संखुवासभामा कांग्रेस एमाले बराबरी

समाचारपाटी १८ असार – संखुवासभा : संखुवासभामा कांग्रेस एमाले बराबरी स्थानमा जित हासिल गरेका छन् । पाँच गाउँपालिका र पाँच नगरपालिका भएको स्थानीय तहमा नेकपा माओवादीले भने कुनै स्थान हासिल गर्न सकेको छैन । एमालेले दुई गाउँपालिका र तीन गाउँपालिका जितेको छ । कांग्रेसले तीन गाउँपालिका र दुई नगरपालिका जितेको छ । कांग्रेसले सिलिचोङ, भोटखोला, चिचिला गाउँपालिका, पाँचखन र धर्मदेवी नगरपालिकामा विजय हासिल गरेको छ । त्यसैगरी एमालले खाँदबारी, चैनपुर, मादी नगरपालिका, मकालु र सभापोखरी गाउँपालिकामा विजय प्राप्त गरेको छ ।

एमालेका तर्फबाट खाँदबारी नगरपालिकामा मुरारीप्रसाद खतिवडा, चैनपुर नगरपालिकामा भरत खत्री, मादी नगरपालिकामा विदुर लिङ्थेप, सभापोखरी गाउँपालिकामा रत्नबहादुर सुब्बा र मकालु गाउँपालिकामा खड्गबहादुर कटुवाल विजयी हुनुभएको छ । त्यस्तै कांग्रेसकातर्फबाट सिलिचोङ गाउँपालिकामा रामबहादुर कुलुङ, चिचिला गाउँपालिकामा पासाङ नुर्बु शेर्पा, भोटखोलामा तेम्बा भोटे, पाँचखपन नगरपालिकामा विपिन राई र धर्मदेवी नगरपालिकामा रमेश जिमीले जित हाँसिल गर्नुभएको छ ।

उपप्रमुख पदमा नेकपा एमालेको तर्फबाट पाँचखपन नगरपालिकामा भिमादेवी राई, खाँदबारी नगरपालिकामा डेगेश्वरी श्रेष्ठ, चैनपुर नगरपालिकामा मुना श्रेष्ठले जित हाँसिल गर्नुभएको छ। त्यस्तै मकालु गाउँपालिकामा चमेली राई र सभापोखरी गाउपालिकामा सीता दाहाल जिर्वाचित हुनुभएको छ । उपप्रमुखमा कांग्रेसले चार सिट मात्र जितेको छ । कांग्रेसको तर्फबाट सिलिचोङ गाउँपालिकामा लालकुमारी कुलुङ, भोटखोला गाउँपालिकामा पाञ्जाम भोटे, चिचिला गाउँपालिकामा यदुकुमारी राई र धर्मदेवी नगरपालिकामा शोभा अधिकारी निर्वाचित हुनुभएको छ ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा samacharpati@gmail.com मा पठाउनुहोला ।



प्रतिक्रिया लेख्नुहोस
सम्बन्धित