कपिलबस्तुको विजयनगरमा ‘राजपा’लाई हराउँदै एमाले विजयी

समाचारपाटि १८ असार – कपिलवस्तु । कपिलवस्तुको विजयनगर गाउँपालिकामा एमाले विजयी भएको छ । अध्यक्षमा गोपालबहादुर थापा र उपाध्यक्षमा लक्ष्मी कुमारी चौधरी विजयी भएका हुन् ।

थापाले ३ हजार ५१२ र चौधरीले ३ हजार १६१ मत पाएको निर्वाचन अधिकृत थानेश्वर घिमिरेले जानकारी दिए ।

विजयनगरमा दोस्रो स्थानमा स्वतन्त्र उम्मेदवारहरु रहे । स्वतन्त्र उम्मेदवार जानकी प्रसाद यादवले ३ हजार २८४ र अश्वीनी कुमार चाईले १ हजार ९०२ मत पाएका छन् ।

माओवादी केन्द्रका अध्यक्षका उम्मेदवारले ४५१ र उपाध्यक्षका उम्मेदवार ४४५ मत पाएको निर्वाचन कार्यालयले जनाएको छ ।

विजयनगरमा १, २, ३ र ६ नम्बर वडामा एमालेको पूरै प्यानल विजयी भएको छ । वडा नम्बर ४ मा अध्यक्ष र दलित महिला सदस्य गुमाएको एमालेले ७ नम्बर वडामा अध्यक्ष पदमात्र जितेको छ ।

५ नम्बर वडामा भने स्वतन्त्र उम्मेदवार विजयी भएका छन् ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा samacharpati@gmail.com मा पठाउनुहोला ।



प्रतिक्रिया लेख्नुहोस
सम्बन्धित