बर्दियाको गेरुवा गाउँपालिकामा कांग्रेस विजयी

समाचारपाटी १८ असार – बर्दिया : बर्दियाको गेरुवा गाउँपालिकाको अध्यक्ष तथा उपाध्यक्ष पदमा नेपाली कांग्रेस विजयी भएको छ । निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रलाई हराउँदै नेपाली कांग्रेसले गाउँपालिकामा जीत हात पारेको हो।

नेपाली काँग्रेसका अध्यक्ष जमान सिंह के.सीले ६ हजार ३ मत प्राप्त गर्नुभएको छ भने उहाँका निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका विश्वबहादुर थारुले ५ हजार १५८ मत प्राप्त गर्नुभएको छ । त्यस्तै उपमेयर पदमा कांग्रेसकै हिम कुमारी चौधरीले विजय हासिल गर्नु भएको छ ।

माओवादी केन्द्रकी उपमेयर लिला चौधरीलाई हराउँदै हिमकुमारीले ५ हजार ५ सय ५३ मत प्राप्त गर्नुभएको छ । प्रतिद्वन्द्वी उपमेयर लिलाले ५ हजार ३१२ मत प्राप्त गर्नुभएको छ ।

गुलरिया नगरपालिका र गेरुवा गाउँपालिका गरी नेपाली कांग्रेसले बर्दियाका दुई स्थानीय तहमा विजय हासिल गरेको छ ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा samacharpati@gmail.com मा पठाउनुहोला ।



प्रतिक्रिया लेख्नुहोस
सम्बन्धित