कांग्रेसको मत एमालेको खातामा परेपछि

समाचारपाटी १८ असार – विराटनगर :  कांग्रेसले प्राप्त गरेको मत एमालेको खातामा परेपछि मोरङको धनपालथान गााउँपालिकामा मतगणना स्थगन भएकोछ । वडा नम्बर २ मा कांग्रसले प्राप्त गरेको मध्ये १ सय १ मत एमालेको खातामा परेपछि विवाद भई मतगणना स्थगन भएको हो । गणना गर्दा ३३ लटको मत परिणाम मिलाउने क्रममा कांग्रसको मत एमालेको खातामा भूलवस जोडिएको थियो ।

गापा प्रमुखसहित अन्य पदमा १ सय १ मत एमालेको खातामा जोडिन पुगेको हो । विवादपछि दलका प्रतिनिधिले वडा नम्बर २ को मुचुल्कासमेत उठाउन दिएका छैनन । विवाद मिलाउन मुख्य निर्वाचन अधिकृतको कार्यालय विराटनगरमा आइतबार बिहानैदेखि छलफल भइरहेको छ । धनपालथान निर्वाचन अधिकृत टोलाराज उपाध्यायले विवाद मिलाएर पुनःगणना सुरु गर्ने प्रयास भई रहेको जानकारी दिनुभयो । धनपालथान २ मा २ हजार ९ सय मत खसेको थियो ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा samacharpati@gmail.com मा पठाउनुहोला ।



प्रतिक्रिया लेख्नुहोस
सम्बन्धित