नवलपरासीमा पाँच दलको मिश्रित परिणाम

समाचारपाटि १८ असार –  नवलपरासी :  प्रदेश ५ को नवलपरासीमा भएको स्थानीय तह निर्वाचनमा मिश्रित परिणाम आएको छ । सात स्थानीय तहमध्ये आइतबार दिउँसोसम्म ६ स्थानको नतिजा सार्वजनिक भएको छ ।  मधेसवादी दलसहित पाँच दलको मिश्रित परिणाम आएको हो । नेपाली कांग्रेसले जितेका तीन स्थानीय तहमध्ये दुई स्थानमा प्रमुख र उपप्रमुखमा विजयी भएको छ । एमालेले एक गाउँपालिकामा प्रमुख र उपप्रमुख जितेको छ । कांग्रेस र एमालेले दुवै पदमा विजयी हासिल गरेपनि वडामा भने मधेसवादीदलसहित माओवादी केन्द्र, नयाँशक्ति, स्वतन्त्र र राप्रपाको मिश्रित परिणाम आएको हो ।

नेपाली कांग्रेसले रामग्राम नगरपालिका र प्रतापपुर गाउँपालिका प्रमुख र उपप्रमुख जितेका छ । रामग्रामको मेयरमा नरेन्द्र गुप्ता र उपमेयरमा रम्भा कुँवर विजयी हुनु भएको छ । नेपाली कांग्रेसबाट प्रतापपुर गाउँपालिकाको अध्यक्षमा राजकुमार शर्मा र उपाध्यक्षमा अञ्जुकुमारी चौधरी विजयी हुनु भएको छ ।
त्यसैगरी सुनवल नगरपालिकाको मेयरमा नेपाली कांग्रेसका भिमबहादुर थापा (भरत) विजयी हुनु भएको छ । उपमेयरमा भने एमालेका दधिराम अर्याल विजयी हुनु भएको छ ।

एमालेले सुस्ता गाउँपालिकामा मात्र अध्यक्ष र उपाध्यक्ष विजयी भएको छ । अध्यक्षमा रामप्रसाद पाण्डे र उपाध्यक्षमा इन्द्रकुमारी थरुनी विजयी हुनु भएको छ । अध्यक्ष र उपाध्यक्षमा मिश्रित परिणाम आउने गाउँपालिकामा पाल्हीनन्द र सरावल छन् । पाल्हीनन्दनको अध्यक्षमा माओवादी केन्द्रका बैजुप्रसाद गुप्ता र उपाध्यक्षमा नेपाली कांग्रेसकी पावित्री कुमारी कोहाँर विजयी हुनु भएको छ ।

त्यसैगरी सरावल गाउँपालिकाको अध्यक्षमा फोरम लोकतान्त्रिकका राधेश्याम चौधरी र उपाध्यक्षमा नेपाली कांग्रेसकी उत्तमा कुमारी राय विजयी हुनु भएको छ । तीन नगरपालिका र चार गाउँपालिका रहेको परासी क्षेत्रमा बर्दघाट नगरपालिकाको मात्र परिणाम सार्वजनिक हुन बाँकी छ । त्यहाँ नेपाली कांग्रेसभन्दा एमाले अघि छ । सोमबार बिहानसम्म उक्त नगरपालिकाको मत परिणाम आउने जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा samacharpati@gmail.com मा पठाउनुहोला ।



प्रतिक्रिया लेख्नुहोस
सम्बन्धित