय टोली मगाईएको हो ।

आयोगका उपसचिव विसखसेन ढकालको नेतृत्वमा दिउँसो ६ पुरुष र २ महिला कर्मचारी गरी ८ जनाको टोली विराटनगर आएको हो । ढकालले भन्नभयो, ‘प्राविधिक तथा अन्य गणनाका सबै काममा सघाउन आएका हौं ।’ उहाँसँगै अधिकृत स्तरका कर्मचारी आदर्श विद्यालयको गणनास्थलमा आई काम सुरु गरेका छन ।

जिल्लामा कर्मचारीको व्यवस्थापन मिलाउने जिम्मा जिल्ला प्रशासन कार्यालयको हुन्छ तर, जिल्ला प्रशासनले समेत आयोगको काममा असहयोग गरेको गुनासो बढेको थियो । क्षेत्रीय निर्वाचन कार्यालय विराटनगरले गणनामा सघाउन सार्वजनिक सूचना गरेर सरकारी कर्मचारीलाई सहयोगको आह्वान गरे पनि कर्मचारीले मतगणनामा सघाउन पुग्ने काम गर्न चासो दिएका छैनन् ।

आयोगका क्षेत्रीय प्रमुख प्रेम सञ्जेलले सूचना जारी गरी राष्ट्रलाई सघाउन किन अघि नबढ्ने भन्दै फेसबुकमा समेत आयोगको सूचना पोस्ट गर्नु भएको थियो । तर, सूचना गर्दा समेत कुनैपनि सरकारी कर्मचारी आयोग र मुख्य निर्वाचन आयुक्तको कार्यालयको सम्पर्कमा आएका थिएनन् । सञ्जेलका अनुसार गणनामा खटिने अधिकृतले सरकारको नियम अनुसार एक हजार ६ र थप ७ सय गरी २ हजार ३ सय भत्ता पाउँछन तर, गणनामा खटिने टिमले आठ घण्टामा ५ सय मत गणना गर्नुपर्छ । दश किलोमिटर टाढा जानु परे यातायात खर्चको पनि व्यवस्था गरिएको हुन्छ ।

मोरङका मुख्य निर्वाचन आयुक्त विनोद कुमार पोखरेलले भन्नुभयो, ‘आयोगले सूचना प्रकासित गरेपनि कोही कर्मचारी पनि सम्पर्कमा नआएकोले काठमाडौंबाट कर्मचारी पठाउन आग्रह गरिएको हो ।’

क्षेत्रीय निर्वाचन कार्यालयका प्रमुख प्रेम सञ्जेलले गणना गर्ने खालनथपिने तर अहिले गन्दै गरेको स्थानमा गति बढाउन आयोगले ध्यान दिएको जानकारी दिदैं भन्नुभयो, ‘विराटनगरको मतगणनाको गति कसरी बढाउने भन्नेमा हामी पनि चिन्तित् छौं।’ क्षेत्रीय निर्वाचन कार्यालयबाट खटिएका आयोगका कर्मचारीले ग्रामथान, धनपालथान र विराटनगर महानगरमा गणनाको काममा सहयोग गरिरहेको सञ्जेलले बताउनुभयो । विराटनगरमा गतविहीबारबाट वडा नम्बर १, २, ३, ४, १६, १७ र १८ को मतगणना गरिएको थियो ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा samacharpati@gmail.com मा पठाउनुहोला ।



प्रतिक्रिया लेख्नुहोस
सम्बन्धित