शुद्धोदन गाउँपालिका प्रमुखमा स्वतन्त्र उम्मेदवार विजयी

समाचारपाटी १९ असार – कपिलवस्तुको शुद्धोदन गाउँपालिकामा स्वतन्त्र उम्मेदवार निसारअहमद खा विजयी भएका छन् ।

उनी राजपाका जिल्ला नेता हुन् । राजपाले चुनावमा भाग नलिएपछि उनी स्वतन्त्र उम्मेदवार बनेका थिए ।

उनी १ हजार ८सय ३७ मत प्राप्त गरि विजयी भएका छन् ।

उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका विश्वम्भर कुर्मीले १ हजार ७ सय ६३ मत प्राप्त गरेका थिए ।

गाउँपालिका उपप्रमुखमा कांग्रेसकी सुधादेबी पाण्डे २ हजार ६३५ मत प्राप्त गरी विजयी भएकी छन् । उनको निकटतम प्रतिद्वन्द्वी नयाँ शक्ति नेपालकी विमला कुर्मीले १ हजार ७६४ मत प्राप्त गरेकी थिइन् ।

यो जिल्लाको चौथौ स्थानीय तहको नतिजा हो । यहाँको ६ नगरपालिकाको परिणाम आउन बाँकी छ । जिल्लामा ६ नगरपालिका र ४ गाउँपालिका छन् ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा samacharpati@gmail.com मा पठाउनुहोला ।



प्रतिक्रिया लेख्नुहोस
सम्बन्धित