पोखराको जुम्लेटीमा रहेको कुखुरा बाढी पस्यो, २ सय बढी कुखुरा मरे

समाचारपाटी, पोखरा, १८ असार । गए रातीको वर्षाको कारण पोखरा लेखनाथ महानगरपालिका वडा नं. १६ जुम्लेटीमा रहेको टेक बहादुर छन्त्यालको धैलागिरि छन्त्याल पोल्ट्री फर्ममा क्षति पुगेको छ ।

फर्म भन्दा माथि हरपाक जाने मोटरबाटोबाट आएको बाढी फर्ममा पसेको र बाढी संगै पहिरो खसेको संचालक टेक बहादुर छन्त्यालले जानकारी दिए ।

बाढी फर्ममा पस्दा ४६ दिनका करीब २ सय कुखुरा मरेको तर आफुले फर्ममा बाँकी रहेका कुखुरा गणना नगरेकाले कति मरे भन्ने अझै भन्न नसकीने छन्त्यालको भनाई रहेको छ ।

छन्त्यालका अनुसार ५ फिटको बाटोलाई ७ फिटको बनाउनको लागि बजेट आए पनि आफ्नो फर्म माथि पर्ने सडकमा नाला नबनाएको र पानीको निकास नगरिदिएकाले आफ्नो फर्ममा बाढी पसेको बताएका छन् ।

उनले आफुलाई मरेका कुखुराको क्षतिपुर्तीको आस नभएको तर बाटो राम्रो बनाएर पानीको निकास र पहिरोको व्यवस्थापन गरिदिन माग गरेका छन् ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा samacharpati@gmail.com मा पठाउनुहोला ।



प्रतिक्रिया लेख्नुहोस
सम्बन्धित