एक सय ७७ स्थानीय तहको मतपरिणाम घोषित, एमाले अगाडि

समाचारपाटि १८ असार –  स्थानीय तह दोस्रो चरण निर्वाचनको दिउँसो साढे १ बजे सम्ममा १ सय ७७ स्थानको मत परिणाम घोषणा भएको छ । घोषित मतपरिणामअनुसार एमाले ८३,  कांग्रेस ६८ र माओवादी केन्द्रले २३ स्थानमा जितेका छन् । संघीय समाजवादी फोरम, राष्ट्रिय जनमोर्चासहितका दलहरुले ३ स्थानमा जितेका छन् ।

एमालेले ६४, कांग्रेस ५७ र मा‌ओवादी केन्द्रले १६ स्थानमा अग्रता लिइरहेका छन् । अन्य पार्टी ११ स्थानमा अगाडि देखिएको छ । गत असार १४ गते ३ सय ३४ स्थानीय तहको नेतृत्व चयनका लागि मतदान भएको थियो ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा samacharpati@gmail.com मा पठाउनुहोला ।



प्रतिक्रिया लेख्नुहोस
सम्बन्धित