एक मत अन्तरले जिते हर्कबहादुर

समाचारपाटि १८ असार – अछाम । दोस्रो चरणको स्थानीय चुनावमा स्थानीय तहको प्रमुखमा केवल १ मतको अन्तरले अछाममा नेकपा एमालेले जितेको छ ।

अछामको चौरपाटी गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका उम्मेदवार हर्कबहादुर साउद १ मतको अन्तरले विजयी भएका छन् । साउदले नेपाली कांग्रेसका उम्मेदवार भीमबहादुर साउदलाई १ मतले पछि पार्दै विजयी भएका हुन् ।

निर्वाचित साउदले ३ हजार एक सय ३८ मत ल्याए भने नेपाली कांग्रेसका भीम साउदले ३ हजार १ सय ३७ मत प्राप्त गरेका छन् ।

उपाध्यक्षमा भने कांग्रेसकी माया कुँवर विजयी भएकी छन् । उनले ३ हजार १ सय ७३ मत पाउँदा एमालेकी सुशीला बोगटी ३ हजार १ सय १ मत पाएर पराजित बनिन् ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा samacharpati@gmail.com मा पठाउनुहोला ।



प्रतिक्रिया लेख्नुहोस
सम्बन्धित