पूर्वमन्त्री नगरपालिका मेयरमा निर्वाचित

समाचारपाटी १८ असार – बैतडी : बैतडीको पाटन नगरपालिकामा पूर्व सहायकमन्त्री केशवबहादुर चन्द मेयर बन्नुभएको छ । आइतबार राति घोषणा भएको मतपरिणाममा केशवबहादुर चन्द मेयर पदमा विजयी हुनुभएको हो । ४० बर्ष अघिदेखि नेपाली कांग्रेसमा आवद्ध चन्द २०५२ सालमा महिला तथा बालबालिका सहायक मन्त्री बन्नु भएको थियो ।

एमालेका नरेशराम विकलाई पराजित गर्दै चन्द मेयर बन्नुभएको हो । चन्द ४ हजार ८३३ मत ल्याएर विजयी हुनुभएको हो । उहाँका निकटतम् प्रतिद्वन्दी नेकपा एमालेका नरेश विकले ३ हजार ३८२ मत ल्याउनुभयो । स्थानीय जनताको मायाले आफू मेयर पदमा निर्वाचित भएको बताउँदै चन्दले भन्नुभयो, ‘पाटन नगरपालिकामा नमूना पाटन शहर पनि पर्दछ । यसलाई नमूना शहर बनाउनका लागि मैले हरदम प्रयास गर्नेछु ।’ ‘

मैले मेरो राजनीतिक जीवनका ४० बर्षे अनुभवलाई पाटनको विकासमा समर्पण गर्नेछु । ‘उहाँले भन्नुभयो ‘राष्ट्रिय राजनीतिबाट सिकेको मेरो अनुभव आफ्नै गाउँठाउँको विकासका लागि लगाउनेछु ।’ उमेरले पाको भइसकेका चन्द अनुभव र कामका हिसाबमा पनि निकै पाको हुनुहुन्छ । चुनावी अभियानमा जनता समक्ष जाँदा चन्दले सुन्दर, समुन्नत, समृद्ध र नमूना पाटनका लागि आफ्नो उम्मेदवारी रहेको बताउँदै आउनुभएको थियो । विगतको आफ्नो अनुभवलाई जनतामै समर्पित गर्ने बताउँदै चन्दले भन्नुभयो ‘जसरी म मतदाताको घरघरमा गएर मत मागे । त्यसै अनुसार जनताकै चाहानामा पाटनलाई नमूना बनाउनेछु ।, मेयर पद हो । पद मेराका लागि ठूलो होइन ।

काम मेरा लागि ठूलो हो । पद नै हेर्ने भए म मन्त्री बनेको मान्छे मेयरमा उठ्नै थिइन् ।’ चन्दले उम्मेद्वार बनेका बेला घोषणा पत्र मार्फत सार्वजनिक गरेका प्रतिबद्धताहरु पूरा गर्ने बताउनुभयो ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा samacharpati@gmail.com मा पठाउनुहोला ।



प्रतिक्रिया लेख्नुहोस
सम्बन्धित