बर्दियामा साना दलको अस्तित्व संकटमाः राप्रपा जोगियो

समाचारपाटी १९ असार – बर्दिया : बर्दियामा ठूला दलबीच प्रतिस्पर्धा हुँदा साना दल संकटमा परेका छन् । कांग्रेस, एमालेलगायत माओवादी केन्द्रले बर्दियाका स्थानीय तहमा विजय हासिल गरेसँगै साना दलहरु स्थानीय तहमा आफ्नो पहिचान जोगाउनै चुकेका छन्।

बर्दियाको गुलरिया नगरपालिकाको मेयरमा नेपाली कांग्रेसका मुक्तिनाथ यादव उपमेयरमा सुशीला गिरी विजय हुनु भएको छ । गेरुवा गाउँपालिकाको अध्यक्ष पदमा नेपाली कांग्रेसकै जमान सिंह केसी र उपाध्यक्षमा हिमकुमारी चौधरी विजय हुनु भएको छ ।

माओवादी केन्द्रबाट मधुवन नगरपालिकाको मेयर पदमा गणेश बहादुर क्षेत्री उपमेयरमा शुभरानी थारु, बाह्रबर्दिया नगरपालिकाको मेयर पदमा दुर्गा बहादुर थारु उपमेयरमा अञ्जु दहित र ठाकुरबाबा नगरपालिकाको उपमेयरमा कृष्णकुस्म थारु विजयी हुनु भएको छ ।

एमालेबाट ठाकुरबाबा नगरपालिकाको मेयर पदमा घननारायण श्रेष्ठ विजयी हुनु भएको छ । बढैयाताल गाउँपालिकाको अध्यक्ष पदमा लालबहादुर श्रेष्ठ र उपाध्यक्षमा दीपा कुमारी गौतम विजयी हुनु भएको छ।

चौथो ठूलो दल राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रमुख पदमा विजय हासिल नगरे पनि गुलरिया नगरपालिका वार्ड नम्बर ७ को वडा अध्यक्ष पदमा विजयी भएको छ । राप्रपाबाट वडा अध्यक्ष पदमा गीता वस्नेतले ४ सय ५७ मत प्राप्त गरी विजय हासिल गरेसँगै बर्दियामा राप्रपाको अस्तित्व जोगिएको छ ।

गुलरिया नगरपालिकाको मेयर पदमा ९ जनाको उम्मेद्वारी परेको थियो । कांग्रेस, एमाले, माओवादी बाहेकका दलहरुमा मधेसी जनअधिकार फोरम नेपाल (लोकतान्त्रिक) बाट नजमुद्दिन शेषले २ हजार ४ सय ७६ मत, राप्रपाबाट मनोज कुमार वर्मा (कुर्मी) ले १ हजार ९७० मत, संघीय समाजवादी फोरम नेपालबाट अनुप यादवले १ हजार २८८ मत र स्वतन्त्र उम्मेदवार अयोध्या प्रसाद श्रीवास्तवले १ सय ७१ मत प्राप्त गर्नु भएको छ ।

बर्दियामा विशेष गरी ठूला दलको तुलनामा साना दलहरुको सक्रियता कम भएकाले पनि चुनावी नतिजा राम्रो आउन नसकेको देखिन्छ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा samacharpati@gmail.com मा पठाउनुहोला ।



प्रतिक्रिया लेख्नुहोस
सम्बन्धित