कांग्रेस–माओवादीको गठबन्धनलाई हराउँदै मालारानीमा एमाले विजयी

समाचारपाटि १८ असार – कांग्रेस–माओवादीको गठबन्धनका उम्मेदवारलाई हराउँदै मालारानी गाउँपालिकाको अध्यक्ष र उपध्यक्षमा एमाले विजयी भएको छ ।

एमालेका अध्यक्षका उम्मेदवार बालकृष्ण आचार्यले ९ सय ९९ मत अन्तरले गठबन्धनबाट माओवादीका उम्मेदवार पदम क्षत्रीलाई हराउँदै अध्यक्षमा विजयी भए । अचार्यले ६ हजार ५ सय ३ मत ल्याए । क्षत्रीले ५ हजार ५ सय ४ मत ल्याएका छन् ।

उपाध्यक्षमा कांग्रेसकी उम्मेदवार सिता खनाललाई १ हजार ३ सय १२ मत अन्तरले हराउँदै एमालेकी प्रमिला क्षत्री विजयी भइन् । क्षत्रीले ६ हजार ५ सय २२ मत ल्याइन । खनालले ५ हजार २ सय १० मत ल्याइन । गापाका ९ वडा मध्ये ६ वडाध्यक्ष एमाले र ३ वडाध्यक्ष माओवादी केन्द्रका उम्मेदवार विजयी भएका छन् ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा samacharpati@gmail.com मा पठाउनुहोला ।



प्रतिक्रिया लेख्नुहोस
सम्बन्धित