१६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

समाचारपाटी १९ असार – लाइसेन्स परीक्षामा अनियमितता गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भेरी अञ्चल यातायात कार्यालय नेपालगन्जका १६ जना कर्मचारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

अख्तियारले कार्यालय प्रमुख उपसचिव पवन सुवेदीसहित अधिकृतहरू सीताराम खनाल, डेकराज पोखरेल, विष्णु साहनी र ध्रुव देवकोटाविरुद्ध मुद्दा दायर गरेको हो । मेकानिकल इन्जिनियर अर्जुन चौधरी, इन्स्पेक्टर विमलकुमार उपाध्याय, सई दीपेन्द्रबहादुर सिंह, नासुहरू ललितबहादुर वली, केशव डाँगी, हुतराज पौडेल, सतानन्द उपाध्याय, अरुण गौतम, डिलाराम खरेल, ओमबहादुर बस्नेत र गणेशमान आचार्यविरुद्ध पनि मुद्दा दायर भएको छ ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा samacharpati@gmail.com मा पठाउनुहोला ।



प्रतिक्रिया लेख्नुहोस
सम्बन्धित